×

NMB BANK
NIC ASIA

नेपालको राजनीतिक परिवर्तनले सार्थक दिशा र गति लिन नपाउँदा यो आज जनताका लागि बोझ र राजनीतिक सिन्डिकेट चलाउने मुठ्ठीभरका मानिसका लागि मोजकै पर्याय जस्तो बनेको छ । यो विगत सात दशकदेखि अहिलेसम्मका राजनीतिक परिवर्तन र वस्तुगत यथार्थलाई सर्सरी हेर्दा मात्रै पनि प्रस्ट हुने कटु वास्तविकता हो । 

Muktinath Bank

शासन व्यवस्थाको नाम र शासकका अनुहारहरू फेरिने तर जनताका दुःख कष्ट नफेरिने बरू अझ पेचिलो र बोझिलो बन्दै जाने यस्तो परिवर्तन वास्तवमा जनतालाई ‘तावाबाट उम्काएर भुंग्रोमा’ पु¥याउने एउटा अवाञ्छित र परिवर्तनको नाममा  अल्मल्याउने एउटा प्रपञ्च मात्रै साबित हुँदै आएको देखिन्छ । यसले गर्दा आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू अझ जटिल गरी सम्हालिनसक्नु बन्दै गएका छन् । यस यथार्थलाई जतिसुकै रंगरोगन गरेर छोपछाप पार्न खोजे पनि यो समयक्रममा  खुलस्त हुँदै आएको र हुँदै जाने कुरा एकदमै प्रस्ट छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वस्तुतः प्राविधिक हिसाबले नेपालको अर्थसामाजिक स्थितिमा बहिरी प्रभावका कारणले जे जति सतही परिवर्तन  आएको देखिएको छ त्यसैलाई आज हामी विकास भन्न बाध्य छौं । विकास भनेको नेपाली राष्ट्र र नेपाली जनताको चौतर्फी क्षमताको अभिवृद्धि हो भन्ने कुरा राणा शासनदेखि अहिलेसम्मका कुनै पनि रंगरूपका अभिजातीय शासकवर्गको मन मस्तिष्कमा पस्दै पसेन । उनीहरूले अफ्नो शासनलाई पक्षपोषण गर्ने हरेक कुरालाई मात्र विकास माने र ठाने । यसले गर्दा जनतामा आशा र भरोसाको सार्थक सञ्चार गर्ने तथा उनीहरूलाई सुनिश्चित भविष्यतर्फ डोहोर्‍याउने उन्नत र दूरदृष्टिपूर्ण सोचविना विकासको विषयवस्तु नै संकीर्ण भएर गयो र यो कमजोर भएर कठ्यांग्रिएको अवस्थामा कुण्ठित भयो । अहिलेसम्मको नेपालको दीनहीन अवस्थाले यो कुरा निरन्तर औंल्याइरहेको र छर्लंग पारिरहेको यथार्थ छ ।


Advertisment
Nabil box
Kumari

तर विगतका कमजोरी र सबलता केलाउने र तिनबाट सही शिक्षा लिएर अघि बढ्ने भन्दा पनि बिगतमा अरूले कमाए, सत्ता र जनताको दोहन गरे, अब हाम्रो पालो हो भन्ने किसिमले प्रस्तुत हुने र त्यसलाई अनेक वितण्डापूर्ण कुतर्क गरेर सही ठह¥याउन खोज्ने बिल्कुलै गलत अधोगामी प्रवृत्ति अनि पुरानै असफल र बदनाम भइसकेको उपक्रमहरूलाई काखी च्यापेर ‘जो हात, सो साथ’ गरिहाल्ने पुरानै शोषणकारी र एकदमै गलत प्रवृत्ति निरन्तर चलेको छ  । निश्चय नै यस्तो प्रवृत्तिले परिवर्तन त्यसमा पनि जनमुखी अग्रगामी परिवर्तनको कत्ति पनि प्रतिनिधित्व गर्दैन । बरू त्यस्तो उन्नत परिवर्तनको दिशालाई नै अवरुद्ध पार्दछ र गतिरोध पैदा गर्दछ । जुन कुरा आज यत्र, तत्र, सर्वत्र हरेक क्षेत्रमा उजागर भइरहेको देखिन्छ । यस्तो किसिमको देश र जनतालाई दोहन गर्ने अवाञ्छित कुरा जनताको आशा र अपेक्षा थिएन र बिल्कुलै होइन पनि । 

Vianet communication
Laxmi Bank
वास्तवमा हामी जसरी परनिर्भरताको शिकार भएका छौं त्यसले अर्थतन्त्रलाई मात्र होइन, राजनीति, समाज र संस्कृतिलाई पनि आज त्यो गलत प्रवृत्तिले लपेटेको छ

जनताले हाम्रो नेतृत्वले गर्नसक्ने सही  कुरा बोलोस् र गरोस् तथा सही दिशामा डोहोर्‍याओस् भन्ने सामान्य कुरा चाहेका हुन् । नेतृत्वले भन्ने र गर्ने कुरामा द्विविधारहित किसिमले तालमेल होस् भन्ने स्वाभाविक कुरा खोजेका हुन् । ढाँट, छल, प्रपञ्च र ढाकछोपका कुनै गतिविधिहरू कुनै पनि क्षेत्रमा नेतृत्वले नगरोस् र प्रस्ट  किसिमले पारदर्शी भएर गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा प्रस्तुत होस् अनि यसरी एउटा सुनिश्चित र समुन्नत भविष्यतर्फ देश र जनतालाई विश्वासिलो किसिमले अभिमुख गराओस् र डोहोर्‍याओस् भन्ने अपेक्षा गरेका हुन् । तर जनताले यसको विपरीत स्थिति आज देख्नु, सुन्नु र भोग्नुपरिरहेको छ र निराशाको सुस्केरा हाल्नुपरिरहेको छ । 

हुन पनि आज हाम्रो अर्थ–राजनीति, सामाजिक संरचना र संस्कृति सबै क्षेत्रका कुरालाई अदृश्य शक्तिले सञ्चालन गरिरहेको जस्तो प्रतीत भइरहेको छ । अर्थात् अपारदर्शी र अदृश्य कुनै शक्तिले हामीमाथि राज गरिरहेको र हामीलाई दिशानिर्देश गरिरहेको छ । मानौं, हामी त्यही शक्तिप्रति आशामुखी भएर हेरिरहेका छांै र त्यसैका दिशानिर्देशलाई पालना गरिरहेका छौं ! हामीसँग हाम्रो भन्नु केही पनि छैन । अरूकै खटनपटन छ । अरूकै हालीमुहाली छ । हामी केवल ‘बुख्याँचा’को भूमिका निर्वाह गर्न अभिशप्त छौं । 

यस्तो विडम्बनापूर्ण स्थितिलाई हामीले कहिलेसम्म सकी नसकी बेहोरिरहनुपर्ने हो ? यस प्रश्नले सही उत्तर खोजिरहेको आजको अवस्था हो । तर राष्ट्रका हर्ताकर्ताहरूका गतिविधिले यसको उत्तर दिनेभन्दा तिनै गलत कुरालाई पुष्टि गर्ने एकपछि अर्को गतिविधि दिनानुदिन भइरहेका र हुँदै आएका छन् ।

वास्तवमा हामी जसरी परनिर्भरताको शिकार भएका छौं त्यसले अर्थतन्त्रलाई मात्र होइन, राजनीति, समाज र संस्कृतिलाई पनि आज त्यो गलत प्रवृत्तिले लपेटेको छ । अनावश्यक विवाद, अलमल र अन्योल पैदा गर्ने र अराजकता सिर्जना गर्ने काम गरिरहेको छ । यसको परिणति जनतालाई सचेत रूपमा सक्रिय र संगठित हुनबाट रोक्ने र उनीहरूका बीचमा एक वा अर्को किसिमले विभाजनको रेखा कोर्ने दुष्कार्य भइरहको छ । नजानिदो पाराले एक अर्काप्रति थप अविश्वासको वातावरण बनिरहेको या बनाइँदै लगेको छ । यस्तो अस्वीकार्य र अमान्य अवस्थामा सामाजिक र राजनीति स्थायित्व आउन सक्तैन । त्यसैले यी सबै गलत परिपाटी, पद्धति र प्रक्रियाबाट मुख मोडेर राजनीतिक नेतृत्वले देश जनतालाई सही दिशा र गति दिन सक्तैन भन्ने नै निष्कर्ष निस्कन्छ । 

यस स्थितिमा यो अवस्थालाई चिरेर नयाँ नेतृत्वको विकास भएर स्थितिलाई सम्हाल्न जनतालाई सचेत बनाउने, एकजुट पार्ने र अघि बढाउने एक मात्र विकल्प विकसित हुनु अनिवार्य भएको छ । यसरी मात्र  नेतृत्वले जनताका सबै तह र तप्कालाई समान व्यवहार र सम्मान गर्ने र यसै धरातलमा उनीहरूलाई एकजुट पार्ने अनुकूल वातावरण सिर्जना गर्ने वातावरण बन्नेछ । अन्यथा पछि झन् देश पासोमा परेको पक्षी जस्तै भएर किंकर्तव्यविमूढ हुने स्थितिले नै गाँज्ने देखिन्छ ।  यसरी सर्वत्र अराजकता निम्तिने कुरा कसैले रोक्न सक्तैन । यो आजको  सन्दिग्ध राष्ट्रिय राजनीतिक चरित्र, व्याप्त भ्रष्टाचार, कमिसनखोरी, बढ्दो बेरोजगारी र जन असुरक्षाले अविराम किसिमले औंल्याइरहेको यथार्थ हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x