×

NMB BANK
NIC ASIA

आसन्न स्ववियु निर्वाचनसम्बन्धी छलफल सम्पन्न

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुसँग छलफल गरेको छ । 
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुखहरु एवं क्याम्पस प्रमुखहरुबाट निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पुरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुहरुमा छलफल गरी सुझावहरु प्रस्तुत गरिएका छन् । 
कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु एवं विद्यार्थी संघसंगठनहरुसंग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताए । 
उनले  उमेद्वार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकोले यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसहरुलाई भएको बताए । 
 छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुङ्गो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउँदै उनले त्यसको लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसंग निरन्तर सम्वाद गर्न क्याम्पस प्रमुखहरुलाई आग्रह गरे । 
शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताइन् । 
स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी र क्याम्पसमा गठन हुने निर्वाचन समिति एवं आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउँदै जिम्मेवारी तोक्ने विषयमा थप छलफल गरेर निर्णय लिइने उनले बताइन् । 
 फागुन १४ गते स्ववियु निर्वाचनको स्थापित मिति भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न विद्यार्थी संघसंगठनहरुबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x