भारतको कर्नाटकमा डुङ्गा दुर्घटना : १६ को मृत्यु

माघ ८, २०७५

नयाँ दिल्ली- भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीहरुको टोलीले खोजी गरिरहेको छ । “दुर्घटनामा परी मृत्यु भएका मध्ये १६ जनाको शव उद्धारकर्ताहरुले भेट्टाएका छन्, अरुको खोजीका लागि संभावित ठाँउहरुहरुको पहिचान गरिएको छ,” सरकारी कार्यालयको आधिकारकि ट्वीटरमा लेखिएको छ । 

खोजी तथा उद्धारका लागि हेलिकोप्टर र अन्य विभिन्न उपकरणहरु पनि प्रयोग भइरहेको अधिकारीहरुको भनाई छ । 


ADVERTISEMENT

माघ ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस