प्रहरीलाई घुस दियो कि झिरिप्पै, घुस दिने २६ पक्राउ

माघ ८, २०७५

काठमाडौं – प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुस दिनेलाई प्रक्राउ गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत समेत गरेको छ । प्रहरीले सवारी चाँजका क्रममा प्रभावमा पार्न दुई सयदेखि दुई हजारसम्म घुस दिने सवारी चालक र सह–चालकलाई नियन्त्रणमा लिएर सामाजिक हित विरुद्धको मुद्दा चलाएको हो ।


ADVERTISEMENT

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत मंसिरबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर घुस दिन खोज्नेलाई नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङगेहात नियन्त्रणमा लिएर कारवाही गरेको महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

माघ ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस