×

NMB BANK
NIC ASIA

उत्कृष्ट ३२ कृषक पुरस्कृत, गोठमै पुगेर मूल्याङ्कन

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेझाड- पाल्पाको रामपुरमा भएको कृषि तथा पशुमेला प्रदर्शनीमा उत्कृष्ट ३२ कृषक पुरस्कृत भएका छन् । रामपुरमा जारी दोस्रो रामपुर महोत्सवका अवसरमा सञ्चालन भएको कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विधामा ३२ उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिएको छ । 

तरकारी बालीतर्फ प्रथम निस्दी–२ का खगीसरा मश्राङ्गी, द्वितीय रामपुर–४ को हाम्रो आधुनिक कृषिफार्म, तृतीय रामपुर–१० का केशव पाण्डे र सान्त्वना रामपुर–६ का जीवन पोखरेल पुरस्कृत हुनुभएको छ । पुरस्कार क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय र साथमा प्रमाणपत्र प्रदान गरिएको छ । 

फलफूल बालीतर्फ प्रथम रामपुर–६ बस्ने लोकमाया ढकाल, द्वितीय रामपुर–५ का उमानाथ गौतम, तृतीय निस्दी–५ का खेमबहादुर पचभैयालाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ भने च्याउ खेतीतर्फ प्रथम रामपुर–५ का सुन्दर राना, द्वितीय निस्दी–५ का शेरबहादुर सोतीलाई क्रमशः नगद रु दुई हजार र एक हजार पाँच सयसहित प्रमाणपत्र र सम्मानसहित पुरस्कृत गरिएको छ । 

भैँसीपालनतर्फ प्रथम रामपुर–६ का मीना अर्याल, द्वित्तीय रामपुर–४ का गङ्गाप्रसाद श्रेष्ठ, तृतीय रामपुर–५ का बुद्धिसागर रेग्मी र सान्त्वना रामपुर–५ का बलबहादुर राना भएका छन् । उत्कृष्ट भैँसीपालक कृषकलाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

गाईपालनमा प्रथम रामपुर–७ का नारायणप्रसाद भट्टराई, द्वितीय रामपुर–५ का प्रविता गाईफार्म, तृतीय रामपुर–६ का भण्डारी उन्नत गाईफार्म र सान्त्वना रामपुर–५ को ढुङ्गाना गाईफार्म भएको छ । उत्कृष्ट गाईफार्म सञ्चालक कृषकलाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय रकम साथमा प्रमाणपत्रले सम्मान गरिएको छ । 

बाख्रापालनमा प्रथम रामपुर–६की पार्वती न्यौपाने, द्वितीय रामपुर–६ कै श्यामबहादुर मल्ललाई क्रमशः नगद रु दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र प्रदान गरिएको छ । बोकापालनतर्फ प्रथम रामपुर–७ का बालिका रेग्मीलाई नगद रु दुई हजार र प्रमाण पत्र, द्वितीय रामपुर–१ का तुलबहादुर मल्ललाई नगद रु एक हजार पाँच सय र प्रमाणपत्र, सान्त्वना रामपुर–६ का टीकाराम रेग्मी र रामपुर–५ का अग्निप्रसाद रेग्मीलाई रु पाँच÷पाँच सय र प्रमाणपत्र प्रदान गरियो । 

स्टलमा राखिएका कृषि उपज प्रदर्शनीतर्फ उत्कृष्ट तरुल रामपुर–६ का घनश्याम बस्याल, उत्कृष्ट पिडालु निस्दी–५ का तर्क सारु, उत्कृष्ट मुला रामपुर–६ का जगन्नाथ कँडेल, उत्कृष्ट लहरेबालीतर्फ रामपुर–४ का दिलबहादुर थापा, उत्कृष्ट सुन्तला निस्दी–५ का तेजन सोती, उत्कृष्ट अमिलो निस्दी–५ का खर्गबहादुर सोती, उत्कृष्ट बेसार रामपुर–६ का गङ्गा बस्याल, उत्कृष्ट अदुवाबालीतर्फ निस्दी–५ का बलबहादुर सोतीलाई प्रतिव्यक्ति रु पाँच सय र साथमा प्रमाणपत्रले सम्मान गरिएको छ । 

त्यस्तै उत्कृष्ट केराखेतीतर्फ निस्दी–५ का खेमबहादुर पचभैयालाई नगद रु एक हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले उत्कृष्ट कृषकलाई व्यावसायिकरूपमा कृषि तथा पशुपालन गर्न आग्रह गर्नुभयो ।

Muktinath Bank

यस पटकको कृषि तथा पशु मेला प्रदर्शनीमा रामपुर क्षेत्रका मात्र नभई टाढाटाढाका कृषकको उत्साहजनक सहभागिता रहेको मूल्याङ्कन समिति तथा कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताउनुभयो । कृषककै गोठगोठमा पुगेर अवलोकन गरी पशुको मूल्याङ्कनपश्चात व्यावसायिकताका आधारमा उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गरिएको मूल्याङ्कन समिति तथा पशु शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराई बताउनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x