×

NMB BANK
NIC ASIA

काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार अपराह्न बस्ने संसदको बैठकमा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार नै विधेयक पारित गर्ने सरकारको तयारी रहेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा बैठक अवरुद्ध गरेका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो । सोमवार राष्ट्रिय सभाका दुईवटा बैठक पनि कांग्रेसले अवरुद्ध पारेको थियो ।


Advertisment
Nabil box
Kumari

चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका डा. गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक पारित गर्नुपर्ने कांग्रेसको भनाइ छ । सभामुख कृष्णबहादुर महराले अरु कार्यसूची हटाएर विधेयक पारित गर्न आग्रह गरेपनि कांग्रेसले अस्वीकार गरेको थियो ।

Vianet communication
Laxmi Bank

आफूसँग भएको सहमति विपरीत संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. केसी १३ देखि अनशन गरिरहेका छन् । केसीको माग पूरा गर्न संसदमार्फत् दबाब दिने रणनीतिमा कांग्रेस लागेको छ । 

गएको शुक्रवार संसदमा प्रधानमन्त्री केपी ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद एवं समिति सदस्य गगन थापाले केसीसँग भएको सहमति अनुसार विधेयक पारित किन नगर्ने भनेर प्रश्न गरेका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले संसदलाई निर्देशन गर्न नसक्ने बताएका थिए । संसदमा नेकपासँग विधेयक पारित गर्नका लागि पर्याप्त बहुमत छ । तर प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गरेको खण्डमा विधेयक पारित गर्ने कि नगर्ने भन्नेमा सभामुख अन्योलमा रहेको सचिवालय स्रोतले जनायो । 

यसअघि पुस २२ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षलाई प्रश्न गर्न नदिएको भन्दै सभामुखको आलोचना भएको थियो । सभामुखको कार्यशैली हुकुमी भएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । 

बहाना एउटा चालबाजी अर्कै

पूर्वसभापति द्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम जोडिएका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले सोमवार संसदको बैठक अवरुद्ध गर्यो । गिरिजाको नाम जोडिएको तनहुँको श्वासप्रश्वास केन्द्र र सुशीलको नाम जोडिएको बाँकेको क्यान्सर अस्पताल केन्द्र सरकार मातहत ल्याउनुपर्ने कांग्रेसको माग छ । 

यस विषयमा कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् । गएको ४ गते संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालको प्रश्नको जवाफ दिने क्रममा पनि ओलीले प्रष्टीकरण दिएका थिए । यो विषयमा सभामुख महराले सोमवार सरकारलाई रुलिङ पनि गरे । 

‘माननीय सदस्यहरूले राखेको कुरा गम्भीरतापूर्वक लिएको छु, प्रधानमन्त्रीले आफ्नो कुरा राखिसक्नुभएको छ । प्रमुख प्रतिपक्षले आशंका गर्नुपर्ने ठाउँ देख्दिनँ । सरकारको विशेष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यति भएपछि उचित समयमा सरकारले यहाँहरूले उठाएको विषयको सम्बोधन गर्दछ,’ सोमवार संसदको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख महराले भनेका थिए ।

सभामुख महराले कार्यसूचीमा रहेको अन्तिम विषयबाहेक अन्य कार्यसूची खारेज गर्ने बताएपनि कांग्रेस सांसदहरू मौन बसे । ‘चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन चाहन्छु, सकेसम्म मेरो आग्रह छ, उपनेता (विजयकुमार गच्छेदार)ले यो विषय सम्बोधन गर्नुपर्ने भन्नुभएकोले, विधेयकको कार्यसूचीमा प्रवेश गरौं, यसलाई स्वीकार गरौं,’ महराले कांग्रेस सांसदलाई आग्रह गरे । 

कांग्रेस सांसदले विरोध कायम राखेपछि सभामुख महराले संसदको बैठक मंगलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भयो । 

मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको टिप्पणी

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको बैठक अवरुद्ध गरेपछि नेकपा स्थायी समितिका सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलेले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै चिकित्सा शिक्षा विधेयक रोक्ने प्रपञ्चका रुपमा उपयोग गरेको आरोप लगाए ।

‘प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेकांका पूर्वसभापतिका नाममा रहेका अस्पतालका सन्दर्भमा सुस्पष्ट योजनासहित अघि बढाउने बताएपनि नेपाली कांग्रेसले त्यसकै बहानामा संसद नै अवरुद्ध गरेछ । श्रोत र कार्ययोजना विनाको नाम मात्रको अस्पताललाई व्यवस्थित गर्ने प्रमको योजना के बेठीक हो र ? होइन । तर नेकांले यसलाई नांगो रुपमा चिकित्सा शिक्षा विधेयक रोक्ने प्रपञ्चका रुपमा उपयोग गर्यो । नेकांको यस्तो भद्दा नाटकले संसदीय सर्वोच्चताको हिमायती हौ भन्ने प्रजातन्त्रवादीहरूको लाज छोपिएला र ?’ पोखरेलले लेखेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि सदनमा कांग्रेस एमालेको क्रियाकलापले २०५२ साल अगाडिको झल्को आएको टिप्पणी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x