×

NMB BANK
NIC ASIA

काठमाडौं – महासमिति बैठकबाट पारित प्रस्तावलाई अनुमोदन गर्न र संशोधित विधान अनुसार केन्द्रदेखि गाउँसम्म नयाँ कार्यक्रम तयार गर्नका लागि नेपाली कांग्रेसले माघ १० गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ १० गतेदेखि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकले समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण गर्नेछ । त्यसका साथै केन्द्रदेखि स्थानीय तहसम्म नयाँ र परिमार्जित कार्यदिशा तय गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको आसन्न केन्द्रीय समिति बैठकले देशमा भएका भ्रष्टाचार काण्डहरू, कर छली गर्दै कानूनविपरीत विदेशमा भइरहेको लगानी, डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत आएको चिकित्सा शिक्षा विधेयक, विभिन्न स्वतन्त्र निकायमा सरकारले गरेको हस्तक्षेप लगायतका विषयमा छलफल गर्ने शर्माले बताए ।


Advertisment
Nabil box
Kumari

शर्माका अनुसार बैठकले देशको परिवर्तित व्यवस्था अनुसार संघीय, समावेशी र धर्मनिरपेक्षता लगायत ५ वटा मूलभूत मान्यतामा आधारित रहेर केन्द्रदेखि स्थानीय तहसम्म आफ्ना कार्यक्रम तय गरेर सबैलाई कार्यान्वयनका लागि परिपत्र समेत गर्नेछ ।

Vianet communication
Laxmi Bank

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा पार्टीको संशोधित विधान लागू गर्ने विषयमा छलफल हुनेछ । ‘केन्द्रीय कार्यसमितिले पार्टीको संशोधित विधान अनुसारका नयाँ कार्यक्रमहरू तय गर्नेछ,’ गुरुङले लोकान्तरलाई भने, ‘त्योबाहेक पार्टीको भातृ संगठन नेविसंघभित्र देखिएको समस्या र देशमा बढिरहेको भ्रष्टाचार र बेथितिबारे छलफल हुनेछ ।’

सडक र संसदमा नेपाली कांग्रेसको भूमिका कस्तो हुने भन्ने विषय र अन्य धेरै समसामयिक राजनीतिक परिस्थितिको मूल्यांकन केन्द्रीय कार्यसमिति बैठकले गर्ने गुरुङले बताए ।

‘सरकारका गैरकानूनी कामकारवाहीलाई निस्तेज पार्ने गरी सडक र सदनबाट विरोध गर्न कांग्रेसले छायाँ सरकार गठनको तयारी पनि गरिरहेको छ,’ गुरुङले भने । बैठकले छायाँ सरकारका काम, कर्तव्य र कार्यविभाजनका विषयमा पनि छलफल गरी आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा कसरी एजेण्डा तय गर्ने भन्नेबारे आफ्नै निवासमा नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासँग छलफल र परामर्श गरेका छन् ।

गत मंसिर २९ गते भएको महासमिति बैठकमा पार्टीले प्रमुख प्रतिपक्षीको भूमिका राम्रोसँग खेल्न नसकेको र पार्टीभित्र गुट–उपगुटको जन्म भएको भन्दै महासमिति सदस्यले शीर्ष नेताको आलोचना गरेका थिए । पार्टीभित्र लामो समयदेखि विवादमा रहेको केन्द्रीय पदाधिकारीको संख्याबारे महासमिति बैठकमा सहमति जुटेको थियो । 

कांग्रेसमा हाल नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकका रूपमा उपसभापति विमलेन्द्र निधि आफैं रहेका छन् । आसन्न केन्द्रीय समितिले महासमितिबाट पारित विधान र अन्य ४ दस्तावेजलाई समेत अनुमोदन गर्ने प्रवक्ता शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x