×

NMB BANK
NIC ASIA

कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । 

Muktinath Bank

दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब तथा सेवासुविधा नपाएका २९० नेपाली श्रमिकको तोकिएको सेवासुविधा दिलाउन त्यहाँको श्रम विभागलाई सिफारिश गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवधिमा कतारी परिचयपत्र नभएका, परिचयपत्रको म्याद सकिएका र कम्पनी छाडी भागेका तथा अवैधानिक बसोबास गर्दै आएका २२५ नेपाली श्रमिकलाई कतार सरकारको ‘खोजी तथा अनुगमन विभाग’मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको दूतावासले आज जनाएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै कतारी परिचयपत्रको म्याद भएका श्रमिकलाई आकस्मिक रुपमा नेपाल जानुपर्ने २७ नेपाली श्रमिकलाई कतार सरकारले हालै व्यवस्था गरेको आपत्कालीन बहिर्गमन समितिमार्फत नेपाल पठाइएको दूतवासको भनाइ छ । दूतावासले सामान्य प्रकृतिका १७७ गुनासालाई दूतावासबाटै समाधानसमेत गरेको छ । 

Vianet communication
Laxmi Bank

दूतावासले गरेको अनुगमनका क्रममा कानूनी कारबाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी केन्द्रीय कारागारमा ३२ नेपाली अझै पनि कैद सजाय भुक्तानी गरिरहेका पाइएको छ । आठ नेपाली विभिन्न दुर्घटनामा परी कतारका अस्पतालमा अचेत अवस्थामा रहेका दूतावासले जनाएको छ । 

यस अवधिमा विभिन्न कारणबाट मृत्यु भएका ३० नेपालीको शव नेपाल पठाइएको र असुरक्षित अवस्थामा काम गर्दै आएका तीन महिलालाई उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएको छ । विभिन्न ४९१ कम्पनीबाट पेश भएका १० हजार १८३ समूहगत मागपत्र र ३५९ व्यक्तिगत मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x