×

NMB BANK
NIC ASIA

एन्फा अनियमितताको छानबिन गर्न समिति गठन, प्रवक्ताको आयो यस्तो प्रतिक्रिया

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र सङ्घसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषय सार्वजनिक रुपमा उठेपछि खेलकूद मन्त्रालयले समिति गठन गरेको हो । एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका सबै आरोप निराधार भएको बताउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षले एन्फामा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न मन्त्रालयलेलाई पत्राचारसमेत गरेको थियो । 

Vianet communication
Laxmi Bank

आयोगको पत्रपछि मन्त्रालयले छानबिन समिति बनाएको हो । अख्तियारले युवा तथा खेलकूद मन्त्रालयलाई लेखेको पत्रमा पछिल्लो समय नेपाली खेलकूदमा भइरहेका गतिविधिबारे छानबिन गर्न र विशेषगरी एन्फामा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो । 

गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए । यसैबीच एन्फा प्रवक्ता किरण राईले भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न वर्तमान नेृतत्व तयार रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x