×

NMB BANK
NIC ASIA

साढे २ करोड ठगीको अभियोगमा महिला पक्राउ, परिवार बेलायतमा रहेकाे भन्दै अनेक बहानामा ठगी

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा–विभिन्न व्यक्तिबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेमा बाग्लुङ वडीगार्ड गाउँपालिका–८ घई भई पोखरा महानगरपालिका–२६ डेरा गरी बस्ने वर्ष ४२ की स्नेहा भन्ने सरिताकुमारी राना रहेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी रानालाई सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ परेकी रानालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

आफ्नो परिवार बेलायत तथा सिंगापुर रहेको र अहिले आफूलाई आपतविपत् गरेकाे भन्दै विभिन्न प्रलोभन देखाउँदै  रानाले विभिन्न व्यक्तिहरुसँग न्यूनतम १० लाखदेखि १ करोड ७० लाख रुपैयाँसम्म रकम सापटी मागेको अनुसन्धानमा खुल्न आएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार विभिन्न पीडित व्यक्तिले आफू ठगिएको भन्दै प्रहरी कार्यालयसमक्ष किटानी जाहेरी गरेपछि रानाको खोजीकार्य तीव्र पारिएकोमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकी रानाले चिनजानका विभिन्न आठ जना व्यक्तिहरुबाट घरजग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउँदै सो बराबरको रकम ठगी गरेको प्रहरी उपरीक्षक रानाले बताए ।

पक्राउ परेकी रानाले फ्लाट भाडामा लिई काम गर्ने मानिससमेत राखेर निजी गाडी चलाउँथिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x