×

NMB BANK
NIC ASIA

कमैया मुक्ति आन्दोलनका नायक यज्ञराज : २४० रुपैयाँ जरिवाना बन्यो ‘विद्रोहको बिउ’

माघ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ‘माघ शुरू भयो कि – माघीको माहौलले तातिन्थ्यो । तर कमैयाको झुपडी चिसोले होइन, पीडाले चिसिन्थ्यो । उथलपुथल मच्चिथ्यो । रुवाबासी चल्थ्यो । पशुसरह किनबेच गरिन्थ्यो । सौकी (ऋण) बढी तिर्नेले छानी–छानी खरिद गर्थे,’ २ दशक अगाडिसम्मको कमैया व्यथालाई यज्ञराज चौधरीले सुनाए ।

Muktinath Bank

२ दशकपूर्व पश्चिम नेपालको तराईको बस्ती कमैया प्रथाले त्राहीमान थियो । जमिनदारलाई तिर्नुपर्ने सौकीका कारण थारु समुदायका बालबालिका कमलरी, गोठाला बस्थे । जवानीदेखि नमरुन्जेलसम्म कमैया र बुक्रही जीवन जिउँथे । उनीहरूको सौकी तिरेर स्वतन्त्र हुने अभिलाशामै पुस्तौ–पुस्ता बित्थ्यो । तर सौकी घट्नुको साटो बर्सेनि चौगुणाले बढ्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर तिनै कुप्रथालाई घुँडा टेकाएर स्वतन्त्रताको बिजारोपण गर्ने एक योद्धा हुन् कैलालीको गोदावरी नगरपालिका–५ गेटीका ६० वर्षीय यज्ञराज चौधरी । उनले भने, ‘हामीले आफैंबाट शुरू गर्यौं । जमिनदारहरूको शोषणविरुद्ध आन्दोलन छेड्यौं । मुक्तिको आवाजलाई बुलन्द गर्यौं । राज्यलाई बाध्य बनायौं । मुक्त भयौं ।’


Advertisment
Nabil box
Kumari

२००४ सालतिर जमिनदारको अत्याचार, शोषण र दमन सहन नसकेपछि यज्ञराजका बुवा र बाजे दाङको पेरहन्नीबाट बसाइ सरेर कैलाली आए । तर बसाइ सरेपनि उनको परिवार कमैया प्रथाको चंगुलबाट भने मुक्त हुन सकेन । 

Vianet communication
Laxmi Bank

केही वर्ष जमिनदारको घरमा उनको बुवा टीकाराम डगौरा र आमा धनियाकुमारी डगौराले बुक्रही बन्नुपर्यो । केही वर्ष कमैया बनेको पारिश्रमिकले उनको बुवाले केही खेत जोडे । खेतीपाती गर्न थाले । तर १४–१५ वर्षका यज्ञराजले भने पारिवारिक ऋण चुक्त गर्न जमिनदारको घरमा गोठालो बस्नुपर्यो ।

‘खडेरी परेको थियो । १ सय १६ जनाको परिवारको खर्च जोहो गर्न बुवाले स्थानीय जमिनदार नवराज पन्तबाट ६ हजार रुपैयाँ ऋण लिनुभयो । त्यही ऋण तिर्नलाई वार्षिक ६ सय रुपैयाँ तलबमा मैले गोठालो बस्नुपर्यो,’ बाल्यावस्थालाई स्मरण गर्दै उनले भने ।

गोठालो बसेपनि उनले सबथोक गर्नुपर्थ्यो । यहाँसम्म कि जमिनदार नवराज पन्त पत्नीको महिनावारी हुँदाको कपडा समेत धुनुपरेको उनी सम्झिन्छन् । तर जमिनदार नवराज पन्तका छोरासँग केही पढाइका कुरा सिक्न पाउँदा उनी यतिसम्म त सहेरै बसेको बताउँछन् ।

२४० रुपैयाँ विद्रोहको बिउ

एक दिनको कुरा हो – गोरु चढाउँदै गर्दा उनको गोरु जंगलबाट निस्केर अर्का जमिनदार शिवराज पन्तको खेतमा पुगे । नोक्सानी केही नभएपनि जमिनदारका कमैयाहरूले उनका गोरु नियन्त्रणमा लिए । ७ वटा चौपाया चराउँदै आएका उनी प्रतिचौपाया २० रुपैयाँका दरले १ सय ४० रुपैयाँ जरिवानामा परे । अर्को दिन पुनः ५ गोरुले खेतमै टेकेकै कारण १ सय रुपैयाँ जरिवानामा परे ।

उनको पुकार न त शिवराज पन्तले सुने, न त आफ्नै मालिक नवराज पन्तले । जरिवाना तिर्न अनुरोध गर्दा आफ्नै मालिकबाट निकै खप्की खाएको याद आज पनि यज्ञराजको दिमागमा ताजै छ । ‘गोरुको हेरचाह गर्न तलाई राखेको छु । न कि पैसा तिर्नलाई,’ मालिकले भनेको शब्द उनले स्मरण गरे । जरिवानावाफत २ सय ४० रुपैयाँ उनको मालिकले तिर्न त तिरे । तर त्यो रुपैयाँ उनको पुरानो ऋणमा नै थपियो ।

जिन्दगीबाट दिग्दार भएका यज्ञराज माघी कुर्न थाले । जे परे पर्ला मुक्ति पाएरै छोड्ने दाउमा लागे । तर ऋण तिर्ने पैसा नहुँदा खिन्न भए । पछि गाउँकै बरघर जगतराम चौधरीले जमानीमा बसेपछि गोठालोबाट मुक्त भएको र अन्य काम गरेर जमिनदारलाई ऋण चुक्ता गरेको उनी बताउँछन् ।

गोदावरी नगरपालिका–१ चैतन्यपुरका जमिनदार शिवराज पन्त क्रूर प्रवृत्तिका थिए । १ सय विघा बढी जमिनका मालिक रहेका उनको घरमा २०५४ पूर्व १९ घर कमैया परिवारका १ सय ४४ जना कोही कमलरी, कोही बुक्रही त कोही कमैया बसेका थिए । पूर्व वनमन्त्री समेत रहेका जमिनदार शिवराजले प्रतिकमैयाको वार्षिक ज्याला ७ बोरा धान दिने गरेको बताइन्छ । उनको तानाशाही प्रवृत्तिले उनको कमैया मात्रै होइनन्, आसपासका वस्ती नै त्राहीमान थियो ।

जमिनदारको घरमा कमाउन छोडेका यज्ञराजले केही आयआर्जनको कामसँगै पढाइ गर्दै आएका थिए । २०३३ सालमै एसएलसी गरेका उनको दिमागमा एउटा विचारले सदा जरो गाडेर बसेको थियो । उनले सुनाए, ‘विना नोक्सानी जरिवाना तिर्नुपरेको पीडा र जमिनदार शिवराजको हुकुमी जञ्जिरबाट १९ घर परिवारलाई कसरी मुक्त गराउने भन्ने विचार मेरो मन खेलिरहन्थ्यो । र अभियानमा जुट्न थाले ।’ यसरी कमैया विद्रोहको शुरूवात भयो ।

उता, दाङमा ब्याक वार्ड सोसाइटी एजुकेसन (बेस) ले कमैया मुक्तिबारे सचेतना कार्यक्रम शुरू गरेको बताइन्छ । २०५२ सालमै बेसकै सक्रियतामा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमैयाको प्रारम्भिक तथ्यांक लिएको थियो । जसअनुसार ५ जिल्लामा ३६ हजार ५ सय ६० जना कमैया भेटिएको यज्ञराज सुनाउँछन् । सँगै कमैयाको ऋण मिनाहा गरी कमैयालाई छुटकारा दिने जमिनदारलाई सम्मान गर्ने गरी बेसले अभियान चलाएको यज्ञराज भन्छन् ।

लुकीलुकी राति कमैयालाई प्रशिक्षण

बेसमा आवद्ध भएर उनले कैलालीमा पनि सो अभियान सञ्चालन गरेका थिए । गेटीकै अर्का जमिनदार सिद्धराज पन्तलाई सम्मान गरी उनका कमैया बोटे चौधरीलाई मुक्त गराएको यज्ञराज चौधरी बताउँछन् । तर शिवराज पन्त लगायतका जमिनदारको अगाडि सो अभियान विफल भयो । तथापि यज्ञराजको गिद्देनजर त्यही १९ जना कमैयामै कायम रह्यो ।

‘विभिन्न गैरसरकारी संस्थाले सचेतनाका विभिन्न कार्यक्रम गर्न थाले । मेरो ध्यान भने उनै कमैयामा थियो । पछि ईकारस् संस्थाको सहयोगमा त्यही कमैया बस्तीमा प्रौढ शिक्षा सञ्चालन गर्यौं । २ वर्ष सहजकर्ता राखेर दिउँसो पढायौं । म भने रातिको समयमा कमैयालाई मुक्तिबारे प्रशिक्षण दिन्थे । यति मात्रै कहाँ हो, कमैयाहरू धान, गहुँ काट्ने बेलामा, उनीहरू खाना खाने बेलामा खेतमै गएर र खाली भएको समय प्रशिक्षण दिन्थें,’ यज्ञराज भन्छन् ।

शिवराज र उनका कमैयाको मन जित्न राणनीतिक योजना समेत यज्ञराजले बनाउँथे । कमैयाका अगुवाको छोरासँग आफ्नो मामाको छोरीलाई र मामाको छोरासँग कमैयाको छोरीसँग सट्टापट्टा विवाह गरेर नातेदार कायम भएपछि कमैया र जमिनदारसँग नजिक भएको उनी बताउँछन् ।

२०५६ पुस २९ गते तत्कालीन श्री ५ सरकारले कृषि मजदूरको लागि दैनिक ८ घण्टा काम बराबर ६० रुपैयाँ ज्याला तोकेको थियो । त्यो सरकारी निर्णय नै आफ्नो लागि बलियो अस्त्र बनेको उनको भनाई छ । 

‘माघी आएपछि १ जना कमैया परिवार (बुढाबुढी) को दैनिक ज्याला १ सय २० रुपैयाँ हुन्छ । १ सय २० रुपैयाँका दरले ज्याला दिनुपर्ने या कमैया बस्दैनौ भन्न लगाए,’ यज्ञराजले भने, ‘तर ज्याला पनि नबढाउने, कमैया पनि नराख्ने जमिनदारले जवाफ फर्काए । त्यही जमिनदारकै घरमा कोही कमैया १ पुस्ता त कोही २ पुस्ता बिताइसकेका थिए । जमिनदारले हिसाबकिताब सुनाउँदा कमैयाले जमिनदारलाई ८० हजार रुपैयाँ सौकी (ऋण) र ६५ हजार रुपैयाँ बोरा खौरही (वर्ष नपुग्दै धानलगायत लिइएको खाद्यान्न) तिर्नुपर्ने देखियो ।’ पैसा तिर्न नसकेपछि त्यहाँका कमैयाहरू १ वर्षसम्म कमैया बस्नु परेको उनी सुनाउँछन् ।

मुक्तिको लागि १९ कमैयाबाट विद्रोह

विभिन्न संघसंस्थाको पहलमा २०५६ चैतमा परेको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने तयारी गरिएको थियो । कार्यक्रममा कमैया मुक्तिलाई नै प्राथमिकतामा राखिएको थियो । चैत १८ गते आफ्नै नेतृत्वमा गेटीको जंगलमा १९ कमैया र केही स्थानीयको सहभागितामा भेला गरेको यज्ञराज बताउँछन् ।

पछि भेलालाई जुलुसमा परिणत गर्दै ‘सौकी ऋण खारेज गर, कमैयालाई मुक्त गर’ नारा लगाउँदै तत्कालीन गेटा गाविसमा ज्याला सम्बन्धी निवेदन दर्ता गर्न खोजेको तर गाविस कार्यालयले दर्ता गर्न नमान्दा घेराउ समेत गरेको अनुभव यज्ञराजले सुनाउँछन् ।

गाविस कार्यालय घेराउ गर्दासम्म कमैया मुक्ति आन्दोलनले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमको प्रमुख खुराक बनेको थियो भने कमैया मुद्दा राष्ट्रियकरण भइसकेको थियो । लगत्तै गाविस अध्यक्ष सन्तबहादुर कार्कीको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरियो । तर सो कमिटीले गति लिन नसक्दा कमैयाहरू अप्ठ्यारोमा परे । 

‘बहुत अप्ठ्यारो थियो । आन्दोलनले गति लिन सकिरहेको थिएन । उता जमिनदारहरूले ज्यान मार्नेसम्मको धम्की दिन थाले । १९ कमैया र म लगायत केही अभियानकर्मीको त्यो आन्दोलन जीवन–मरणको सवाल भयो,’ लामो सास तान्दै यज्ञराजले भन्छन् ।

त्यसताका आन्दोलन अगाडि बढाउन डिल्ली चौधरीलाई परिचालन समिति संयोजक बनाइएको र आफू जिल्ला व्यवस्थापक भएर भूमिका निर्वाह गरेका उनी बताउँछन् ।

जोसिँदै यज्ञराजले भने, ‘पछि जे होला–होला भनेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुग्यौ । तत्कालीन सीडीओ ताना गौतमले हाम्रो ज्ञापनपत्र समेत बुझ्न इन्कार गरे । इन्कार गरेपछि हामी धर्ना शुरू गर्यौं । बर्खा पनि शुरू भइसकेको थियो । हामी लगातार १४ दिन धर्नामा बस्यौ । यहाँसँगै राजधानी काठमाडौंमा पनि आन्दोलन गर्न गयौं ।’

निकाला गरिएका कमैयाहरू यज्ञराजको घरमा शरण

कमैया आन्दोलन उत्कर्षमा पुगेपछि जमिनदारले १९ घरपरिवारका कमैया परिवार घरबाट निकाला गरे । उनीहरू घरबारविहीन भए । जमिनदारले बस्न नदिएपछि जम्मै कमैयाहरू आफ्ना बालबालिका, गुन्टीगुन्टा बोकेर आफ्नो घरमा शरण लिन आएको यज्ञराज सम्झिन्छन् । आफूले हरेश नखाई सबैको व्यवस्थापनमा समेत जुटेको उनको भनाई छ ।

त्यसताका आफू स्थानीय सामुदायिक वन समूहको सचिव समेत रहेको बताउँदै उनले भने, ‘जमिनदारहरूले यज्ञराज नै तिमीहरू (कमैया)को नेता हो । उसैको घरमा जाउ । उसैले खाना दिन्छ भनेर पठाएपछि कमैयाहरू मेरो घरमा आए । पछि मैले समूहमार्फत् केही काम र खानाको बन्दोबस्त गरे ।’

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्यो । कमैयाहरू जमिनदारको जञ्जिरबाट मुक्त भए । तर उनीहरुलाई तत्कालै पुनस्र्थापनासहित गाँस, बास, कपासको समस्या भयो । पुनः पुनस्र्थापनाको लागि आन्दोलन गरेको अनुभव उनी सुनाउँछन् ।

अहिले पनि दुःख लाग्छ 

कमैया मुक्ति भएको हाल १८ पूरा भएको छ । अधिकांश पूर्वकमैया आफ्नै जग्गा र आफ्नै घरमा बसोबास गर्दै आएका छन् । तर अझै पनि केही कमैया पुनस्र्थापना हुन सकेका छैनन् । जुनकारण आफूलाई निकै दुःख लाग्ने गरेको यज्ञराज बताउँछन् ।

‘सरकारले मुक्त गर्यो । पुनस्र्थापनाको कार्य पनि बढायो । जुनप्रति निकै खुशी छौं । तर १८ पुग्दा समेत पुनस्र्थापनाको कार्य नटुंगिँदा बहुत दुःख लाग्छ । जबसम्म पुनस्र्थापनाको कार्य टुंगिन्न, तबसम्म कमैया पूर्णरुपमा स्वतन्त्र भए भन्न सकिन्न । राज्य अझैं गम्भीर हुन सकेन,’ यज्ञराजले गुनासो पोखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x