कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जनकपुरधाम – त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. राजेश सिंहको निधन भएपछि उनलाई छोरीले ‘मुखाग्नी’ दिएको घटना चर्चाको विषय बनेको छ ।
जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक सिंहको उपचारको क्रममा गत माघ ११ गते राति धरान अस्पतालमा निधन भएको थियो ।
उनी विगत ४ वर्षदेखि बिरामी थिए । मधुमेह, रक्तचाप, श्वासप्रश्वासको समस्याका कारण विगत ४५ दिनदेखि उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
वनस्पति शास्त्रका प्राध्यापक रहेका सिंहका छोरा थिएनन् । मृतक सिंहको पार्थिव शरीरलाई गत माघ १२ गते जनकपुरधामकै स्वर्गद्वारीमा उनकी साइँली छोरी २२ वर्षीया स्वेता सिंहले दागबत्ती मात्र दिएनन्, किरिया समेत बसेकी छन् ।
स्वर्गद्वारीमा दागबत्ती दिँदा लगाइने सेतो ‘उत्री’ समेत उनले लगाएकी छन् । सेती कपडा लगाएर १३ दिनको किरिया बसिरहेकी छन् । उनी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत छिन् ।
जनकपुरमा किरियापुत्री बस्ने सम्भवतः उनी पहिलो हुन् । मिथिला समाजमा छोरा नभएको अवस्थामा भतिजा वा भाइ जिउँदै रहेको अवस्थामा ‘मुखाग्नी’ दिने र किरिया बस्ने तर छोरी नबस्ने प्रचलन नै रहँदै आएको थियो ।
मृतक सिंहका अन्य दाजुभाइका छोरा थिए । उमेश सिंह, महेश सिंह, शरद सिंहका छोरा दागबत्ती दिन तयार नै थिए । तर छोरीले नै दागबत्ती दिने कुरा परिवारमा तय भएपछि कुनै समस्या नै भएन ।
‘उहाँ जीवित छँदै आफ्नो दागबत्ती छोरीबाट नै दिन लगाउनु भनेर भन्नुभएको थियो,’ मृतक सिंहकी पत्नी अनिता सिंहले भनिन्, ‘गाउँ समाजमा भाइभतिजासँग दागबत्तीका लागि हारगुहार गर्नुभन्दा राम्रो आफ्नै छोरीबाट दागबत्ती लिनु उत्तम हुने भन्दै मृत्यु हुने बेला पनि उहाँले भन्नुभएको थियो ।’
‘हामीले छोरीलाई नै छोरा मानेर पालेका छौं, पढाएका छौं, हुर्काएका छौं, छोरा र छोरीमा कुनै भेदभाव अब हुँदैन, छोरीले पनि दागबत्ती दिए स्वर्ग नै पुगिन्छ भन्नु हुन्थ्यो,’ पतिको भनाइ स्मरण गर्दै अनिता सिंहले भनिन्, ‘आमा बिते आमाको पनि दागबत्ती छोरीहरू तिमीहरूले नै दिनुसम्म भनेर जानुभयो ।’
सिंहका ४ वटा छोरी छन् । २९ वर्षीया जेठी छोरी अस्मिता सिंह बंगलादेशबाट एमबीबीएस उत्तीर्ण गरेकी छन् । एनएमसी समेत उत्तीर्ण गरिसकेकी उनको बिहे भइसकेको छ । माइली २५ वर्षीया नेहा सिंह जनकपुरकै जानकी मेडिकल कलेजबाट एमबीबीएस गरेर अहिले प्रशिक्षार्थी चिकित्सकको रुपमा कार्यरत छिन् । साइँली २२ वर्षीया स्वेता धरानमा एमबीबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत छिन् । कान्छी १८ वर्षीया स्वाति सिंह १२ कक्षा उत्तीर्ण गरेर मेडिकल इन्ट्रान्सको तयारी गरिरहेकी छन् ।
‘जेठी छोरीले नै दागबत्ती दिने इच्छा जनाएकी थिइन् । तर उनको सानो छोरी रहेकाले तिमी नदेऊ भनें,’ आमा अनिताले भनिन्, ‘माइली नेहा घरको काम पनि छोराजस्तै अभिभावकजस्तो भूमिका निभाउँदै आएको अवस्थामा कर्म किरियादेखि भोजभातसम्म उसको खाँचो देखेर उनलाई रोकें ।’ साइँली अलि बढी नै आत्मविश्वासी र बुवाले समेत भनेका कारण उनले नै दागबत्ती दिएको आमा अनिताले बताइन् ।
पति गुमाउनुको पीडाबीच छोरीले दागबत्ती दिएकोमा आफूलाई धेरै नै सन्तोष भएको र छोराको कमी महसुस नभएको उनले बताइन् । माइली छोरी नेहाले भनिन्, ‘जब मेरो बुवा ४५ दिनदेखि धरान अस्पतालमा भर्ना हुनुभएको थियो, त्यसबेला हामी छोरीहरू नै छोरा भएर सबै काम गरेका थियौं भने दागबत्ती पनि हामीले नै दिनुपर्छ भन्ने निर्णय गर्यौं । हामी छोरी नै छोरा पनि हौं । छोराले नै दागबत्ती दिनुपर्ने कुरा हाम्रो समाजमा रहेपनि हामीले त्यसको पर्वाह भने गरेनौं ।’
छोरीले नै दागबत्ती दिएपछि गाउँका देखिएको प्रभावबारे आमा अनिताले भनिन्, ‘गाउँघरका सबै आफन्तले सहयोग गरिरहेकै छन् ।’
जनकपुरधाम उपमहानगरपालिका–४ मा घर रहेपनि जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना उनको पैतृक गाउँ हो । मृतक सिंह विक्रम संवत् २०४३ सालदेखि राराब क्याम्पसमा पढाउँदै आएका थिए । उनकी पत्नी अनिता पनि स्नातक उत्तीर्ण छन् । विक्रम संवत् २०४५ सालमा उनले राराब कलेजबाट नै २ वर्षे बीएस्सी गरेकी थिइन् ।
गाउँघरमा भतिजाले काका वा काकीलाई दागबत्ती दिँदा खेत लिने, नदिए दागबत्ती नै नदिनेजस्तो सौदेबाजी पनि हुने गरेको थियो । किरियामा बस्ने भतिजाले भनेकै अनुसार खेत वा घडेरी वा अन्य सम्पत्ति हिस्साको रुपमा दिने प्रवृत्तिको पनि छोरीले किरिया बस्दा अन्त्य गरेको राराब कलेज जनकपुरका उपप्राध्यापक दिलिप रायले भने ।
‘हामी उहाँसँगै काम गर्थ्यौं, उहाँले छोरी मात्रै भएकोमा कहिल्यै पछुतो गर्नुभएन,’ उनले थपे, ‘३ वटा छोरीलाई एमबीबीएस पढाउनुभएको छ, चौथोलाई पनि पढाएर डाक्टर बनाउने उनको चाहना थियो । छोरासरह होइन, छोराभन्दा पनि बढी नै माया गर्नुहुन्थ्यो । छोरीले नै दागबत्ती दिएकोमा हामी सबै प्राध्यापकहरू खुशी पनि भएका छौं ।’
राराब क्याम्पसकै उपप्राध्यापक डा. रामलखन साह पनि सिंहको अन्त्येष्टिमा सहभागी हुन उनको घरदेखि स्वर्गद्वारीसम्म पुगेका थिए । साहको पनि छोरा छैनन् । २ वटा छोरी छन् । उनकी छोरी १९ वर्षीया स्वेता रानीले नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षको जाँच दिएकी छन् भने १६ वर्षीया श्रेया रानी १० कक्षामा पढिरहेकी छन् ।
‘म वा मेरी श्रीमतीको निधन भएपछि अब छोरीले पनि सजिलै हामीलाई दागबत्ती दिन पाउने छन्,’ साहले भने, ‘यसले समाजमा ठूलो क्रान्ति ल्याउँछ । परिवर्तन आवश्यक थियो । रुपान्तरण आवश्यक थियो । पहाडमा महिलाले किरियापुत्री बसेको समाचार आउने नै गर्थ्यो । तर मधेशमा भने यस्तो हुन सकेको थिएन ।’
राराब क्याम्पसका प्रायः प्राध्यापकहरू किरियापुत्री बसेको घटनालाई ऐतिहासिक भनिरहेका छन् । राराब क्याम्पसका सहप्राध्यापक विजय ठाकुर भन्छन्, ‘यो समाजको लागि राम्रो उदाहरण हो ।’
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...