×

NMB BANK
NIC ASIA

... त्यसपछि शहीद दुर्गानन्दकी पत्नीले रातभर प्रहरीसँग झगडा गरिन्

माघ १६, २०७५

NTC
Sarbottam
शहीद पत्नी काशीदेवी
Premier Steels
Marvel

जनकपुरधाम – विक्रम संवत् २०१८ माघ १९ गते तत्कालीन राजा महेन्द्र शाहको जनकपुरधाम सवारी हुँदा धनुषाको जटहीका १ जना विद्यार्थी दुर्गानन्द झाले बम प्रहार गरेका थिए । राजा चढेको गाडीमा बम प्रहार भएर गाडी क्षतिग्रस्त भएपनि राजा सकुशल रहे । पछि उनलार्ई पक्राउ गरेर मृत्युदण्डको सजाय सुनाइएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

उनलार्ई २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो । सफाईको मौका समेत नदिएर २०१९ भदौ १९ गते मृत्युदण्डको निर्णय तत्कालीन विशेष अदालतबाट सुनाइयो । त्यसबेलासम्म नेपालमा ब्राह्मणलार्ई मृत्युदण्ड दिइँदैन्थ्यो । त्यसैले मुलुकी ऐन २०२० भदौ १ गते संशोधन गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतको अनुमोदन अनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ गते पत्र जारी भयो । सोही अनुसार उनलार्ई मृत्युदण्ड दिइएको थियो ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेपछि के के भयो त ? उनकी पत्नी काशीदेवीको भनाइ उनकै शब्दमा :

Vianet communication
Laxmi Bank

उहाँ पक्राउ परेको एक बर्षपछि पुष महिनामा म, मेरो सासु आमा र नातामा ससुरा पर्ने माहिकान्त चौधरी काठमाडौं पुग्यौं । अदालतमा अपिल गर्नका लागि हामी काठमाडौं गएका थियौं । जेलमा हामी उहाँलाई भेट्न गयौं । तर, जेलरले भेट्न दिएनन् । त्रिपुरेश्वरको एउटा गेस्ट हाउसमा हामी डेढ महिना सम्म बस्यौं । अपिलका लागि धेरै वकिल साहेबहरुसँग भेट गर्न गयौं । तर, कसैले पनि सुनुवाई गरि दिएनन् । 

मभन्दा पनि सासु आमालाई उहाँसँग भेटघाट गर्न धेरै छटपटी थियो । त्यो डेढ महिनामा हामी १० पटक भन्दा पनि बढी नै होला, जेल त गयौं, तर उहाँ सँग जेलरले भेट गर्न दिएनन् । हामीसँगै गएको ससुरा चौधरीलाई कहिलेकाहीँ भेट गर्न दिन्थ्यो । उहाँ मार्फत नै जेलमा उहाँलाई आबश्यक पर्ने सामान पठाउने गथर््यौं ।

जुत्ता, लत्ता कपडा, ओछ्याउन, स्वेटर लगायतका सामान उहाँलाई मेरो गाउँले ले नै किनेर जेलमा पठाईदिनु हुन्थ्यो । अन्त्यमा हाम्रो केही पनि नचले पछि हामी गाउँ जटही फर्किन बाध्य भयौं । गाउँले सँगै हामी सासु बुहारी घर फर्कियौं ।

उहाँसँगको अन्तिम भेट 

उहाँलाई सरकारले फांसीको सजाय सुनाएको छ भन्ने बारे हामीलाई कुनै जानकारी नै थिएन । न त कसैले भनेकै थियो । एक दिन मेरो घरमा एक जना पुलिस आएका थिए । उनले मेरो सासु आमालाई बोलाएर तपाईंहरुलाई काठमाडौं जेलबाट बोलाहट आएको छ, जानुस् भनेर भन्यो । 

फेरि हामी तिन जना जेलमा पुग्यौं । जेलमा जाने बित्तिकै हामीले उहाँसँग भेट्ने भन्ने कुरा राख्यौं । जेलरले ठिकै छ, अहिले तपाईंहरु बस्नुस्, सोधेर आउँछु, भन्नुभयो । केही समय पछि हामीलाई उहाँसँग भेट गर्न दिईयो ।

जेलमा आमाले नै उहाँ सँग कुरा गर्नु भयो । कुशल मङ्गल सोध्ने काम भयो । सबै ठिकै थियो । अचानक उहाँले ‘यो अन्तिम भेट हो’ भनेर आमालाई भन्नुभयो । म त आश्चर्यचकित भएँ । भेटघाटमा हालखबर सोध्ने कुरा गर्दा आमालाई यसरी कसैले भन्छ र भन्दै आमाले उहाँलाई गाली गर्नुभयो । 

हामीलाई केही थाहै थिएन । उहाँले त्यो कुरा किन भन्नु भयो । उहाँ चाहिं आमालाई ढोग्दै ठिक सँग बस्नु भनेर भनिरहेका थिए । म निशब्द थिएँ । केही बोल्न सकिरहेको थिईनँ । त्यस पछि पुलिसले अब भेटघाट गर्ने समय सकियो, भन्दै जेलबाट बाहिर ल्याए । 

गाडीमा बसाउदै एक जना पुलिसलाई साथ् लगाएर अहिले लजमा बस्नुस्, पछि बोलाउँला भन्दै लजमा लग्यो । हामीलाई त्रिपुरेश्वरको एउटा लजमा पुर्याईयो । केही समय पछि दुई तीन जना अन्य मानिस पनि त्यही  लजमा आए । ती मानिसहरु पनि पुलिस नै रहेछन् । हामी माथि निगरानी गर्न पठाईएको थियो । 

त्यसै दिन जब रातको १ बज्यो, एक जना पुलिसले आबाज दिंदै हामीलाई उठायो । जेलमा उहाँसँग भेट गराई दिन्छौं, बोलाबा आएको छ भन्दै जान भन्यो । म र सासु आमा जान तयार भयौं । एउटा गाडीमा हामीलाई बसाईयो । त्यहाँ केही मानिस पहिले देखि गाडीमा बसेका थिए । 

जेल पुग्न लाग्दा एक जना पुलिसले एउटा कागज निकाल्दै त्यसमा औंठा छाप लगाउन भन्यो । किन छाप लगाउने भनेर मैले सोधें । त्यसै लगाउनु पर्छ भन्दै भनिरह्यो । होईन, मेरो आमा अक्षर चिन्नु हुन्न, तर म त चिन्छु नि भन्दै कागज देखाउन भनें । नपढी छाप  लगाउदैनांै , भनिरहें । आधा घण्टा जति गाडीमैं पुलिस र हाम्रो बहस भई रह्यो । त्यस पछि  त्यस मध्येका एक जनाले तपाइको छोरालाई फाँसी दिईएको छ, उहाँ मरि सक्नु भयो  । त्यसैले तपाईं यो दुवै जना यो कागजमा छाप लगाउनुस् भनेर कुरा खुलाए ।

यत्ति सुन्ने बित्तिकै आमा त कराउन थाल्नु भयो । म त  लाटी भएँ । केहि बोल्न सकिरहेकी थिइनँ । करिब आधा घण्टा जति आमा गाडीमैं रुनु भयो । त्यस पछि मैले भने ठिकै छ, फाँसी दियौ भने हामीलाई लाश देउ अनि मात्र सहि छाप गर्छौं, भनेर भने । हामी ब्राह्मण समुदाय, पशुपतिमैं लगेर जलाउँला । जनै लगाउनु पर्छ, बिधि साथ् जलाउने भनेर भन्दै रहयौं । तर, उनीहरुले केही पनि सुनेनन् । 

त्यस पछि एक जनाले भन्यो दुई जना महिलाले लाश कसरी लिने, के गर्ने ? धाक धम्की दिन थाल्यो । हाम्रो केही पनि चलेन । सुन्ने कोई पनि थिएन । जबर्दस्ती त्यो कागजमा हाम्रो औंठाको छाप लियो । हामीलाई लाश दिएनन् । उहाँको लाशलाई तिनीहरुले के गरे भन्ने कुराबारे हामीले जानकारी पनि पाउन सकेनौं । 

त्यस पछि काठमाडौंमैं एउटा पुलिसको क्याम्पमा हामीलाई लग्यो । त्यहाँ महिला र पुरुष दुवै प्रहरीहरु थिए । त्यहाँ हामीलाई रात भरि राख्यो । आमा त त्यहाँ रातभर रुँदै कराउंदै रात काट्नुभयो ।  बिहानपख एउटा ट्रकमा एक जना पुलिसको साथ लगाएर हामीलाई वीरगञ्ज पठायो ।  

हामी वीरगञ्जमा गएपछि त्यहाँ फेरी पुलिस ओफिसमैं लग्यो । त्यहाँ पुलिसले हामीलाई थुप्रै प्रश्नहरु सोध्न थाल्यो । तपाईहरुको अब को के कार्यक्रम छ ? तपाईंहरुले अब के गर्ने ? यहाँ किन आउनु भएको छ ? यस्ता प्रश्नहरु  गर्न थाले ।  हामीलाई थाहा छैन, किन यहाँ ल्याईएको हो । हामी केही गर्दैनौं, हाम्रो ज्यान छोड्नुस्, घर जान्छौं भनेर आमाले जबाफ दिनु भयो । एक जना पुलिसलाई साथ् लगाएर गाडीमा रक्सौल सम्म पुर्यायो । त्यस पछि हामी भिठामोड आयौं । त्यहाँ हाम्रो एक जना आफन्त हुनु हुन्थ्यो । उहाँकै घरमा हामी बस्यौं । सबै कुरा सुनायौं । त्यस पछि भोलि पल्ट हामी गाउँ आयौं ।

भारतको गया पुगेर कुशको लाश बनाएर सबै किरिया कर्म गर्यौं । यसरी उहाँको फाँसी बारे सरकारले हामीलाई औपचारिक जानकारी पनि गराएनन्, न त लाश नै किरियाकर्म गर्नका लागि  दियो । 

सासुको सेवामा लागिरहें 

मैले आफ्नो सासुको पीडा देखेको थिएँ । उहाँकै सेवा र सहयोगमा आफ्नो जिबन बिताएँ ।  उहाँको एक मात्र छोरा जन्मिएको ६ महिनामैं उनको श्रीमानको निधन भएको थियो । त्यस पछि जवान छोराको फाँसी भए पछि उनको रेखदेख गर्नु पर्छ भन्दै सासु सँगै गाउँमा बसें ।

माइती पक्षबाट भाई शशी ठाकुरले माइत नै आएर बस भनेर भन्दा पनि माइत कहिल्यै गएर बसिनँ । सासु बिरामी हुँदा उपचार गर्न पैसा थिएन । खेत बेचेर उहाँको उपचार गराएँ । १५ बर्ष अघि उहाँ पनि बित्नु भयो । त्यस पछि मात्र माइतमा भाई कहाँ बस्न थालें । 

श्रीमानसँगको १५ दिनको मात्र बसाई 

श्रीमान दुर्गानन्द झा सँग आफ्नो जीबनमा मुस्किलले १५ दिन सँगै बिताएकी छु । १४ बर्षको उमेरमा मेरो बिबाह दुर्गानन्द झासँग भएको थियो । मंसिर महिनाको बिबाह पञ्चमीको दिन उहाँ सँग बिहे भएको थियो । त्यति बेला उहाँ १७ बर्षको हुनु हुन्थ्यो । उहाँ भारतको बिहार स्थित उभगाउँमा पढ्दै हुनु हुन्थ्यो । होस्टेलमै बस्नु हुन्थ्यो । बिहे भएको बेला जम्मा जम्मी ८ दिन उहाँ मसँगै मेरो माइत धनुषाकै कुम्हरौडामा बस्नु भयो । त्यस पछि उहाँ गाउँ फर्किनु भयो । गाउँ फर्किए लगत्तै फेरी होस्टेल जानु भयो ।

 त्यस पछि त्यहि सालको बैशाख महिनामा मेरो दुरागमन भयो । पहिलो पटक बुहारी बिदाई भएर ससुराली जाने कुरालाई ब्राह्मण समुदायमा दुरागमन भन्ने गरिन्छ । म पहिलो  पटक ससुराली पुगें । धनुषाको जटही मेरो ससुराली हो । दुरागमन भएको ४ दिनमैं उहाँ होस्टेल जानु भयो । विद्यालयमा छुट्टी भएको बेला दुई चार दिनका लागि गाउँ आउनुहुन्थ्यो । आमा सँग पढाइको खर्चा लिएर जानु हुन्थ्यो ।

त्यति बेला सम्म हामीलाई केहि पनि थाहा थिएन की उहाँ कुन राजनीतिमा लाग्नु  भएको छ । पछि आमाले भन्नु हुन्थ्यो की उ त बिक्रम सम्बत २०१५ साल देखि नै बिद्यार्थी राजनीतिमा लागेको रहेछ ।  गाउँ आउँदा महात्मा गान्धीको किताब, सुभाष चन्द्र बोसको किताब ल्याउनु हुन्थ्यो । र, आमालाई किताब देखाएर भन्नु हुन्थ्यो की म उहाँहरु जस्तो कहिले बन्न सक्छु ।

कहिले काहीं गाउँ आउँदा आमा सँगको कुरामा भन्ने गर्नुहुन्थ्यो की यो देशमा अहिले माहौल ठिक छैन । कुनै पनि बेला राजा र प्रजा बीच लडाई हुन सक्छ । र, राजा सँगको त्यो लडाईंमा प्रजाको तर्फबाट आक्रमण गर्ने पहिलो मान्छे म नै हुन्छु भनेर आमालाई भन्नु हुन्थ्यो । त्यस पछि आमा खुब रिसाएर उहाँलाई गालि पनि गर्नु हुन्थ्यो । राजा सँग तैंले किन लड्ने, राजा सँग प्रजा कहीं लडाई गर्छ भनेर भन्नु हुन्थ्यो ।

त्यसै क्रममा एक दिन राजा महेन्द्र जनकपुरधाम आउनु भएको रहेछ । जानकी मन्दिरमा पूजा गर्न आएका बेला उहाँ चढेको गाडीमा बम प्रहार गर्नु भयो भन्ने हल्ला चलेपछि मात्र हामीले थाहा पायौं की उहाँ के गर्नु हुन्थ्यो । कुन राजनीतिमा लाग्नु भएको थियो । 

माघ १ गते मकर संक्रान्ति (तीला संक्रान्ति)को पर्वमा उहाँ गाउँमा आउनु भएको थियो । खाना खाएर फेरी उभगाउँ फर्किनु भएको थियो ।  त्यसै महिनाको केही दिन बिते पछि माघमैं अचानक जनकपुरमा बम काण्ड बारे हल्ला चल्यो । पछि त्यसमा उहाँकै नाउँ आएपछि मात्र हामीले जानकारी पाएका थियौं । उक्त घटना पछि उहाँ भारतको बिहारकै जयनगरमा बस्नु हुन्थ्यो । मैले आफ्नो गर्भमा रहेको छोराको जन्म दिएको थिएँ । तर, जन्मिने बित्तिकै उक्त बच्चाको निधन भएको थियो ।

त्यो सबै  दुख एक साथ् हाम्रो परिवारमा आइलागेको थियो । उहाँलाई कहिले काहीं सासु आमाले भारतको जमुनी तिर गएर भेट्नु हुन्थ्यो । त्यस पछि म त्यसै बर्ष फागुन महिनामा आफ्नो माइत आएँ ।

माइतमा आई सके पछि चैत्र महिनामा एक दिन मेरो बुवाले उहाँलाई जयनगरमा गएर भेट्नु भयो । उहाँ फर्केर आए पछि मैले पनि गाउँको एक जना मानिसलाई साथ् लिएर भोलि पल्ट जयनगर पुगें । 

त्यहाँ उहाँ सँग एक दिन र एक रात बसें । मैले उहाँलाई धेरै गाली गरें । कम से कम तपाईंले  आफ्नो आमाको बारे त सोच्नु पथर््यो । तपाईं जन्मिएको चार महिनामैं तपाइंको बुवाको निधन भएको थियो । चार महिने बालकलाई कति दुख सहेर बिधवा महिलाले तपाइंलाई पाल्यो । पालन पोषण गरेर २० बर्षको बनायो । तपाइंलाई पढ्न पो उभगाउँ पठाएको थियो । राजनीति गर्न त होईन नि । तर, उहाँले केही पनि जबाफ दिनु भएन ।

तपाईं त्यहाँ बाट एसएलसी पनि उत्तीर्ण गर्नु भयो । तर, राजालाई बम हान्ने काम त गर्नु हुन्थिएन, किन गर्नु भयो भन्दै गाली गरेकी थिएँ । उहाँले हाँस्दै  जबाफ दिनु भयो, ‘मैले त आमालाई भनेकै थिएँ की म बिबाह गर्दिन । मलाई त राजा बिरुद्धको लडाईमा लड्नुछ भन्ने कुरा थाहा भएकैले बिहे नगर्ने भनिरहेको थिएँ ।’ ठिकै छ, जे भयो भयो । अब तिमीले आमाको हेरचाह गर्न छौ नि त । मलाइ अब केको चिन्ता भन्दै उहाँले मलाई सम्झाई बुझाई घर फर्काई दिनु भयो ।

त्यस लगत्तै असार महिनामा उहाँ आएर गिरफ्तारी दिनु भयो । भारतको जयनगर बाट रेल चढेर आउँदै गर्दा उहाँ गिरफ्तार पर्नु  भएको थियो । त्यस अघि सम्म मेरो र उहाँको भेटघाट हुन सकेको थिएन । जयनगरमा मात्र भेट्न सकेका थियौं ।

अहिले ७२ बर्षकी भएकी छु । आफु पनि बिरामी छु । भाईले हेरचाह गरिरहेको छ । अब उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु । गणतन्त्र आई सक्यो, उहाँको सपना पूरा भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x