मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारी कामकाजलाई ठप्प बनाउन (शटडाउन) मा कीर्तिमान कायम गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततोगत्वा आत्मसमर्पण गरे । शुक्रवार उनले एक सम्झौतामा हस्ताक्षर गरेर तीन हप्ताका लागि सरकारी कामकाज पुनः सञ्चालन गर्ने गरी अल्पकालीन रूपमा पैसा दिने निर्णय लिए ।
कीर्तिमान ३५ दिनसम्म चलेको शटडाउनपछि पुनः सरकार सञ्चालनमा ल्याउनु भनेको ट्रम्पको स्पष्ट पराजय हो । उनले यस्तै किसिमको सम्झौतालाई एक महिनाअघि अस्वीकार गरेका थिए । उनको बालहठका कारण आठ लाख सरकारी कर्मचारीले व्यर्थै दुःख पाउनुपर्यो ।
यत्तिका दिनसम्म शटडाउन गराएपनि ट्रम्पले अन्ततोगत्वा केही पनि उपलब्धि हासिल गरेनन् । मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि उनले मागेको ५.७ अर्ब डलरको बजेट पनि उनले कंग्रेसबाट पाएनन् । यसबाट उनको बाँकी कार्यकाल अवनतिकै बाटोमा जाने देखिएको छ ।
हुन पनि ट्रम्पले पर्खाल बनाउने जिद्दी लिनु नै मूर्खता थियो । अधिकांश अमेरिकीहरू पर्खाल ठड्याउने पक्षमा नरहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । अनि उनीहरू शटडाउनका लागि ट्रम्प नै दोषी रहेको मान्यता राख्छन् ।
विपक्षी डेमोक्रेट पार्टीले मूर्खतापूर्ण पर्खाल निर्माण प्रस्तावलाई स्वीकार गर्ने प्रश्नै उठ्दैनथियो । त्यसैले तल्लो सदनमा डेमोक्रेट पार्टीकी नेत्री न्यान्सी पेलोसीले ट्रम्पसँग पर्खालका लागि सम्झौता गरिनन् र अझ उनले ट्रम्पलाई राष्ट्रका नाममा गरिने वार्षिक सम्बोधन पनि गर्न दिइनन् । यसबाट ट्रम्पको हैसियत एक सिकारु राजनीतिकर्मीको जस्तो देखियो जसलाई कसैले पनि भाउ दिँदैन ।
प्रश्न उठ्छ : ट्रम्पले पर्खाल बनाउनका लागि किन यत्ति हत्ते गरिरहेका हुन् ? यसको एउटै कारण भनेको उनी आफ्नो आधारभूत मतदातालाई खुशी पार्न चाहन्छन् । राष्ट्रपति चुनावका बेलामा उनले मेक्सिको सीमामा पर्खाल ठड्याउने प्रतिज्ञा गर्दा उनका समर्थकहरूले ‘पर्खाल बनाऊ’ भनेर चिच्याउने गर्थे ।
कार्यकालको दुई वर्ष बितिसक्दा पनि ट्रम्पले पर्खाल बनाउनका लागि सिन्को नभाँचेको भनी आलोचना पनि हुन थालेको थियो । कार्यकालको शुरूआती दुई वर्षमा दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत हुँदा पनि उनीसँग पर्खाल बनाउने कुनै ठोस रणनीति नै नभएको देखियो । आफ्ना मतदाताहरू चिढिएलान् भनेर उनले पर्खाल बनाउनका लागि सदनबाट बजेट प्रस्ताव पारित गराउने सोच राखेका थिए तर मध्यावधि चुनावपछि बदलिएको सदनको गणितले उनलाई लोप्पा खुवाइदियो ।
शटडाउन प्रकरणमा ट्रम्पको लज्जास्पद हारपछि उनका समर्थक र उनीप्रति तटस्थ धारणा राख्ने समूह टाढिएको देखिन्छ । उनीहरूलाई सान्त्वना दिनका लागि ट्रम्पले यो अस्थायी सम्झौता भएको बताइरहेका छन् । आगामी तीन हप्तामा कुनै समाधान ननिस्केमा उनले फेरि शटडाउन गराउन सक्छन् वा राष्ट्रिय संकटकाल घोषणा गर्न सक्छन् ।
तर जताबाट भए पनि ट्रम्पको हार नै हुने निश्चित छ । उनी एक अलोकप्रिय राष्ट्रपति भएको विभिन्न सर्वेक्षणले देखाएकै छन् । त्यसमाथि उनले पर्खाल ठड्याउने अलोकप्रिय जिद्दी गरिरहेका छन् । यस्तोमा उनीसँग पर्खालका लागि विपक्षी डेमोक्रेट पार्टीले किन सम्झौता गरिरहनुपर्छ र ?
सनककै भरमा ट्रम्पले शटडाउनको गल्ती दोहोर्याए भने अमेरिकालाई नै घाटा हुने देखिन्छ । शटडाउनका कारण बेतलबी काम गर्नुपरेकोमा सरकारी कर्मचारीहरू रुष्ट छन् । अझ संकटकाल लगाउने हो भने त्यसलाई कसैले पनि समर्थन गर्ने सम्भावना देखिँदैन । ट्रम्पकै रिपब्लिकन पार्टीका सदस्यहरू पनि संकटकालको विपक्षमा देखिन्छन् । अनि त्यसलाई अदालतमा चुनौती दिइने सम्भावना पनि छ ।
तर ट्रम्पले संकटकाल लगाएपछि त्यसलाई अदालतमा चुनौती दिइएमा ‘मैले कोशिश त गरेकै हो नि’ भनी आफ्ना मतदातालाई फकाउन सक्ने सम्भावना छ । तर ट्रम्पले पर्खाल बनाउनका लागि चालेको तदर्थवादी कदमलाई उनका मतदाताले कत्तिको पत्याउलान् भन्ने प्रश्न पनि ज्वलन्त छ ।
मूल कुरा चाहिँ ट्रम्पले शटडाउनको यो संघर्षमा पाएको पराजयले उनी कमजोर र प्रभावहीन राष्ट्रपति भएको पुष्टि गर्छ । उनले चुनावताका गरेका कुनै पनि वाचा पूरा गरेको देखिँदैन । पर्खाल बनाउन त उनले सकेनन् नै । त्यसै पनि पर्खाल बनाउनुको कुनै औचित्य नै देखिँदैन । इतिहासको पाना पल्टाउने हो भने देशको सिमानामा लगाइएको पर्खालले चाहेको जस्तो परिणाम ल्याएको पाइँदैन ।
अर्को देशमा हस्तक्षेप नगर्ने अनि अमेरिकामै ध्यान केन्द्रित गर्ने पनि भनेका थिए ट्रम्पले चुनावमा । तर युद्धपिपासु जोन बोल्टन जस्तो सल्लाहकार र माइक पम्पिओ जस्तो जासूसी संस्थाको पूर्वप्रमुखको बहकाउमा परेर उनले भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध कूको षड्यन्त्र रचेका छन् । अनि विदेशी भूमिबाट अमेरिकी सेना फर्काउने प्रतिज्ञा गरेका ट्रम्प भेनेजुएलामा सेना पठाएर हस्तक्षेप गर्नका लागि तम्तयार भएर बसेका छन् ।
सिरियाबाट अमेरिकी सैनिक फिर्ता लिने राम्रो निर्णय लिए पनि हतियार उद्योगको दबाबले उनले चुपचाप त्यो निर्णय फिर्ता लिए । अनि नाटोलाई अमेरिकाले गर्ने लगानी घटाउने चुनावी प्रतिज्ञा गरेका ट्रम्पले त्यो पनि गर्न सकेनन् ।
त्यसबाहेक उनको प्रशासनमा अधिकारीहरूले धमाधम राजीनामा दिने अनि कूटनीतिक क्षमता भएका भन्दा पनि युद्धमा जोड दिने व्यक्तिको दबदबा भएकाले पनि ट्रम्पको बचेखुचेको शाख पनि खस्किएको छ । उनको प्रशासनमा अधिकांश अधिकारीहरूले उनलाई कि त बेवास्ता गर्ने कि त त्यसको विरोध गर्दै राजीनामा दिने गरिरहेका छन् । त्यहीँ बसिरहेकाहरू चाहिँ प्रशासनका भित्री कुरा मिडियालाई चुहाएर बसिरहेका छन् ।
सन् २०१८ मा भएको मध्यावधि निर्वाचनमा उनको रिपब्लिकन पार्टीले तल्लो सदनमा पराजय बेहोर्नुपरेको थियो । ट्रम्पको अकर्मण्यता र विवादित कार्यकालकै परिणाम थियो उक्त हार । विपक्षी डेमोक्रेटहरू तल्लो सदनमा बलियो भएपछि ट्रम्पलाई थप अप्ठ्यारो आइलागेको छ । उनीमाथि महाअभियोग लगाएर हटाइने सम्भावना बढेको छ । उता उनले चुनावताका रुसको सहयोग लिएको भन्ने विषयमा चलिरहेको अनुसन्धानले उनका निकटवर्तीहरूलाई डामिरहेकोले पनि उनको स्थिति कमजोर भएको छ ।
शटडाउन विवादमा आत्मसमर्पणपछि त ट्रम्प झनै एक्लिएका छन् । विपक्षी डेमोक्रेटहरू हावी हुँदा उनका रिपब्लिकन सहकर्मीले पनि उनीप्रति विरक्तिको भाव राख्ने सम्भावना देखिन्छ । अनि पर्खाल बनाउने आफ्नो सबभन्दा ठूलो प्रतिज्ञा नै पूरा गर्न नसकेकोमा उनीप्रति बफादार समर्थक नै चिढिने सम्भावना छ ।
त्यसो त उनको कार्यकालमा शेयर कारोबारमा वृद्धि अनि रोजगारीमा बढोत्तरी त देखिएका छन् तर उनले त्यसलाई चुनावी लाभका लागि कत्तिको प्रयोग गर्न सक्लान् भन्ने प्रश्न छ ।
यी सबै घटनाक्रम हेर्दा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई निकै अप्ठ्यारो पर्ने देखिन्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...