मंसिर १, २०८०
लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। प्राविधिकतर्फ २१६ कर्...
काठमाडौँ- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ ।
रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा कम्पयुटरबाट परीक्षा लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
योग्यतम् रोजगार संयोजक छनोटमा परुन् भन्ने दृष्टिले सातै प्रदेशका आवेदकमध्येबाट उच्चतम् योग्यता भएका उम्मेदवारको तीन गुणाबढी प्रारम्भिक छनोट गरिने र उनीहरुबीच प्रतिस्पर्धा गराइने संयोजक दाहालले जानकारी दिए । प्रारम्भिक छनोटपनि अनलाइनबाटै गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।
उनले भने, “हामीले सक्षम व्यक्ति आउन् भनेर उनीहरुको शैक्षिक योग्यताका आधारमा अङ्क प्राप्त गर्ने प्रणालीको विकास गरेका छौँ । तोकिएको न्यूनतम् शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशतबापत ७० अङ्क, न्यूनतमभन्दा माथिल्लो शैक्षिक योग्यता भएका व्यक्तिको २० अङ्क र अनुभवको १० अङ्क प्राप्त गर्ने व्यवस्था गएिको छ । यही आधारमा रहेर अनलाइन प्रणालीले रोजगार संयोजकको छनोट गर्नेछ ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसअघि नै कुनै राजनीतिक दबाब तथा प्रभाव नपर्ने गरी अनलाइन प्रणालीको विकास गरेर निश्पक्ष रुपमा रोजगार संयोजकको छनोट गर्न निर्देशन दिएका थिए ।
आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक रोजगार संयोजकमा आज साँझसम्म १६ हजारले आवेदन गरेका छन् । यो सङ्ख्या १८ देखि २० हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको संयोजक दाहालले जानकारी दिए। श्रम मन्त्रालयले शुक्रबार अपराह्नसम्म रोजगार संयोजकका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाएको छ ।
रोजगार कार्यक्रम कार्यान्वयन गर्न सरकारले यही माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गरेको थियो । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो ।
लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। प्राविधिकतर्फ २१६ कर्...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...
लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । यस्तै आयोगले अन्तर्वार्ता,...
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा कर्मचारी भर्ना गर्नेगरी दरखास्त आह्वान गरेको छ । केन्द्रले लोकसेवा आयोगको सहमति बमोजिम कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, रजिस्ट्रार एनेस्थेसिया, सिस्टर, ओभरसियरलगायतक...
नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो । निगमका अनुसार प्रबन्धक (मेका...
नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ । जसअनुसार जुनियर प्लम्बर, असिस्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...