फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१८ को प्रतिवेदन अनुसार भ्रष्टाचार सूचकाङ्कमा नेपाल गत वर्षभन्दा दुई अङ्कले तल झरेको छ । गत वर्ष नेपालको वरीयताक्रम १२२ रहेकोमा यस वर्ष १२४ पुगेको छ । सरकार सुशासन र आर्थिक समृद्धिको कुरा गर्छ । प्रधानमन्त्री आफूले पनि भ्रष्टाचार नगर्ने र अरूले गरे पनि सहन नसक्ने भन्छन् तर विश्वास गर्न सकिने आधार भने रतिभर छैन । विश्वासका लागि कुरो होइन, काम गर्नुपर्छ । देखाउने पनि कामले हो । चिनाउने पनि कामले हो । बनाउने पनि कामले हो । उठाउने पनि कामले हो तर नेताहरू भने कामभन्दा कुरो गर्न बढी रुचाउँछन् ।
हामीकहाँ भ्रष्टाचार कहाँ छ भन्नुभन्दा कहाँ छैन भन्नुपर्ने अवस्था छ । कर्मचारीतन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यसको अर्थ भ्रष्टाचार अहिले मात्र भएको छ भन्ने होइन । हिजो पनि हुन्थ्यो । अस्ति पनि हुन्थ्यो । वैध अवैध छुट्टै कुरा हो । कर्मचारीतन्त्रमा भ्रष्टाचार राणाकालमा पनि थियो । शाहकालमा पनि थियो । तर हिजो लुकेर हुन्थ्यो । आज खुलेआम हुन थालेको छ । हिजो टेबुलमुनिबाट हुन्थ्यो आज टेबुलमथिबाटै हुन थालेको छ । हिजो यसको दायरा सानो थियो । मानिस डराउँथे । कारबाही पनि कडै हुन्थ्यो । भ्रष्टाचार गर्ने निकै कम हुन्थे । आज यसको दायरा बढेर पिँधैसम्म पुगेको छ । सेवाग्राहीहरू गुनासो गर्छन्, अतिरिक्त शुल्क नलिई वल्लो टेबुलको फाइल पल्लो टेबुलसम्म पुग्दैन । निर्णय प्रक्रिया त कता हो कता ।
बढिबढाइको समेत गरी झण्डै १५ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति भेटिएको आरोपमा हालै श्रेष्ठ थरका भन्सार कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २०५२ सालतिर नियुक्त भएका नासु स्तरका यी कर्मचारीले २२ वर्षे जागिरे अवधिमा आर्जन गरेको सम्पत्ति रहेछ यो । यस अवधिमा तलबभत्ता गरी करीब १८ लाख बराबरको रकम बुझेका यी कर्मचारीको करीब नौ करोड त वैध सम्पत्ति नै रहेछ । यो त सानो उदाहरण मात्र हो । नासु स्तरको कर्मचारीले निर्णय कार्यान्वयन गर्ने हो, निर्णय गर्ने होइन । एउटा निर्णय कार्यान्वयन गर्ने तहका कर्मचारीले त यति ठूलो राशिको भ्रष्टाचार गर्छ भने निर्णय गर्ने तहमा रहेकाहरूबाट कुन स्तरको भ्रष्टाचार हुने गरेको होला भनी सोझै अनुमान लगाउन सकिन्छ ।
राजनीतिक तहमा हुने भ्रष्टाचार त यसभन्दा पनि भयावह छ । नीतिगत भ्रष्टाचार नै यसको डरलाग्दो पाटो हो । यसको बाछिटाले तलदेखि माथिसम्म सबैलाई छोएको छ । यहाँ यो र त्यो भन्ने छैन । बीस उन्नाइस हुनु छुट्टै कुरा हो । कुनै पनि पार्टीका सरकार एवं नेता तथा कार्यकर्ता यसबाट अछुत छैनन् । यस्ता भ्रष्टाचारको सकभर कुरै हुँदैन, कुरा हुनै पाउँदैन । कदाचित् कुरा भइहाले पनि कुरैमा सीमित हुन्छ, कारवाही हुँदैन । अन्यथा लाउडा काण्ड तथा धमिजा काण्डको सुनुवाइ पहिल्यै भइसक्नुपर्ने हो । खोइ त अहिलेसम्म कुरैमा सीमित छ । अब इतिहासमा सीमित हुने दिन पनि त्यति टाढा छैन भन्दा हुन्छ । पछिल्लो अवस्थामा बाइडबडी काण्डसमेत यही पंक्तिमा उभिन आएको छ । यसको पनि हुने भनेको अवस्था त्यही नै हो । सबै केही कराएको जस्तो गर्छन्, अनि चुप लाग्छन् । मच्चिन्छन् मच्चिन्छन्, थच्चिन्छन् भनेको यही हो ।
प्रजातन्त्र पुनःस्थापनापछिको शक्तिशाली सरकारले राजधानीको (हात्तीगौडा नजिक) गौचर तथा फूटबल मैदानको रूपमा रहेको करीब २,५०० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता प्रक्रिया अघि बढायो । यसमा सत्तारूढ दलका केही मन्त्री तथा सांसदहरूकै मिलोमतो थियो । तत्कालीन भूमिसुधारमन्त्रीले असहमति जनाए । फलतः यसैका कारण उनी राजीनामा गर्न बाध्य भए । उनको स्थानमा अर्को आए । उनले जग्गा दर्ता मात्र गराएनन्, खरीद बिक्रीकै व्यवस्था मिलाइदिए । कसको खल्तीमा कति गयो । कुन नेताले कति पाए ? हुन सक्छ ठूलै हिस्सा पाटीको भागमा पनि पर्यो कि ? नीतिगत तह नै मिलेपछि कसको के लाग्छ ? केमिकल हालेर त्यस क्षेत्रकै नक्सा बिगारेर ध्वस्त पारियो । केही वर्ष अघिसम्म त्यस क्षेत्रको नक्साको अवस्था त्यस्तै थियो । अहिले कस्तो छ, थाहा छैन । शायद नयाँ बनाइयो कि ?
नीतिगत तहमा वा तहबाट हुने भ्रष्टाचारको नमूना हो यो । यहाँ यस्तो भएको छ भने अन्यत्र पनि यस्तै वा यस्तै किसिमका भ्रष्टाचार भएको छैन भनेर कसरी भन्ने ? विदेशबाट केही किलो अवैध सुन भित्र्याउनु छ भने दुईचार महिना अघिदेखि नै सेटिङ मिलाउने खेल शुरू हुन्छ भन्ने कुराको चर्चा पत्रकार मित्रले आफ्नो कृति चक्रव्यूहमा चन्द्रसूर्यमा गरेका गरेका छन् । उनका अनुसार, सकेसम्म मौजुदा सरकारबाटै सो काम फत्ते गर्ने प्रयास हुन्छ । सो सम्भव नभए सरकार परिवर्तनको रणनीति शुरू हुन्छ । सम्भवतः हालको ३३ किलो सुन प्रकरणले पनि यस्तै नियति भोगेको हुनुपर्छ । अन्यथा तैं चुप मै चुपको अवस्था किन पो सिर्जना हुन्थ्यो होला ?
प्रतिवेदनअनुसार, भ्रष्टाचारको ऐंजेरु फैलिएर न्यायालयसम्म पुगेको छ । मुलुक बचाउने भनेको सैैन्यालय र न्यायालयले हो । सबै सकिँदा पनि यी संस्था बाँकी नै रहन्छन् र मुलुकलाई पुनर्गति दिन्छन् । जनताले यही रूपमा बुझेका हुन्छन्, बुझेका छन् तर न्यायालयभित्रै त्यस्तो अवस्था छ भने कहाँबाट सन्तोषको सास लिने ? प्रश्न विचारणीय छ । आशा गरौंं, कतैबाट यसको उत्तर आउँछ कि ?
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...