×

NMB BANK
NIC ASIA

भेनेजुएलाको राजनीतिमा उथलपुथल ल्याउने हुआन गुआइडो को हुन् ?

माघ १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एक महिना अघिसम्म पनि भेनेजुएलाभित्र र बाहिर धेरैलाई हुआन गुआइडोको नाम समेत थाहा थिएन । तर १० दिनअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य देशका नेताले उनलाई देशको वैध राष्ट्रपतिका रूपमा मान्यता दिएपछि उनी एक्कासि चर्चामा आए । 

Muktinath Bank

राष्ट्रपति निकोलस मडुरोको शासनमा भेनेजुएला निरंकुशतातर्फ बढिरहेको अवस्थामा गुआइडोले सुस्त रहेको विपक्षी आन्दोलनलाई पुनर्जागृत गरेका छन् । भेनेजुएलामा लोकतन्त्र पुनर्बहाली गर्न सकिन्छ भनी उनले धेरैमा विश्वास जगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुआइडो औद्योगिक इन्जिनीयर हुन् र पपुलर विल दलका सांसद पनि । सन् २०१८ को जनवरीमा विपक्षीहरूको बाहुल्य रहेको संसद् नेसनल एसेम्बलीमा उनी विपक्षीहरूको नेता बने । मडुरोले त्यो विधायिकी निकायको शक्ति सन् २०१७ मा खिचेको भए पनि यसको बैठक अझै पनि बस्छ र यसलाई धेरै देशले मान्यता पनि दिएका छन् । 


Advertisment
Nabil box
Kumari

भेनेजुएलाको संविधानबमोजिम देशमा शक्ति शून्यताको स्थिति आएमा नेसनल एसेम्बलीको नेता राष्ट्रपति बन्छन् । सन् २०१८ को मे महिनामा मडुरोले चुनावमा धाँधली गरेर जितेकाले शून्यताको स्थिति आएको भनी गुआइडो दाबी गर्छन् । (विपक्षीहरूले उक्त निर्वाचन बहिष्कार गरेको र चुनावमा धाँधली भएको भनी दाबी गरिएकाले मतदानलाई अवैध मान्नेको संख्या पनि ठूलै छ । चुनावपछि अमेरिका र युरोपेली संघले भेनेजुएलामा नाकाबन्दी लगाए अनि दक्षिण अमेरिकाका १४ मुलुकले आआफ्ना राजदूत फिर्ता बोलाए ।)

Vianet communication
Laxmi Bank

पैंतीस वर्षीय गुइआडोले विभाजित विपक्षलाई एकताबद्ध गरेका छन् र लोकतान्त्रिक संक्रमणमा पुग्ने विषयमा विपक्षीको नयाँ भाष्य बनाउन लागेका छन् भनी जोखिम विश्लेषक डीएगो मोया–ओकाम्पोसले बताएका छन् । 

गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका छन् । उनले सेनाको समर्थन लिन खोजिरहेका छन् । उनी राष्ट्रपति बने भने ३० दिनभित्र ताजा निर्वाचन आह्वान गर्नुपर्ने हुन्छ । 

भेनेजुएलाका क्रान्तिकारी समाजवादी नेता राष्ट्रपति ह्युगो चाभेज सन् २०१३ मा क्यान्सरका कारण बितेका थिए । उनले मडुरोलाई आफ्नो उत्तराधिकारी बनाएका थिए । उनको मृत्युको एक वर्षपछि तेलको मूल्यमा विश्वव्यापी गिरावट आएपछि तेलमा पूर्णतः निर्भर भेनेजुएलाको अर्थतन्त्र संकटमा प–यो । यसले गर्दा सामानको अभाव भयो र व्यापक विरोध प्रदर्शन भए । सत्तामा आफ्नो पकड कायम राख्नका लागि मडुरो थप निरंकुश भएका छन् र विरोधको हिंस्रक दमन गरिरहेका छन् । उनले विपक्षीहरूलाई कारागारमा कोच्ने अनि सञ्चारमाध्यममा नियन्त्रण बढाउने काम गरेका छन् । 

खानेकुरा तथा अन्य आयातित सामानको चरम अभाव भएपछि व्यापक भोकमरी छाएको छ । औसत भेनेजुएलावासीको सन् २०१७ मा १० किलो तौल घटेको छ । सन् २०१४ देखि २३ लाखभन्दा बढी मानिस देशबाट पलायन भएका छन् । 

देशका जासूसी निकायहरूले गुआइडोलाई जनवरी १३ मा पक्राउ गरे तर ४५ मिनेटमै रिहा गरिदिए । अहिले पनि मडुरोले आफू र आफ्नो परिवारलाई लगातार धम्की दिइरहेको गुआइडोले बताएका छन् । यसैबीच देशको सर्वोच्च अदालतले गुआइडोको बैंक खाता रोक्का गरेको छ उनीमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।  

गुआइडोका गुरु तथा पपुलर विल दलका नेता लीयोपोल्ड लोपेजलाई सरकारको विरोध गरेकोमा सन् २०१४ देखि नजरबन्दमा राखिएको छ । गुआइडोले पनि सत्तालाई चुनौती दिएकोमा त्यही स्थिति बेहोर्नुपर्ने हुन सक्छ । 
सत्ता प्राप्तिका लागि सशस्त्र बलले मडुरोलाई समर्थन गर्न छोडेर आफूलाई गर्नुपर्ने गुआइडोलाई थाहा छ । तर सेनाले बफादारिता त्याग्ने सम्भावना देखिएको छैन । 

‘सशस्त्र बलहरूले मडुरोलाई दिएको समर्थन लिनुपर्ने कुनै कारण छैन किनकि त्यसो गर्दा उनीहरूले अहिले उपभोग गरिरहेको आर्थिक र राजनीतिक प्रभाव बलिदान गर्नुपर्ने हुन्छ,’ मोया–ओकाम्पोस् भन्छन् । मडुरोको शासनमा सेनाले भेनेजुएलाको तेल, बन्दरगाह, भौतिक संरचना र आधारभूत सामानहरूको आयातमा नियन्त्रण गरिरहेको छ । 

त्यसमाथि सत्ता परिवर्तन भएमा आफूहरूलाई मानवअधिकार उल्लंघनका घटनामा जवाफदेही बनाइने पीर वरिष्ठ सैन्य अधिकारीहरूले लिएका छन् । हालैका वर्षमा सैन्य बलले विरोधको हिंस्रक दमन गरेर मानवअधिकार उल्लंघन गरेका छन् ।

अनि भेनेजुएलाको शक्तिशाली सैन्य जासूसी निकाय डीजीसीआईएमले सेनामा विद्रोह रोक्नका लागि अधिकारीहरूमाथि सर्वेक्षण गर्ने गरेको छ र समस्या ल्याउनेहरूलाई ठेगाना लगाउने गरेको छ । तर सेनाबाट भागेकाहरूले चाहिँ गुआइडोलाई समर्थन गरिरहेका छन् । 

गुआइडोको समर्थनमा प्रदर्शनहरू भइरहेका छन् । त्यसो त भेनेजुएलामा खाद्यान्न अभाव र मजदूरको अधिकारका विषयमा ससाना विरोध कार्यक्रम दिनहुँ जसो हुने गरेका छन् । तर यी प्रदर्शनहरू चर्किंदै गएर सुरक्षा बलको क्षमतालाई नै परीक्षण गर्ने स्थिति आएमा सेनाभित्र चेन अफ कमान्ड भत्किने सम्भावना रहेको मोया–ओकाम्पोस बताउँछन् । ‘त्यसपछि उनीहरूले मडुरोलाई दिएको समर्थन फिर्ता लिने सम्भावना हुन्छ ।’

गुआइडोको व्यक्तिगत जीवनको कुरा गर्दा उनी सन् १९८३ मा एक मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । उनका सात दाजुभाइ दिदीबहिनी छन् । उनका पिता विमानचालक र आमा शिक्षिका हुन् । 

उनका हजुरबुवा सैनिक अधिकारी हुन् । उनी भेनेजुएलन नेसनल गार्डका सार्जेन्ट थिए भने आमापट्टिका हजुरबुवा जलसेनामा कप्तान थिए । 

उनले सन् २००० मा विद्यालय शिक्षा पूरा गरेका हुन् । सन् १९९९ मा भार्गासमा भएको त्रासदीका कारण उनी केही समयका लागि घरबारविहीन भए । 

यही त्रासदीले उनको राजनीतिक विचारधारालाई प्रभावित पारिदियो र उनी समाजवादी दलविरोधी बन्न पुगे । त्यसबेला सत्तामा भर्खर आएको चाभेज सरकारले विपतमा प्रभावशाली प्रबन्ध मिलाउन सकेको थिएन ।

उनले सन् २००७ मा आन्द्रेस बेल्लो क्याथोलिक विश्वविद्यालयबाट औद्योगिक इन्जिनीयरिङमा स्नातक गरेपछि व्यावसायिक अनुमतिपत्र प्राप्त गरेका हुन् । स्नातकोत्तरको पढाइ उनले अमेरिकाको जर्ज वाशिङटन विश्वविद्यालयबाट सकेका हुन् । 

टाइम पत्रिकामा प्रकाशित सियारा नगेन्टको आलेखमा आधारित
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x