×

NMB BANK
NIC ASIA

वर्षा राउतको खुलासा- पहिले हेपिएर काम गर्नुपर्थ्यो, अहिले तिनैले सम्मान गर्छन् [अन्तर्वार्ता]

बिहेको प्रसंगले रिस उठ्छ, भन्छिन्- 'प्लिज यो प्रश्न नसोध्नुस्'

माघ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वर्षा राउत अहिलेकी व्यस्त अभिनेत्री हुन् । ‘नाइँ नभन्नू ल ४’ बाट सिने नगरीमा डेब्यू गरेकी वर्षाले त्यसयता थुप्रै चलचित्रमा अभिनय गरेसकेकी छन् ।

Muktinath Bank

उनी अभिनित चलचित्र ‘गोपी’ हिजो शुक्रवारबाट प्रदर्शनमा आएको छ । यता रोकिएको उनको अर्को चलचित्र ‘जात्रै जात्रा’को छायाङ्कन पनि भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षासँग लोकान्तरका लागि सुशील नेपालले ‘गोपी’ र उनको निजी जीवन लगायत प्रसंगमा रहेर छोटो कुराकानी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

Vianet communication
Laxmi Bank

चलचित्र‘गोपी’ हलमा लागिरहेको छ । कस्तो महसूस भइरहेको छ ?

चलचित्रलाई लिएर एकदमै उत्साहित छु, उत्तिकै नर्भस पनि । चलचित्र हेरेका दर्शकहरूले रुचाउनुभएको छ ।

चलचित्रमा तपाईंको भूमिकाबारे बताइदिनुस् न?

‘गोपी’मा म भेटेरिनरी डाक्टरको भूमिकामा प्रस्तुत भएकी छु । आजसम्म कमेडी जनराका चलचित्रहरू गरिरहेकी थिएँ ।

‘गोपी’मा दर्शकले मलाई विगतका भन्दा भिन्न भूमिकामा देख्न पाउनुहुनेछ ।

लगातार चलचित्रहरू आइरहेका छन्, ‘गोपी’ तपाईंको करिअरको विशेष चलचित्र हो वा एउटा नियमित चलचित्र ?

हरेक चलचित्रको भूमिका फरकफरक नै हुन्छ । बनाउने तरिका, कथादेखि लिएर सबै कुराहरू हरेक चलचित्रमा फरक पाउँछौं । यो चलचित्र के कारणले विशेष छ भन्छु भने, आजसम्म मैले प्रायः कमेडी चलचित्रहरू गरिरहेकी छु । ‘गोपी’ गम्भीर विषयमा बनेको चलचित्र हो । अहिले गाईपालक किसानहरूले यसको कथा निकै मन पराइरहनुभएको छ । नेताहरूले पनि चलचित्रप्रति चासो देखाउनुभएको छ ।

अब चलचित्र दर्शकमाझ पुगिसकेको छ । उहाँहरूले कस्तो प्रतिक्रिया दिनुहुन्छ, हेरौं । तर मेरो तर्फबाट ‘गोपी’लाई एउटा विशेष चलचित्र भन्छु ।

‘गोपी’सँगै अन्य दुई नेपाली चलचित्र पनि प्रदर्शनमा आएका छन् । एकसाथ तीन चलचित्र दर्शकको लागि आवश्यकता हो ?

नेपाली चलचित्रहरू नै धेरै बनिरहेका छन् । यो दर्शकको आवश्यकताभन्दा पनि यसमा अरू उपाय छ जस्तो लाग्दैन । किनभने, यो हप्ता रिलिज भएन भने अर्को हप्ता फेरि त्यसैगरी नै अरू नेपाली चलचित्रहरूसँग भिड्नुपर्छ ।

यसले चलचित्र क्षेत्रलाई त असर गरिरहेको छ नि?

असर त गर्छ नै । गरिरहेकै छ । चलचित्रहरू निर्माण भइरहेका छन् । एकैदिन धेरै चलचित्रहरू प्रदर्शनमा आउँदा शो बाँडिन्छ । हामी कलाकारहरू त यसमा के गर्न सक्छौं र ?

चलचित्रमा व्यस्त बनिरहनुभएको छ । आफ्नो कलाकारिता यात्रालाई फर्केर हेर्दा कस्तो लाग्छ?

खुशी लाग्छ । जे होस्, मैले एउटा म्यूजिक भिडियो पनि एउटा साइटको कोरसजस्तो भएर शुरूवात गरेकी थिएँ । अहिले दर्शकहरूको माया पाउँदै गइरहेकी छु । शुरुवाती कुराहरू सम्झँदा अहिले खुशी लाग्छ ।

शुरुवाती चरणमा हेपिएर काम गर्नुपर्‍थो । धेरैजनाले हेप्नुहुन्थ्यो । तर, अहिले उहाँहरूले नै रेस्पेक्ट गर्नुहुन्छ । त्यो रेस्पेक्ट म एउटा स्थानमा पुगेर मात्र पाएको जस्तो लाग्छ । शुरूवाती चरणमा त्यस्ता कुराहरूले चाहिँ केही दुःखी बनाउँथ्यो ।

चलचित्रमा डेब्यू गर्दै गर्दा म यहाँसम्म पुग्छु भन्ने सोच्नुभएको थियो?

पहिलो चलचित्र गर्दा यहाँसम्म पुग्छु भन्ने सोचेकी थिइनँ । म चलचित्रमा आइसकेपछि जति पनि चलचित्र गरेँ, दर्शकहरूले रुचाउनुभयो । दर्शकको नोटिसमा पर्दै गएँ । मैले आफ्नो तर्फबाट पनि मेहेनेत गर्दै गएँ ।

मैले एकदिन पर्दाभित्र आउँछु भनेर त पहिल्यैदेखि सोचिरहन्थेँ । तर, यसरी रेस्पेक्टेड कलाकारहरूसँग स्क्रिन शेयर गर्न पाउँछु भनेर चाहिँ सोचेकी थिइनँ ।

वर्षालाई चलचित्र खेलाउन निर्माता/निर्देशकको ओइरो लागिरहेको होला है ?

धेरै निर्माता/निर्देशकहरू स्क्रिप्ट लिएर आउनुहुन्छ । कुनैकुनै चलचित्रको स्क्रिप्ट राम्रो लाग्छ । तर ती चलचित्र केही कारणले मिल्दैनन् । कति स्क्रिप्ट राम्रो लागेर पनि गर्न मन लाग्दैन । चलचित्रमा अभिनय गर्नुअघि धेरै कुराहरू हेर्नुपर्ने हुन्छ ।

चलचित्रमा अनुबन्ध हुनुअघि के–के कुरा हेर्नुहुन्छ ?

पहिलो त टीम नै हेर्छु । त्यसपछि स्क्रिप्ट हेर्छु । टीम राम्रो छ, स्क्रिप्ट हेर्दै जाँदा आफ्नो क्यारेक्टर हेर्छु । टीम, स्क्रिप्ट र आफ्नो क्यारेक्टर चित्त बुझ्यो भने मात्र 'ओके' हुन्छु ।

अनुबन्धित भइसकेपछि पात्रको तयारी कसरी गर्नुहुन्छ?

पात्रको तयारीका लागि स्क्रिप्ट राम्रोसँग पढ्छु । अहिलेसम्म मलाई धेरै वर्क गर्नुपर्ने, पात्रका लागि धेरै नै डुब्नुपर्ने खालको स्क्रिप्ट नै आइसकेको छैन जस्तो लाग्छ । धेरैजसोमा स्क्रिप्ट पढिसकेपछि पात्रको केही तयारी भने गर्ने गरेकी छु ।

‘गोपी’को हकमा भने मैले रियल भेटेरिनरी डाक्टरहरूलाई नै भेटेर कसरी गर्ने भनेर सल्लाह लिएको थिएँ ।

छोटो समयमै धेरै चलचित्रहरू गर्नुभयो । अझै पनि यस्तो खालको क्यारेक्टर चाहिँ गर्न पाए हुन्थ्यो भन्ने लागेको छ?

मलाई महिला प्रधान चलचित्रहरू गर्न मन छ । कलाकार भइसकेपछि मलाई यो गर्न मन छ भनेर पनि नहुने । हेरौं, काम गर्दै जाउँ । आउँदा दिनमा त्यस्ता चलचित्र पनि गरिएला ।

फागुनमा विवाह गर्दै हुनुहुन्छ, दर्शकलाई लागेको हुनसक्छ विवाहपछि वर्षा कतै चलचित्र क्षेत्रबाटै हराउने त होइन ? यसबारे खुलाइदिनुहोस् न ।

प्लिज, यो प्रश्न नगर्नु न ! यो प्रश्न सुनेर मलाई एकदमै रिस उठछ् । यसको उत्तर दिँदादिँदा थाकिसकेँ । मलाई यसको उत्तर नै दिनु छैन । यसमा मैले भन्नुपर्ने कुराहरू पनि भनिसकेकी छु । अब त जवाफको लागि बिहेपछि काम गरेरै देखाउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x