×

NMB BANK
NIC ASIA

गुमनाम बाँसुरीवादक : जसको कलाले संगीतलाई कर्णप्रिय बनाउँछ

माघ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – संगीत क्षेत्रमा धेरै चर्चामा नआउने बाँसुरी वादकको भूमिका पनि एक हो । कला क्षेत्रमा गायक, वाद्यवादक र संगीतको धूनतर्फ सबैको ध्यान जाने भएपनि बाँसुरी वादकतर्फ कमैको ध्यान जान्छ ।

Muktinath Bank

कर्णालीका होनहार बाँसुरी वादक हुन् ज्ञानबहादुर नेपाली । सानैदेखि रेडियो सुन्ने र गीतमा बाँसुरी बजाएर प्रयास गर्ने गरेका नेपाली अहिले आफूलाई बाँसुरी वादकको रुपमा परिचय दिन चाहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर नगरपालिका–७ ईत्राममा जन्मेका नेपालीले सानैदेखि कलाकारितामा रुचि राख्ने गरेका थिए । कृष्ण संस्कृति माध्यमिक विद्यालय ईत्राममा अध्ययन गर्दा उनले गीत गाउने, मादल बजाउने, नाटक खेल्ने काम गरेपनि उनले सबैभन्दा बढी समय बाँसुरी बजाउनमै खर्चिए ।


Advertisment
Nabil box
Kumari

उनी कलाकारितातिर खुलेर लागेको विक्रम संवत् २०४२ सालतिरबाट हो । २०४२ सालमा विद्यालयमा  जिल्ला स्काउटको जिल्ला स्तरीय नृत्य प्रतियोगिता भएको थियो । उनले भने, ‘त्यो बेलामा हाम्रो टीम प्रथम भएको थियो । त्यसमा मैले पनि नृत्य गरेको थिएँ । म खास कलाकार बनौला भनेर पनि लागेको होइन । तर अन्तरआत्मादेखि कलाकारिताप्रति चासो बढेर यो क्षेत्रमा लागेको हुँ ।’

Vianet communication
Laxmi Bank

१० कक्षासम्म मात्रै अध्ययन गरेका नेपालीले आफू गायक पनि रहेको बताए । ‘हुन त म गायक पनि हो । नृत्य पनि गर्छु । तर मेरो मुख्य विधा भनेको बाँसुरीवादक नै हो,’ उनी भन्छन्, ‘बाँसुरीको धुनजस्तै बाँसुरी वादकको नाम पनि मन्द नै हुँदो रहेछ । किनभने, हामी मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट देशव्यापी नृत्य कार्यक्रममा थुप्रै पटक नृत्यमा प्रथम भएका छौं । त्यसमा मैले बजाएको बाँसुरीको धुन पनि थियो । तर नाम भने बाँसुरी वादकको बाहिर कहिल्यै आएन ।’

नाम नआएपनि उनलाई दुःख भने लागेको छैन । त्यसको मुख्यकारण आफूले बाँसुरीलाई प्राथमिकतामा राखेका कारण त्यस्तो भएको उनको बुझाइ छ । ‘त्यसमा मलाई दुःख लाग्दैन । किनभने मैले रोजेको विधा नै यस्तै हो, जो सधै ओझेलमा परेको हुन्छ । म कलाकारितामा कसैबाट प्रभावित त भएको होइन । तर मेरो बुवाआमाले मलाई यो क्षेत्रमा आउनलाई खुब साथ दिनुभएको हो,’ उनी भन्छन्, ‘त्यो बेलाको जमानामा संगीत सिक्ने भन्ने हुँदैन्थ्यो । गीत सुन्नैको लागि मेरो बुवाले रेडियो किनिदिनुभएको थियो । त्यही रेडियोमा बजेको बाँसुरीको धुन नै मेरो संगीत शिक्षक थियो ।’

उनी आफ्नो गुरूको रुपमा रेडियोलाई नै लिन्छन् । ‘बुवाले नै मलाई कलाकारितामा लाग्न प्रोत्साहन गर्नुभएको हो । उहाँको प्रोत्साहनले नै आज म एउटा बाँसुरी वादकको रुपमा चिनिन पाएको छु,’ उनले भने, ‘सायद रेडियो नसुनेको भए म यो क्षेत्रमा आउन सम्भव हुन्थेन होला । मेरो संगीतको गुरू नै रेडियो हो ।’

उनले जीवनमा धेरैखुशी र दुःख झेलेको बताए । ‘जीवन जिउने क्रममा कति दुःख त कति खुुशी आउँछन् जान्छन् । त्यसलाई खासै ठूलो मान्नु हुँदैन,’ उनले भने, ‘तर कार्यक्रमको शिलशिलामा विक्रम संवत् २०६४ पुस १० गते गुर्भाकोटको मेहेलकुनामा पर्ने सुभाघाटको मेला पुलमा भाँचिएर धेरैको मृत्यु भयो ।’ उतिबेला आफूहरू गीत गाइरहेको स्मरण गर्दै नेपालीले भने, ‘आफ्नो आँखै अगाडि । मैले र लिला थापाले गीत गाइरहेको थियौं । माहोल एकदमै रमाइलो भइरहेको थियो । त्यहीबेलामा ठूलो आवाज आयो ।  त्यो आवाज सुभाघाट पुल भाँचिएको आवाज थियो । त्यो दिन मेरो जीवनको सबैभन्दा कहालीलाग्दो दिन थियो । म त्यो दिनलाई भुल्नै सक्दिनँ ।’

उनले जीवनमा धेरै खुशी पनि पाएका छन् । विक्रम संवत् २०४४ सालमा उनी ईत्राम स्कूलमा पढ्दै थिए, उनलाई स्काउटबाट काठमाडौं जाने अवसर मिल्यो । ‘म त्यतिबेला १७ वर्षको थिएँ । राजदरबारभित्रै सांगीतिक कार्यक्रमको लागि गएका थियौं,’ उनले विगत सम्झँदै भने, ‘राजपरिवारसँग भेट्न पाउँदा पनि खुशी लाग्यो । त्यो दिन मेरो सबैभन्दा खुशीको क्षण थियो ।’

कलाकारिता क्षेत्र अहिलेसम्म बाँच्नका लागि मात्र पर्याप्त रहेको उनले बताए । ‘कलाकारिता क्षेत्र अहिले बाँच्नकै लागि मात्रै छ । तर कमाउनका लागि केही छैन जस्तो मलाई लाग्छ । मेरो श्रीमती घरमा सिलाई काम गर्छिन्, म भने कलाकारितामै व्यस्त,’ उनले भने, ‘आफूले जसरी जीवन गुजारेपनि छोराछोरीका लागि भने हामीले केही कुराको कमी गरेका छैनौं ।’

उनी सुर्खेतको बागिना समूहमा संगीत शिक्षकको रुपमा काम गर्दै आइरहेका छन् । करीब ४–४ वर्षदेखि उनी नियमित रुपमा त्यहाँ सिकाउन जाने गरेका छन् । उनले अब बाँकी जीवन कलाकारिता क्षेत्रमै बिताउने निर्णय गरिसकेका छन् ।

उनी भन्छन्, ‘मेरो पहिचान बाँसुरी हो । मलाई बाँसुरीले देशभर घुमाएको छ । रेडियो नेपालमा पनि बाँसुरी बाधकको रुपमा काम गर्ने अवसर मिल्यो । टेलिशृंखलामा पनि मेरो भूमिका बाँसुरीमा नै हुन्थ्यो । म आजीवन बाँसुरीमा नै रमाउन चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x