चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
बुटवल – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा जन्मेका चिनक कुर्मी स्थानीय क्षेत्रको परिचित नाम हो । २०४८ सालबाट तत्कालीन नेकपा एमालेको पार्टी सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका कुर्मी अहिले नयाँ शक्ति नेपाल पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम नवलपरासी इन्चार्ज रुपमा क्रियाशील छन् ।
२०५४ सालमा नेकपा माओवादी पार्टीबाट भूमिगत राजनीति गरेका कुर्मीले २०५९ सालमा नवलपरासी जनसरकार प्रमुखको रुपमा पनि काम गरे ।
२०६४ सालमा नवलपरासी–४ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । सोही बेला संसदको राज्य व्यवस्था समिति र प्राकृतिक स्रोतसाधन बाँडफाँड समितिमा बसेर काम गरे ।
२०४८ सालदेखि निरन्तर राजनीतिका सक्रिय कुर्मीसँग पछिल्लो नेपालको राजनीतिक अवस्था, नयाँशक्ति पार्टीको भूमिका, सम्भावना र संविधानमा जनजाति, महिला, पिछडिएको वर्गको अन्तरसम्बन्ध लगायत विषयमा लोकान्तरकर्मी प्रकाश आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
अहिले तपाई नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालयमा हुनुहुन्छ । नयाँ शक्ति पार्टी अहिले कसरी अगाडि बढेको छ ?
– हामीले केन्द्रमा ‘पाँच महिना, पाँच काम, पाँच परिमाण’ भन्ने नीति लिएर काम गरेका छौं । केन्द्र, प्रदेश र जिल्लामा पनि यसै गरी काम भइरहेको छ । पाँच नम्बर प्रदेशमा पार्टी स्थापनाकालदेखि संगठन राम्रो छ ।
बुटवलमा प्रदेश कार्यालय छ । पार्टी कार्यालय स्थापना गर्नुका साथै संगठनको पूरा संरचना खडा अन्तिम चरणमा छ । अब हामीले वडा तहसम्म संगठन निर्माण गर्दै काम गर्ने पक्षमा छौं । मेरो ध्यान पनि केन्द्रको नीति र निर्देशनसँगै मूलतः संगठन निर्माणमा केन्द्रित हुन्छ । अर्कोतिर अन्य कामभन्दा वडा तल पार्टीको कमिटी गठन गर्ने, जनवर्गीय संगठन र भ्रातृ संगठनहरुको विस्तारमा जोड दिने छु । यो महिनामा ठाउँठाउँमा दौडाहा अभियान नै सञ्चालन गरिन्छ । तसर्थ मेरोभन्दा प्रदेश समितिको सल्लाह, सुझाव र आवश्यकतालाई आधार बनाएर काम अगाडि बढाउँदै जाने हो ।
प्रदेशमा नयाँ शक्ति पार्टीको सांगठनिक अवस्था ठीकै हो । चुनावको परिमाण हेर्दा पनि हाम्रो सक्रिय सहभागिता भएको देखिन्छ । नवलपरासी जिल्लामा पनि यस्तै गरी काम भइहरेको छ । नयाँ सदस्यता वितरणमा हामी विभिन्न गाउँहरूमा पुगेका छौं ।
संगठन विस्तार अर्थात् निर्माणको काम कसरी भइरहेको छ ?
– मेरो लडाइँ निन्न वर्गका जनताको लागि हो । त्यो पूरा गर्नको लागि अहिले नयाँ शक्तिले लिएका विकल्पको राजनीति नै हो । तर पहिला हाम्रो संगठन बलियो बनाउँदा अभियान पूरा हुन्छ । हाम्रो संगठन सुधारका लागि सदस्यता विस्तारको अभियान सञ्चालन जारी छ ।
विगतमा निर्वाचनमा हाम्रो वार्ड, नगर हुँदै क्षेत्रसम्म एक प्रकारको संगठनको संरचना रहेको थियो । अहिले हामी पार्टी सदस्यता विस्तार र संगठन निर्माणमा लागेका छौं । संरचनागत रुपमा हेर्दा पार्टी सदस्यहरू वडा, गाउँपालिका हुँदै नगर कमिटी तहसम्म तयार भएका छन् । हामीले आगामी दिन अधिवेशन गर्नको लागि सदस्यता अभियान वडा तहबाट शुरू गरेका छौं । अधिकांश ठाउँमा त्यो काम सम्पन्न भएको छ ।
नेताहरू नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी छ भन्छन् । तपाईहरू चाहिँ अझै पूरा अधिकार महिला, आदिवासी जनजातिको भएन भन्नुहुन्छ, किन ?
– नेपालमा सविधान जारी भएको त्यो हाम्रो पार्टीले पनि आंशिक स्वागत गरेको हो । हाम्रो मान्यता अहिले सामाजिक अन्तरविरोध देखिएका छन् । संविधान घोषणा भएपनि जनताबीच अन्तरविरोध छ । पुरानो र नयाँबीचको अन्तर हो ।
समावेशी लोकतन्त्रको कुरा, शिक्षा र स्वास्थ्यको कुरा आएको छ । तर व्यवहारमा लागू हुने गरी आएको छैन । त्यो समाधान गर्ने विधि नहुदाँसम्म जनता खुशी हुँदैनन् । अरु पार्टीबाट पनि जनता खुशी छैनन्, निराश छन् । अरु पार्टी ठूला बने र तर जनता खुशी देखिँदैनन् ।
हामीले सबैलाई समान रुपमा लैजानको लागि वैकल्पिक धारको बहस ल्याएका छौं । जनताको समस्या हल गर्नको ल्याएको वैकल्पिक धार हो । हामीले समुन्नत समाजवाद ल्याएको छौं ।
जनताले तपाईको पार्टीबाट के आशा गर्ने त ?
– हाम्रो पार्टीसँग जोडिने दुईवटा कारण छन् । पहिलो समृद्धिको नारा छ । अर्को व्यक्तिलाई समृद्धि, राष्ट्रलाई समृद्धि बनाउने हो । अर्को चाहिँ सुशासन र सदाचार नै हो । हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्न चाहन्छौं । नयाँपिढीलाई सुशासन चाहिन्छ । अबको ५ वर्षपछि समाज सदाचार बन्नुपर्छ ।
नयाँ पुस्ताले पनि त्यहीँ चाहन्छ । हामीले नयाँ पुस्ताको हितको लागि राम्रो समाज निर्माण गर्ने काम गर्दछौं । अहिले युवा कांग्रेसको नेता छ, एमालेको कुन नेता छ भन्ने थाहा छैन, उनीहरू त समाजमा भएका बेथिति रोक्न चाहन्छन् । समाजमा रहेका बेथितिलाई नियन्त्रण गर्नका लागि हाम्रो पार्टी लागेको छ । एउटा विधिको विकास गर्नको लागि हामी लागेका छौं । विधि स्थापित भएपछि मात्र समुन्नत समाज निर्माण हुन्छ ।
मुलुकमा ३ तहको सरकार छ । यसलाई नयाँ शक्तिले कसरी हेरेको छ ?
– मुलुकमा ओली सरकारले जनतालाई राहत हुने काम गरेको छैन । व्यापार घाटा छ । अन्य काम पनि यस्तै छन् । हालै तथ्यांकमा ५ नम्बर प्रदेशमा भ्रष्टाचार वृद्धि भएको तथ्य आएको थियो । प्रदेश सरकारले के काम गरेको छ जनतालाई थाहा छैन ।
प्रदेश सरकार छ कि छैन ? कुनै काम देखिँदैन । जनताले प्रदेश सरकारले गरेका कामको केही प्रत्याभूति पाएका छैनन् । कम्तिमा ५ नम्बर प्रदेशमा आगामी ५ वर्षपछि उद्योग कस्तो बन्ने, पर्यटनमा कस्तो बन्ने, विकास निर्माण के बन्ने आदि योजनाको काम त गर्न सकिन्थ्यो । तर त्यो केही पनि भएको छैन ।
तलब भत्ता खाने मात्र काम मन्त्री र सांसदले गरेका छन् । प्रदेश सरकार र स्थानीय तहले जनतालाई आश गर्ने स्पष्ट योजना दिएका छैनन् । प्रदेश सरकारले यसरी काम गर्दा अझै आश गर्ने ठाउँ छैन । अब प्रदेश सरकार गठन भएको १ वर्ष पुग्दैछ । तर खै जनताले प्रदेश सरकारले हामीलाई यो राहत दियो भन्ने आधार कहाँ छन् ? सरकारीको नीति समन्नुत समाजवादको आउनुपर्छ त्यो आएको छैन ।
नेपालमा आर्थिक नीति २–४ जना मात्र धनी बन्ने अरु गरीब बन्ने अनि राष्ट्र पनि गरीब बन्ने देखिन्छ । त्यो रोक्नुपर्छ । सबै धनी बन्ने नीति र राष्ट्रलाई पनि धनी बनाउने नीति ल्याउनुपर्छ ।
अन्त्यमा केही भन्नुपर्ने छ ?
– आन्दोलन गर्न पनि वास्तविक रुपमा संगठन चाहिन्छ । २ वटा चुनावमा सानो पार्टी भएपनि अनुभव केही बटुलेका छौं । पहिलो काम संगठन निर्माण, दोस्रो काम राजनीतिक धु्रवीकरण र तेस्रोमा सामाजिक आन्दोलनलाई प्राथमिकता दिएका छौं ।
केन्द्रले मध्यपहाडी जिल्लामा लोकमार्ग अभियान चलाएको छ । जहाँ बाबुराम भट्टराईसहित नेता सहभागी रहनुभएको छ । हामीले समाजको भौतिक विकाससँगै मानव विकासलाई पनि सँगै लैजानुपर्छ । त्यसलाई बुझ्ने र जनतासँग साक्षात्कर हुने पनि हो ।
तसर्थ, समुन्त समाज निमार्णको लागि नयाँ शक्ति पार्टीलाई युवा, उद्योगी सबै विश्वास गर्ने वातावरण पार्टीले बनाउँदैछ । त्यसमा सबैको साथ चाहिन्छ ।
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...