×

NMB BANK
NIC ASIA

युट्युबरहरूबाट दिक्क स्वस्तिमा, भन्छिन्- सूटिङमा एसिस्टेन्टदेखि स्पटब्वाइसम्मको च्यानल !

माघ २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले पछिल्लो समय पत्रकारिता पेशामा विकृति भित्रिएको अनुभव आफूले गरेको बताएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिबार चलचित्र ‘बुलबुल’को गीत रिलिज कार्यक्रममा पछिल्लो समय एउटा बूम र क्यामेरा बोकेको भरमा आफूलाई पत्रकार भन्नेहरूको जमात बढेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जो ‘इथिकल्ली’ काम गरिरहनुभएको छ, उहाँहरूलाई भन्न खाजेको होइन, जो ‘अनइथिकल’ रूपमा एउटा बूम र क्यामेराको भरमा पत्रकार भनेर हिडिँरहनुभएको छ, उहाँहरूलाई मात्र भन्न खोजेको हो,’ सञ्चारकर्मीमाझ स्वस्तिमाले भनिन्- ‘त्यो कामले त तपाईंहरूलाई पनि काम गर्न गाह्रो परिरहेको होला नि !’


Advertisment
Nabil box
Kumari

उनले चलचित्रको सूटिङ सेटमा समेत व्यक्तिपिच्छे युट्युब च्यानल हुने गरेको बताइन् ।

Vianet communication
Laxmi Bank

‘हिजोमात्रै म एउटा चलचित्रको छायांकन सकेर आएँ, त्यहाँ चिफ एसिस्टेन्ट, प्रोडक्सनको व्यक्तिदेखि चिया लिएर आउने स्पटब्वाइसम्मको युट्युब च्यानल रहेछ,’ उनले सुनाइन्, 'त्यहाँ म जिस्किँदा पत्रकारमाथि हातपात होइन है भन्नुभयो, त्यो बेला मैले बुझें ए त्यस्तो पनि रहेछ ।’

त्यो देखेर आफूलाई नरमाइलो लागेको उनले बताइन् । बूम र क्यामेराको भरमा 'पत्रकार हुँ' भन्दै हिँडनेहरूले गर्दा सच्चा पत्रकारलाई काम गर्न गाह्रो हुने उनको बुझाइ छ ।

‘मैले पत्रकारिता होइन ‘अन इथिकल’ पत्रकारितामाथि प्रश्न गरेको हो,’ स्वस्तिमाले भनिन्, ‘त्यसले कलाकारसँगै पत्रकारलाई पनि असर गर्छ ।’

केही दिनअघि अभिनेत्री आँचल शर्माले युट्युब च्यानलमा अन्तर्वार्ता नदिँदा माफी मागेको प्रसंगमा स्वस्तिमालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x