×

NMB BANK
NIC ASIA

सुनसान हल, फिल्ममा एक सातामै डुब्न सक्छ करोड !

निर्माता भन्छन् – ‘माउथ पब्लिसिटी बढ्दो छ’

माघ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - नेपाली फिल्मको लगानी करोडमा पुगिसकेको छ । केही अपवाद बाहेक करोड घटीमा फिल्म निर्माण हुनै छाडिसकेको छ । कलाकारहरूको पारिश्रमिक पनि बढेको बढ्यै छ । तर फिल्मको व्यापार भने निराशाजनक रहेको छ । यसको प्रत्यक्ष अवलोकनका लागि फिल्म हल पुग्दा हुन्छ । 

Muktinath Bank

यो साता हलमा तीन नेपाली फिल्म प्रदर्शनरत छन् । ‘गोपी’, ‘सय कडा १०’ र ‘रणवीर’ गत शुक्रवारबाट प्रदर्शनमा आएका फिल्म हुन् । तर फिल्म हेर्न हलमा दर्शकको उपस्थिति नगण्य छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हलमा झिंगा धपाउँदै बस्न बाध्य


Advertisment
Nabil box
Kumari

हल सञ्चालक तथा कर्मचारीहरू भन्छन् — ‘दर्शक नआएर बिजोग छ ।’ यसरी हलमा दर्शक नभएको दुई महिनाभन्दा बढी भइसकेको उनीहरू बताउँछन् । 

Vianet communication
Laxmi Bank

हल सञ्चालक तथा वितरक गोपालकाजी कायस्थले त फेसबूकमा स्टाटस नै लेखेर हलमा दर्शनको संख्या शून्य रहेको जानकारी दिए । काठमाडौं जडीबुटीमा रहेको पुष्पाञ्जली हलका सञ्चालक गोपालले हलमा दर्शक नहुँदा झिंगा धपाउँदै बस्नुपरेको स्टाटस लेखेका छन् । ‘स्टाटस नै लेख्नुभएको थियो । त्यस्तै अवस्था आएको हो त ?’ लोकान्तरको प्रश्नमा उनले भने, — ‘अवस्था त्यसभन्दा बढी नै विडम्बनापूर्ण छ । हल पूरै सुनसान छ ।’  

यता गोपीकृष्ण मुभिज चावहिलका व्यवस्थापक तीर्थ पौडेल हल क्षमताको १० प्रतिशत मात्र दर्शक आउने गरेको बताउँछन् । ‘अहिले त एकदमै बिजोग छ,’ उनले लोकान्तरसँग भने, ‘यहाँ मात्र होइन, देशभरकै हलमा दर्शक छैनन् ।’
यता गुण सिनेमा प्रा.लि.का म्यानेजर महेश किजु पनि एक शोमा ६÷७ जना मात्र दर्शक रहेको बताउँछन् ।

किन आएनन् दर्शक?

अहिले हल सुनसान हुँदा दर्शक कहाँ गए भन्ने चर्चा शुरू भएको छ । 

गोपीकृष्णका म्यानेजर तीर्थ पुस÷माघ महिना एक त फिल्मको सिजन नरहेको, दोस्रो दर्शकमाझ छाप छाड्ने फिल्म अहिले प्रदर्शनमा नआएकाले हल सुनसान बनेको बताउँछन् । 

यता हल सञ्चालक तथा वितरक गोपालकाजीको तर्क पनि तीर्थकैसँग मिल्दोजुल्दो छ । उनी भन्छन् — ‘एक त यस समयलाई फिल्मको सिजन मानिँदैन । अर्को, दर्शकलाई छाप छाड्न सक्ने राम्रो कथाको फिल्म प्रदर्शनमा नआउनु नै मुख्य कारण हो । त्यसमाथि नराम्रो फिल्म आइरहेको समयमा राम्रो फिल्म आउँदा पनि दर्शक हल आएका छैनन् ।’ फिल्म जुध्दा पनि दर्शक बाँडिएको गोपाल बताउँछन् । 

‘माउथ पब्लिसिटी बढ्दो छ’

सातामा दुई/तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउनु नौलो कुरा त हैन । हलमा दर्शक नआएको यसरी चर्चा गरिनु पनि आवश्यक थिएन यदि अहिले चलिरहेको फिल्मको चर्चा नभएको भए । 
माघ ११ गते पनि तीनवटै फिल्म प्रदर्शनमा आएका थिए, प्रचारप्रसारविना नै । 

तर गत शुक्रबार अर्थात् माघ १८ गतेबाट प्रदर्शनमा आएका तीन फिल्मको भने पहिल्यैदेखि फिल्मकर्मी तथा मिडियाकर्मीमा एक किसिमको बहस थियो । अनि दर्शकमाझ पनि यिनीहरूको चर्चा र परिचर्चा थियो । 
चासो, चर्चा र परिचर्चा हुनुका पनि विभिन्न कारण थिए् । 

‘गोपी’ कथा, कलाकार, निर्देशक, निर्माताका कारण चर्चामा थियो । 

त्यस्तै ‘सय कडा १०’ प्रसिद्ध हास्यकलाकार मनोज गजुरेलको डेब्यू चलचित्र, भ्रष्टाचारको कथा तथा कलाकार आदिका कारण चर्चामा थियो । 

त्यस्तै ‘रणवीर’को चर्चा पनि कम थिएन । दक्षिण भारतीय शैलीमा बनेको चलचित्र एक्सन, कलाकार, निर्देशक लगायतका कारण चर्चामा थियो । 

यी चलचित्रलाई विशेष शो तथा प्रिमियरमा रुचाइएको पनि थियो । 

तर विडम्बना भन्नुपर्छ, हलमा दर्शक आइदिएनन् । फिल्मका निर्माता व्यापार सन्तोषजनक नरहेको स्वीकार्दै आफ्नो फिल्मको माउथ पब्लिसिटी भने बढिरहेको बताउँछन् । 
‘रणवीर’का निर्माण दीपेन्द्र रेग्मी फिल्मलाई दर्शकले रुचाएको बताउँछन् । 

‘अपेक्षा गरेअनुसार फिल्मले व्यापार गरिरहेको छैन,’ उनी भन्छन् – ‘हेरेका दर्शकले फिल्म रुचाउनुभएको छ । माउथ पब्लिसिटी बढ्दो छ ।’ 

यता फिल्म ‘सय कडा १०’का कार्यकारी निर्माता तथा कलाकार राजाराम पौडेल पनि माउथ पब्लिसिटी बढिरहेको बताउँछन् । ‘हेरेकामध्ये सबैले राम्रो भन्नुभएको छ,’ राजाराम लोकान्तरसँग भन्छन्, ‘हलमा दर्शकहरू बढ्दै गएका छन् ।’ फिल्मले अपेक्षा अनुसारको व्यापार नगरेकोमा भने राजाराम चिन्तित देखिन्छन् । ‘प्रचारप्रसार पनि अलि कम भएको हो कि ? तीनवटा फिल्म एकसाथ प्रदर्शनमा आउँदा पनि दर्शक बाँडिएजस्तो लाग्छ,’ उनी भन्छन् । 

डुब्यो लगानी !

‘रणवीर’को लगानी ३ करोड सेरोफेरो छ । निर्माता दीपेन्द्र रेग्मीको भनाइलाई आधार मान्ने हो भने पब्लिटिसीसम्म आउँदा ३ करोड खर्च भएको छ । 

त्यस्तै सय कडा १० का कार्यकारी निर्माता राजारामका अनुसार फिल्ममा १ करोड ७० लाख लगानी भएको छ । 

यता ‘गोपी’को लगानी १ करोभन्दा माथि छ । यसरी तीन चलचित्रको लगानी जोड्दा ५ करोडभन्दा माथि हुन्छ । लगानी सुरक्षित गर्न १२ करोडको व्यापार गर्नुपर्ने हुन्छ । तर हलमा दर्शकको उपस्थिति हेर्ने हो भने यी फिल्मले नेपालबाट १० लाखको व्यापार गर्न पनि गाह्रो देखिन्छ । 

रिलिज भएको चार दिन मात्र भएको छ, अहिल्यै लगानी डुब्यो भन्न त नमिल्ला । तर हालसम्म हलमा दर्शकको न्यून उपस्थिति देख्दा लगानी बालुवामा पानीसरह परेको नै देखिन्छ । 

यसरी साता दिनमै फिल्ममा करोड रुपैयाँ डुबिरहेको देखिन्छ ।

यसवर्षको १० महिना बित्नै लाग्दा ८० भन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आएका छन् । त्यसमध्ये आधा दर्जन चलचित्र मात्र बक्स अफिसमा सफल मानिएका छन् । 

‘छक्का पञ्जा ३’ ले अहिलेसम्मकै सर्वाधिक कमाई गर्न सफल रह्यो । त्यस्तै ‘नाइँ नभन्नू ल ५’, ’जय भोले’ ‘इन्टु मिन्टु लण्डनमा’, ‘रामकहानी’, ‘चंगा चेट’ ‘प्रसाद’ लगायतका सीमित फिल्मले मात्र हलमा एक किसिमको माहोल ल्याए । अरूले जति गफ लगाएपनि पोस्टर र प्रचारको खर्च समेत उठाउन सकेनन् । 

यसरी एकपछि अर्को फिल्ममा करोडौं लगानी डुब्दासमेत फिल्म निर्माणमा कमी आउन सकिरहेको छैन, झन् बढिरहेको छ । 

अझ फिल्म डुबेपछि निर्माताहरू लगानी डुब्नुको अधिकांश दोष हलवालालाई दिन्छन् । फिल्ममा लगानी मात्रै गर्ने तर कन्टेन्टमा ध्यान नदिने प्रवृत्तिले एकपछि अर्को फिल्म डुब्दै गएका छन् । अझ डुबेपछि निर्माताहरू आफ्नो फिल्मले यति कमायो, उति कमायो भनेर झूटो चर्चा गर्न समेत पछि पर्दैनन् । 

अब यी फिल्महरूले कति कमाउने हुन् ? व्यापार जति नै गरेपनि त्यसको झूटो रिपोर्ट चाहिँ कति आउने हो कुन्नि ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x