×

NMB BANK
NIC ASIA

‘जानी नजानी’को कभर भिडियो बनाएर टीभी जित्ने अवसर

माघ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जानी नजानी’ले कभर भिडियो प्रतियोगीताको घोषणा गरेको छ । फिल्ममा समावेश पहिलो गीत ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतको कभर भिडियो घोषणा गरिएको हो । 

Muktinath Bank

अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यस गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यू नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ । 


Advertisment
Nabil box
Kumari

गीतको कभर भिडियो कम्तीमा एक मिनटको हुनुपर्नेछ । त्यसभन्दा माथि चार मिनेट सम्मको भएपनि  फरक नपर्ने निर्माता रोशनी केसीले बताईन् । ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टीभी, दोश्रो हुनेले रोवाकै फाईभ पोइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन्’ फिल्मका निर्देशक बसन्त अधिकारीले भने ।

Vianet communication
Laxmi Bank

भिडियो फागुन २० गतेभित्र   [email protected] मा पठाईसक्नुपर्ने निर्माण टिमले जनाएको छ । 

यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफूले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफूहरुसँग जोडिन सघाउने बताए ।

निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यू गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको निर्माण टिमको दाबी छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । 

फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x