×

NMB BANK
NIC ASIA

स्थानीय तहमा सेवाप्रवाह

उदाहरणीय बागमती नगरपालिका, जनप्रतिनिधिबीच मेलमिलापले सेवा प्रवाहमा छैन गुनासो

माघ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel
  • अजयकुमार मिश्र

जनकपुरधाम – आन्तरिक किचलो र विवादका कारण धेरैजसो स्थानीय तहको सेवाप्रवाह प्रभावित हुने गरेको छ । तर जनप्रतिनिधि र पदाधिकारीबीच मेलमिलाप भए सेवाप्रवाह प्रभावकारी हुनसक्ने उदाहरण बनेको छ सर्लाहीको बागमती नगरपालिका ।

Muktinath Bank

नगरपालिकाका प्रमुख (मेयर) भरत कुमार थापाको निःस्वार्थ भावसहितको नेतृत्वले नगरपालिकामा पदाधिकारीको जिम्मेवारी बाँडफाँड र कार्यसञ्चालन पद्धति प्रभावकारी देखिएको छ । जनप्रतिनिधि पाएको एक वर्षमा नगरपालिकाले विकासको गति पक्रेको छ भने पदाधिकारी समेत सन्तुष्ट छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यपालिकादेखि वडासम्म जिम्मेवारी बाँडफाँड


Advertisment
Nabil box
Kumari

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बागमती नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४ बमोजिम नगरपालिकामा जिम्मेवारी बाँडफाँड गर्ने गरिएको मेयर थापाले बताए । 

Vianet communication
Laxmi Bank

उचित जिम्मेवारी बाँडफाँड हुने भएकाले नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुने नगरेको वडा नम्बर ९ का वडाध्यक्ष रामबाबु दासले बताउँछन् । 

‘नगरपालिकामा मात्रै होइन, वडामा पनि खासै विवाद हुँदैन,’ उनले भने, ‘विवाद भए पनि वडा समितिका पदाधिकारी आफैं बसेर छलफल गरेर मिलाउँछौं ।’ वडामै समाधान हुन नसके मेयर र उपमेयरको समन्वयमा छलफल गरेर विवाद समाधान गर्ने गरिएको उनले बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष तीर्थ मोक्तानले वडा सदस्यलाई पालैपालो कार्यवाहकको जिम्मेवारी दिने गरिएको बताए । ‘पालैपालो जिम्मेवारी दिँदा सबै वडा सदस्यले कार्यवाहकको जिम्मेवारी पाउँछन्,’ उनले भने । वडाध्यक्ष मोक्तानले कार्यपालिकामा समेत सामाजिक विकास समिति र खेलकुद समितिमा संयोजकको जिम्मेवारी पाएका छन् । 

नगरपालिकाका सबै पदाधिकारीले मेलमिलापमा काम गर्ने गरेको वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर तामाङले बताए । ‘नगर प्रमुख वा उपप्रमुखले हामीलाई कुनै पनि किसिमको भेदभाव अहिलेसम्म गर्नुभएको छैन । पछि पनि यस्तै रहोस् भन्ने चाहन्छौं,’ उनले भने ।

वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर राईले कानूनी र व्यावहारिक समस्या आएमा विज्ञलाई बोलाएर समाधान खोज्ने गरिएको बताए । ‘ऐनअनुसार वडामा मासिक तीनवटा बैठक नियमित बस्छौं । केही अत्यावश्यक हुँदा आकस्मिक बैठक समेत बसेर सबै सल्लाह गर्छाैं,’ उनले भने, ‘वडामा हुने गरेको सम्पूर्ण खर्चको विवरण वडामा सार्वजनिक समेत गर्छौं ।’ 

वडा नम्बर ४ का वडाध्यक्ष कृष्णकुमार लामाले वडा सदस्यलाई पनि जिम्मेवारी बाँडफाँड गर्ने गरिएको बताए । ‘ज्येष्ठ नागरिकको परिचयपत्र वितरण गर्नुपर्ने काम होस् वा त्यो परिचयपत्र बनाउन फारम भर्ने कुरा होस्, ती सबै काममा वडा समितिका सदस्यलाई जिम्मेवारी दिने गरिएको छ,’ उनले भने । 

वडामा हुने योजना र कार्यक्रमबारे जानकारी दिन पनि टोलटोल र घरघरमा वडा सदस्यलाई नै पठाउने गरिएको उनले बताए । ‘कुनै वडा सदस्यलाई विद्यालयको निरीक्षण गर्ने जिम्मा दिइएको छ,’ उनले भने, ‘यसरी विभिन्न सामाजिक कामदेखि प्रशासनिक कामसम्म वडा समितिमा बाँडफाँड गरिएको छ ।’

वडा नम्बर ३ का वडाध्यक्ष तिलक मोक्तानले नगर कार्यपालिकाले दिएको काम गर्दै आएको बताए । ‘कार्यपालिकाले नगरको शिक्षा समितिको शाखा हेर्ने जिम्मेवारी दिएको छ,’ वडाध्यक्ष मोक्तानले भने, ‘आफू नगरको काम गर्न आउँदा वडा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन्छु ।’

कार्यपालिका सदस्य रूपक बम्जनलाई वडाका दुईवटा विद्यालय निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने अर्का वडा सदस्य सहदेव महतोलाई गाउँको सीमा विवाद, घर झगडामा समाधान खोज्ने जिम्मेवारी दिइएको उनले बताए । महिला सदस्यलाई विद्यालय निरीक्षणका साथसाथै सुकुम्बासीको समस्या हेर्न जिम्मेवारी दिएको उनले बताए । 

वडा नम्बर २ का अध्यक्ष ङेमा लामा पनि नगरपालिकाले दिएको जिम्मेवारीबाट सन्तुष्ट छन् । उनलाई कार्यपालिकाले सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी दिएको छ । वडा नम्बर १ का वडाध्यक्ष बद्रीसिंह पाख्रिनले कार्यपालिकामा उचित जिम्मेवारी बाँडफाँड गरिएको बताए । विवाद नरहेका कारण नगरपालिकामा विकासले गति लिएको उनको तर्क छ । ‘टोलटोलबाट आएको आम्दानीलाई वडाकै विकासमा खर्चिने गरिएको छ,’ उनले भने, ‘वडा समितिमा वडाका अगुवालाई समेत बोलाएर छलफल गर्दै प्राथमिकता निर्धारण गर्ने गरिएको छ ।’

रचनात्मक सेवाप्रवाह

कार्यपालिका सदस्य सन्तबहादुर विश्वकर्मा सामाजिक विकास समितिमा छन् । स्वास्थ्य सेवा हेर्ने जिम्मेवारी पाएका उनले प्रदेश नम्बर २ मै स्वास्थ्य क्षेत्रमा नयाँ कामको शुरूआत गरेको दाबी गरे । नगरपालिकाले हरेक गर्भवती महिलालाई शुभकामना कार्ड दिने गरेको छ ।

नगरपालिकाका जनप्रतिनिधि जिम्मेवारी बाँडफाँडको विवादमा नअल्झिएकाले रचनात्मक काममा सक्रिय देखिएका छन् । पहिलोपटक गर्भवती बनेर स्वास्थ्य चौकीमा जँचाउन आउने महिलालाई शुभकामना कार्ड दिने गरिएको छ । त्यो शुभकामना कार्डमा लेखिएको हुन्छ – ‘तपाईं गर्भवती हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । तपाईं र तपाईंको गर्भमा रहेको बच्चाको सुस्वास्थ्यको कामना गर्दै स्वास्थ्य संस्थाबाट निम्नलिखित सेवाहरू लिई आफ्नो तथा गर्भमा रहेको बच्चालाई स्वस्थ राख्न हुन अनुरोध गर्दछौं ।’ गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, खोप लगाउनुपर्ने, स्याहारसुसार गर्ने र पोषणबारे जानकारी दिने गरिएको छ ।

नवदम्पतीलाई समेत विवाह दर्ता गर्न आउँदा शुभकामना कार्ड दिने गरिएको छ । कार्डमा लेखिएको हुन्छ – ‘नवदाम्पत्य जीवनको शुरूआत गर्नुभएकोमा यहाँहरू श्रीमान् र श्रीमतीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । तपाईं र तपाईंको परिवारको सुस्वास्थ्यको कामना गर्दै सदैव निरोगी रहन हुन अनुरोध गर्दछौं ।’ 

विवाह दर्ता गर्न आउने नवदम्पतीलाई कार्ड दिँदै गर्भ नचाहनेलाई परिवार नियोजनका साधन र पोषणबारे जानकारी दिने गरिएको विश्वकर्माले बताए ।

कर्मचारी अभावबीच अख्तियारी प्रत्यायोजन

नगरपालिकाका जनप्रतिनिधिमा मात्रै नभएर कर्मचारीमा समेत शाखा बनाएर कार्यविभाजन गरिएको छ । छुट्टाछुट्टै शाखालाई पूर्णरूपमा अख्तियारी प्रत्यायोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलले बताए । तर नगरपालिकामा समस्या पनि रहेको उनको भनाइ छ ।

‘समस्या नगरपालिकामा थुप्रै कर्मचारीहरूको आवश्यकता छ । तर सीमित कर्मचारीमा काम गर्नुपर्दा समस्या उत्पन्न भइरहेको छ,’ पोखरेलले भने, ‘कर्मचारी अभावका कारण धेरै फाँट सिर्जना नै गर्न सकिएको छैन । व्यावहारिक रूपमा कठिनाइ भए पनि त्यहीँ पाँचवटा जति शाखाबाट अन्य शाखाहरूको पनि काम भइरहेको छ ।’

नगरपालिकासँग ३ अर्ब रुपैयाँको कार्यक्रम र योजना रहेपनि बजेट २२ करोड मात्रै रहेको उनले बताए । नगरपालिकामा ६५ कर्मचारीको स्वीकृत दरबन्दी भएपनि १५ कर्मचारी मात्रै कार्यरत छन् । कर्मचारी अभाव भएकै कारण १२ वटा वडाको काम चारवटा संयुक्त वडा केन्द्रबाट काम गर्नुपरेको छ । 

कार्यसञ्चालन व्यवस्थित गर्न कानून निर्माण

नगरपालिकाका कामलाई कानूनी र व्यवस्थित रूपमा सञ्चालन गर्न नगरसभाबाट १० वटा कानून निर्माण गरिएका छन् । नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, बागमती नगरपालिकाका नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्रीवितरण सम्बन्धी वार्षिक कार्ययोजना, न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन निर्माण गरिएका छन् ।

नगरपालिकाको सहकारी ऐन, विनियोजन ऐन, आर्थिक ऐन, शिक्षा सम्बन्धी तत्काल कार्यसम्पादन गर्न कार्यविधि निर्माण गरिएका छन् । ‘घ’ वर्ग निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, बागमती नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि लगायतका विभिन्न महत्त्वपूर्ण कानून बनेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘कानूनहरू बनेर नगरपालिकाको राजपत्रमा समेत प्रकाशित भइसकेको छ । त्यही कानूनअनुसार काम सञ्चालन हुने गरेको छ ।’ नगरपालिकाका सबै जनप्रतिनिधिको सहभागितामा हुने नगरसभाबाट कानून निर्माण हुने गरेका छन् ।

विषयगत समितिको सक्रियता

नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन विभिन्न विषयगत समिति गठन गरिएका छन् । कृष्णबहादुर महराको संयोजकत्वमा खड्गबहादुर राई र दुर्गाबहादुर हेञ्जन सदस्य रहने अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ ।

तिलक मोक्तान संयोजकत्वमा सुनिता रोक्का सार्की र पूर्णबहादुर विश्वकर्मा सदस्य रहने गरी सार्वजनिक सेवा तथा क्षमता विकास समिति गठन गरिएको छ । प्रदीप आचार्यको संयोजकत्वमा विष्णु कर्माचार्य र दुर्गा हेन्जन सदस्य रहने गरी आर्थिक विकास समिति गठन गरिएको छ ।

गेमा लामाको संयोजकत्वमा सन्तबहादुर विक र तिलक मोक्तान सदस्य रहने गरी सामाजिक विकास समिति गठन गरिएको छ । ओम श्रेष्ठको संयोजकत्वमा प्रदीप आचार्य र गम्भीरसिंह पाख्रिन सदस्य रहेको पूर्वाधार विकास समिति गठन गरिएको छ । गम्भीरसिंह पाख्रिनको संयोजकत्वमा हिरामाया लोप्चन सदस्य रहेको वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

कृष्ण लामा संयोजकत्वमा मानबहादुर तामाङ र जुगैर कादिर सदस्य रहेको विधेयक समिति बनेको छ । नगरपालिकाबाट सञ्चालित योजनाको अनुगमन गरी रायसल्लाह र सुझाव दिन उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा प्रमुख, सम्बन्धित वडाको वडाध्यक्ष र प्राविधिक शाखा प्रमुख सदस्य रहने गरी अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ । 

विभिन्न समिति गठन गरी पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेर कार्यसञ्चालन गरिएको मेयर थापाले बताए । ‘योजना तर्जुमा र सम्झौतादेखि तोकिएका अन्य कामहरूको अख्तियारी कर्मचारीलाई समेत प्रदान गरिएको छ,’ उनले भने । 

जनसहभागितामूलक विकास र सेवाप्रवाह

विकास निर्माणका काम प्रायः सबै उपभोक्ता समितिमार्फत हुने गरेका छन् । उपभोक्ता समितिबाट हुने गरेको कामको सार्वजनिक परीक्षण समुदायमै गर्ने गरिएको छ । प्रत्येक वडामा महिला समूह गठन गरेर समूहलाई सहकारीमा परिणत गरिएको छ ।

नगरपालिका संरक्षक रहने गरी बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर महिला समूहलाई क्रियाशील बनाइएको छ । महिला समूह गठन गर्दा दलित, आदिवासी जनजाति समुदायको पनि सहभागिता रहने गरेको छ ।

सामाजिक सुरक्षाको भत्ता वितरण बैंक अभावमा गाउँगाउँमै पुगेर गर्ने गरिएको छ । प्रत्येक ४ महिनामा भत्ता रकम वितरण गर्ने गरिएको छ । ‘नगरपालिकामा भर्खरै एउटा बैंक आएका कारण सहकारी संस्थामार्फत नै भत्ता वितरण गर्ने सोच बनाएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘हाम्रै महिला समूहको सहकारी बहुउद्देश्यीय रहेकाले त्यहीँ बचत तथा ऋण सहकारीमार्फत सामाजिक सुरक्षाको भत्ता समेत वितरण गर्ने तयारी गरिरहेका छौं ।’ 

नगरपालिकाको न्यायिक समितिले सेवाग्राहीको माग अनुसार सेवाप्रवाह गर्ने गरेको उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् । ‘सेवाग्राही आउँदा निवेदन पनि लेख्न नसक्ने स्थितिमा न्यायिक समितिको सदस्यलाई निवेदन लेख्न लगाउने गरेकी छु,’ उपप्रमुख मोक्तानले भनिन्, ‘नगरपालिकाको सूचीकृत मेलमिलापकर्तामार्फत समस्या समाधान गर्न लगाउने गरेका छौं ।’ 

मेयरले तलबभत्ता नलिने, जनतालाई दिने

नगरप्रमुख थापाले सरकारबाट मिल्ने सेवासुविधा नलिने र भत्ता बापतको रकम अतिविपन्न दलित, असहाय, बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गर्ने निर्णय गरेका छन् । निर्णयलाई उनले कार्यान्वयन गर्दै आएका छन् । प्रदेश नम्बर २ को प्रदेश सभाले नगरपालिकाको प्रत्येक बैठकमा प्रतिबैठक १ हजार ५ सय रुपैयाँ भत्ता तोकेको भएपनि नगरपालिकामा २ सय रुपैयाँभन्दा बढी कुनै पनि पदाधिकारीले भत्ता नलिने निर्णय गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘हाम्रो नगरपालिकामा नगरप्रमुख थापाज्यूले तलब र भत्ता लिनुभएको छैन । अन्य पदाधिकारीले पनि बैठकभत्ता लिने गर्नुभएको छैन । सबै रकम जनताको सेवामा खर्च हुने गरेको छ ।’

नगरपालिकाले सुत्केरी पोषण भत्ताबापत छोरी जन्मिए ५ हजार रुपैयाँ र छोरा जन्मिए ३ हजार रुपैयाँ दिने गरेको छ । छोरा जन्मिए सबैले राम्रो तरिकाले स्याहारसुसार गर्ने र पोषणका तत्त्व दिने तर छोरी जन्मिए भेदभाव गर्ने हुनाले छोरीलाई पोषिलो खानेकुरा खुवाउलान् भन्ने सोचेर बढी पोषणभत्ता दिने गरेको प्रमुख थापाले बताए ।

नगरपालिकाले सुत्केरी गाई र भैंसीलाई १–१ हजार रुपैयाँ भत्ता दिने गरेको छ । पशुबीमा गर्न समेत अनुदान दिने गरिएको प्रमुख थापाले बताए ।

नगरपालिकाले दीर्घरोगीको उपचारमा लाग्ने औषधिमा ५० प्रतिशत रकम अनुदान दिने गरेको छ । मुटुरोग, क्यान्सर, मधुमेह, रक्तचापको उपचार गर्न लाग्ने गरेको औषधिमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिने गरेको छ । 

खुद्रे योजनाभन्दा ठूलालाई प्राथमिकता

नगरपालिकाले विकास निर्माण कामका लागि स–साना खुद्रे योजनाभन्दा ठूला योजनालाई प्राथमिकतामा राख्ने गरेको छ । ठूला योजना सम्पन्न गर्न वडास्तरीय योजना नबनाई नगरस्तरीय योजना बनाइएका छन् । वडालाई बजेट नै छुट्ट्याइएको छैन ।

नगरपालिकाका विभिन्न वडामा जोडेर १ सय ७० किलोमिटर पक्की सडक बनाउने आधार तयार गरिएको छ । प्रमुख थापाले भने, ‘हामीले सडक सञ्जाल जोड्ने कामतर्फ ध्यान दिएका छौं । अहिले ग्राभेलको काम सम्पन्न भइसकेको छ, अब पिच बनाउने काम शुरू गर्दैछौं ।’ चालू आर्थिक वर्षमा नगरपालिकामा २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको थापाले बताए ।

मेयरले गाडी नकिनेर पानी ट्यांकर किने 

नगरपालिकाका प्रमुख थापाले आफू चढ्न गाडी किनेका छैनन् । उनी प्रायः पैदल नै हिँड्ने गरेका छन् । कसैको मोटरसाइकलमा लिफ्ट मागेर कार्यालय आउने–जाने गरेका छन् ।

चुरे क्षेत्रमा भएको बस्तीमा खानेपानीको मुहान नै नभएपछि जनतालाई खानेपानीको धेरै समस्या थियो । नगरप्रमुख थापाले आफूले किन्ने गाडीको ठाउँमा २२ लाख रुपैयाँमा खानेपानीको ट्यांकर किने । त्यही ट्यांकरले अहिले प्रत्येक दिन बस्तीमै पुगेर निःशुल्क खानेपानी वितरण गर्दै आएको छ । ट्यांकरले करीब ५० घरका बासिन्दालाई खानेपानी वितरण गर्ने गरेको छ । 

उपप्रमुख मोक्तानले पनि गाडी सुविधा नलिएर अर्काको मोटरसाइकलमा लिफ्ट मागेर जनताको काम गर्न फील्डमा खटिने गरेको बताइन् । 

कृषि र शिक्षामा सुधार

जनप्रतिनिधि र पदाधिकारीबीच उचित जिम्मेवारी बाँडफाँड र मेलमिलाप हुँदा विभिन्न क्षेत्रमा सुधारका प्रयास भइरहेका छन् । नगर क्षेत्रमा कृषि र शिक्षामा समेत सुधार देखिएको छ ।

कृषिमा व्यावसायिकता दिन महिला कृषकको समूह गठन गरेर सहकारी दर्ता गरेका छन् । एउटा समूहमा ३० देखि ४० महिला किसानलाई राखिएको छ । नगरभर ३ सय ५० समूह बनाइएका छन् । समूहका लागि नगरपालिकाले १ महिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कृषि उत्पादन बढाउन र महिला समूहलाई सक्रिय बनाउन नगरपालिका नै लागेको छ । नगरपालिकाले महिला समूहलाई अनुदान दिन प्रदेश र संघीय सरकारमा प्रस्ताव समेत पेश गरेको छ ।

शिक्षामा सुधार गर्न नगरपालिकाले सामुदायिक विद्यालयमा मोन्टेसोरी कक्षा र अंग्रेजी माध्यममा पढाउने नीति लिएको छ । त्यसका लागि नगरपालिकाले शिक्षकलाई १ महिने तालिम समेत दिएको छ । ‘अंग्रेजी माध्यममा पढाइ शुरू गरेपछि निजी विद्यालयबाट पनि विद्यार्थी सामुदायिकमा आउने गरेका छन्, विद्यार्थी उल्लेख्य संख्यामा बढेका छन्,’ मेयर थापाले भने ।

‘सामुदायिक विद्यालयलाई साधनस्रोतको अभाव हुन दिएका छैनौं,’ प्रमुख थापाले भने, ‘समाजबाटै दाताको सहयोग लिएर आवश्यक साधनहरू फर्निचर, कम्प्युटर लगायत वितरण गरेका छौं ।’ सामुदायिक विद्यालयलाई मन्दिरजस्तै पवित्र बनाइएको उनले बताए ।

नगरपालिकाका ३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको समेत थालनी गरिएको छ । विद्यार्थीलाई सीपमूलक प्राविधिक शिक्षा दिएर रोजगारसँग जोड्न प्राविधिक शिक्षाको थालनी गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x