×

NMB BANK
NIC ASIA

एकनारायणका पाँच उत्कृष्ट गीत : आमाको यादले जन्माएकादेखि विदेश जान रोक्नेसम्म

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गीतकारको सम्पत्ति भनेकै गीत हो । गीत जन्माउन गीतकारको भूमिका महत्त्वपूर्ण हुने गर्छ । त्यसो त गीतकारलाई आफूले सिर्जना गरेका सबै गीत मन पर्छन् । राम्रा लाग्छन् । त्यो स्वभाविकै हो । लोकगीत तथा आधुनिक गीतका क्षेत्रमा एकनारायण भण्डारी नौलो नाम होइन । उनले नेपाली संगीतमा लगातार हिट दिइरहेका छन् । गीतकार तथा संगीतकार भण्डारीको रचना तथा संगीतमा ५ सयभन्दा बढी गीत बजारमा आइसकेका छन् ।

Muktinath Bank

लोकान्तरका लागि सुशील नेपालले गीतकार भण्डारीलाई प्रिय लाग्ने आफ्नै पाँच गीतबारे चासो राख्दा उनी एकछिन अलमलमा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा गीतकारले हरेक गीतमा मेहनत गरेको हुन्छ । गीतकारका लागि हरेक गीत आफ्ना सन्तान हुन्, उनले भने, ‘आमाबुवाले आफ्ना सन्तानमध्ये यो राम्रो यो नराम्रो छुट्याउन सक्छ र ?' तरपनि भण्डारीले सयौं गीतमध्ये चर्चा, व्यवसायिकता र मेहनतको आधारमा आफूलाई उत्कृष्ट लागेका पाँच गीतबारे सुनाए । 


Advertisment
Nabil box
Kumari

मूल हौ भने रसाइदेऊ

Vianet communication
Laxmi Bank

मलाई आधुनिकतिर चिनाउने पहिलो गीत हो मूल हौ भने रसाइदेउ । मेरो शब्दमा सुरेश अधिकारीको संगीत र हेमन्त शर्माको स्वर रहको यो गीत २०६१/०६२ सालतिर बजारमा आएको थियो । यो गीतलाई स्रोता तथा दर्शकले पनि अत्याधिक रुचाउनुभएको थियो । त्यसभन्दा अगाडि पनि आधा दर्जन आधुनिक गीत बजारमा आएपनि त्यति चर्चा पाएका थिएनन् । तर यस गीतले मलाई आधुनिक विधातिर वाच गरायो ।

आओ यादहरू आओ

आओ यादहरू आओबोलको गीत पनि २०६२/०६३ सालतिर बजारमा आएको हो । बजारमा कम चर्चा भएको तर मलाई असाध्यै मन पर्ने गीत हो यो । मेरो शब्द,सुरेश अधिकारीको संगीत,जगदीश समालको स्वरमा बजारमा आएको यो गीत मैले आफ्नै अनुभूतिमा लेखेको हुँ ।

म कलेज पढ्दै थिएँ । रातभर मलाई केही कुराको याद आयो । म यादमा हराइरहेँ । रातभर निदाउन सकिनँ । तर ४ बजेपछि याद नै आउन छाड्यो ।

बिहान ६ बजे कलेज जानुपर्ने । अझै २ घण्टा याद आइदिए कलेज नि जान पाइने । सुतेपछि बिहान उठ्न सकिने हो कि होइन् ? त्यही परिस्थितिमा मैले यादलाई बोलाउँदै लेखेँ– ‘आओ यादहरू आओ,म निदाएको छैन ।

यसअर्थमा आफ्नै अनुभूतिमा यादहरूलाई बोलाउँदै लेखेको गीत भएर यो मलाई असाध्यै प्रिय लाग्छ । 

आमाले घाँस काट्दै गर्दा

भिडियो नबनेको भएपनि मलाई खुबै मनपर्ने गीत हो- आमाले घाँस काट्दै गर्दा

मेरो शब्द/संगीतमा शिशिर योगीले यो गीत गाउनुभएको हो । गाउँबाट शहर आएर गरेको संघर्षदेखि सफल नहुँदासम्मको भाव गीतमा समेटिएको छ । यो गीत मैले आफ्नै कथा लेखेजस्तो लाग्छ ।

२०६२ सालतिर म काठमाडौंमा संघर्ष गर्दै थिएँ । मलाई काठमाडौं बस्दा आमाका याद आइरहन्थ्यो । भोक लाग्दा, बिसञ्चो हुँदा आमालाई सम्झन्थेँ ।

अहिले संघर्ष गर्दैछु,एकदिन सफल हुनेछु, यदि मेरो इतिहास कसैले लेखेनन् भने पनि यो मेरो इतिहास हुनेछ भनेर गीत लेखेँ । यो गीत अहिले पनि म सुनिरहन्छु । गुनगुनाइरहन्छु । मलाई यो गीत साह्रै प्रिय लाग्छ ।

सुपारी चाम्रो

सुपारी चाम्रो मेरो जीवनलाई नै परिवर्तन गरिदिने गीत हो । यस गीतमा मेरो शब्द/संगीतमा बिमलराज क्षेत्री र विष्णु माझीले स्वर दिनुभएको छ । भिडियोमा शंकर बिसी र सम्झना बुढाथोकीले अभिनय गर्नुभएको छ ।

२०६४ साततिर बजारमा आएको यो गीतले मलाई विदेशिन नदिई नेपालमै बस्ने वातावरण मिलाइदिएर आर्थिक रुपले पनि अलिकति सक्षम बनाइदियो । यो गीत आउनुभन्दा अगाडि पनि मेरो थुप्रै गीत हिट भएका थिए । तर कमाईको हिसाबले मलाई निकै गाह्रो थियो । म त नयाँ भएर पनि पैसा पाउन गाह्रो थियो ।

त्यसताका म निकै चिन्तित भएर विदेश जाने सोचसम्म बनेको थियो । अनि दुईवटा विकल्प देखेँ- कि आफ्नै कम्पनीबाट गीत ल्याउने कि विदेश जाने । म जिल्ला गएर विदेश जाने मनसायका साथ पासपोर्स बनाएर काठमाडौं आएँ । तर त्यसभन्दा अगाडि आफ्नै कम्पनीबाट एउटा गीत ल्याउने निधो गरेँ । 

गीत चले संगीतमै लाग्ने नत्र विदेशिने सोच बनाएँ । मेरो कम्पनी सितारा म्यूजिकबाट 'सुपारी चाम्रो' गीत सार्वजनिक भयो । गीतको चर्चा यति भयो कि एकदिन बिराएर एक हजारका दरले क्यासेट बिक्री भयो । मैले एक वर्षमा १ लाख बढी क्यासेट बिक्री गरेँ । आज म जहाँ छु यही गीतकै कारण छु । त्यसयता मलाई आर्थिक हिसाबले पनि कहिल्यै समस्या भएन । त्यसैले पनि मलाई यो संगीत करिअरकै सबैभन्दा बढी प्रिय र उत्कृष्ट लाग्छ ।

म बाँचेकै तिमीसँग माया लाउन हो 

म बाँचेकै तिमीसँग माया लाउन बोलको आधुनिक गीत भौतिकवाद र आध्यात्मिकसँग तुलना गर्दै लेखेको हुँ । गीतमा आशिष अविरलको संगीत तथा प्रमोद खरेलले स्वर दिनुभएको छ ।

यो गीत लेख्न मलाई खुबै आनन्द लागेको थियो । गीतमा निकै मार्मिक शब्दहरू समावेश गरिएको छ ।

२ वर्षअघि मात्रै सार्वजनिक भएको यो गीतलाई स्रोता दर्शकले पनि अत्याधिक रुचाउनुभयो । गीतले युट्युबमा डेढ करोड बढी भ्यूज पाइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x