कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं — आज संसारभरि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइँदैछ । प्रेमका लागि प्राणत्याग गर्ने सन्त भ्यालेन्टाइनको यादमा आज प्रेम दिवस मनाइँदैछ ।
हाम्रा धर्मग्रन्थहरूमा प्रेमका सुन्दर प्रसंगहरू भेटिन्छन् । तिनको तुलनामा अहिलेको प्रेम कस्तो होला, आफैं अनुमान गर्न सक्नुहुन्छ ।
शाल्व र अम्बा
महाभारतमा राजकुमार शाल्व र काशीकी राजकुमारी अम्बाको प्रेम प्रसंग आउँछ । उनीहरूले प्रेमको कठिन परीक्षा दिनुपरेको थियो । । दुवैजना एकअर्काको प्रेममा डुबेर जीवनसाथी बन्ने बनाउने कल्पना गरिरहेका थिए । तर विवाहभन्दा केही अघि गंगापुत्र भीष्म उनीहरूको जीवनमा प्रवेश गरे । भीष्मले स्वयंबरकै बीचमै अम्बा र उनका बहिनीहरूको अपहरण गरे । शाल्वले भीष्मसँग युद्ध त गरे तर हारे अनि अम्बाले हस्तिनापुर जानुपरेको थियो । अम्बाले भीष्मलाई आफू शाल्वको प्रेममा परेको बताएपछि उनले अम्बालाई शाल्वकहाँ पठाए । तर शाल्वले अम्बालाई अपनाएनन् । अनि अम्बा फर्केर भीष्मकहाँ आइन् र विवाह गर्न भनिन् । तर भीष्मले विवाह नगर्ने प्रतिज्ञा गरेकाले अम्बालाई निराश बनाए । अम्बा रिसाएर आफू भीष्मको मृत्युको कारण बन्ने बताइन् । उनले भगवान् शिवको तपस्या गरिन् अनि अर्को जन्ममा शिखण्डी बनेर महाभारतको युद्धमा भीष्मको मृत्युको कारण बनिन् ।
दुष्यन्त र शकुन्तला
हस्तिनापुरका राजा दुष्यन्त शिकार खेल्दै कण्व ऋषिको आश्रम पुगे । राजाले ऋषिलाई पुकार्दा ऋषि आएनन् किनकि उनी तीर्थाटनमा गएका थिए । आश्रमबाट कण्वकी पालिता छोरी शकुन्तला बाहिर आइन् । शकुन्तलाको रूप र यौवन देखेर दुष्यन्त मुग्ध भए । शकुन्तला आफ्नी आमा अप्सरा मेनका जस्तै सुन्दर थिइन् । शकुन्तलाले पनि दुष्यन्तलाई देखेर मोहित हुँदै विवाह प्रस्ताव स्वीकार गरिन् । दुष्यन्त केही समयपछि हस्तिनापुर फर्के अनि उनले शकुन्तलालाई पछि आएर राजकीय सम्मानका साथ राज्य लैजाने भन्दै तत्कालका लागि राजऔंठी लगाइदिए । तर शकुन्तलाले दुष्यन्तको यादमा दुर्वासा ऋषि आएको थाहा नपाएपछि ऋषिले श्राप दिएर औंठी हराइन् अनि दुष्यन्तले पनि उनलाई बिर्सिए । पीडामा परेकी शकुन्तलाको श्रपामोक्ष भएपछि औंठी दुष्यन्तले भेटे र शकुन्तलालाई खोज्न थाले । कश्यप ऋषिको आश्रममा दुवै प्रेमीको पुनर्मिलन भयो ।
अनिरुद्ध र ऊषा
भगवान् श्रीकृष्णका नाति अनिरुद्ध र वाणासुरकी छोरी ऊषाको प्रेमकथा पजि गजबको छ । ऊषाले एक रात सपनामा अनिरुद्धलाई देखिन् र सपनामै हृदय सुम्पिन् । उनकी मायावी सखी चित्रलेखाले अनिरुद्धको तस्वीर बनाइन् र उनी श्रीकृष्णको नाति भएको पनि बताइन् । अनि मायाद्वारा नै सखीले अनिरुद्धलाई ऊषाको शयनकक्षमा लगिन् । भोलिपल्ट अनिरुद्धका आँखा खुलेपछि परमसुन्दरी ऊषालाई देखेर प्रेम गर्न थाले । वाणासुरले अनिरुद्ध आफ्नी छोरीको कोठामा रहेको थाहा पाएपछि रिसाएर बन्दी बनाए । यसपछि भगवान् श्रीकृष्ण र वाणासुरका तर्फबाट भगवान् शिवबीच युद्ध भयो । युद्धमा पराजित भएर वाणासुरले अनिरुद्धको विवाह ऊषासँग गराइदिए ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...