×

NMB BANK
NIC ASIA

गल्ली बोय समीक्षा : टाइट कथा, उम्दा अभिनय

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्मको कथा मुम्बईको धारावीमा रहेको एक चालबाट शुरू हुन्छ । मुराद (रणवीर सिंह) गरीबी र सामाजिक बहिष्कार झेलिरहेको एक युवक हुन् । उनले  ठूलो र्‍यापर बन्ने सपना देखिरहेका छन् । 

Muktinath Bank

मुराद एक उत्साही युवती सैफीना (आलिया भट्ट) सँग प्रेम गर्छन् । मुरादको जिन्दगीमा परिवर्तन आउने घटना तब आउँछ जब उसले एमसी शेर अर्थात् श्रीकान्तलाई कलेजका केटाहरूसँग र्‍याप गरेको देख्छ । मुराद त्यसपछि श्रीकान्तसँग जोडिन्छ र दुवैले टीम बनाएर र्‍याप गर्छन् । मुरादको यस काममा उसका साथी र परिवारले साथ दिन्छ र ऊ ठूलो र्‍यापर बन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा एक लाइन छ जसमा एमसी शेर (सिद्धान्त चतुर्वेदी) भन्छ, ‘संसारमा सबै कुरा आरामदायी भए कसले र्‍याप गर्थ्यो र ?’ यो नै फिल्मको जिस्ट हो । 


Advertisment
Nabil box
Kumari

निर्देशक जोया अख्तरले सामान्य बस्तीमा बस्ने मुरादले गरीबीका बावजूद सपनालाई मर्न नदिएर गली बोय नामक प्रसिद्ध र्‍यापर बनेको कथा प्रस्तुत गरेकी छन् । फिल्ममा मुरादको यात्रा रोचक छ । 

Vianet communication
Laxmi Bank

फिल्म भारतवर्षीय दर्शकका लागि फरक किसिमको हुन सक्छ किनकि यस क्षेत्रमा र्‍यापको प्रचलन अत्यधिक छैन । तर तपाईंले र्‍यापसँग आफूलाई रिलेट गर्न सक्नुभएन भने पनि फिल्ममा अभिनेताहरूको कलाकारिता र कथाले तपाईंलाई बाँधेर राख्छ । 

फिल्ममा मुरादको पिता आफताब (विजय राज) सँग विचार मिल्दैन । पिताको भूमिका राम्रो बनाइएको छ । 

फिल्मको पटकथा रीमा कागती र जोयाले लेखेका हुन् । कथा टाइट छ । 

रणवीरले आफ्नो भूमिका निर्वाहका लागि राम्रो कोशिश गरेका छन् । उनी मुरादको भूमिकामा जमेका छन् । 

आलियाको कलाकारिता जहिले पनि उम्दा हुन्छ र यो फिल्ममा उनको भूमिका सानो भए पनि प्रभावित गराउन खालको छ । रणवीर र आलियाको क्युट केमिस्ट्रीले फिल्मका पात्रलाई नयाँ उचाइमा पुर्‍याएका छन् । 

पहिलो फिल्ममा नै सिद्धान्त चतुर्वेदीले लामो समयसम्म टिक्ने लक्षण देखाइसकेका छन् । विजय वर्मा, कल्कि केकला र विजय राज लगायतका कलाकारको भूमिका सानो भए पनि शानदार छ । 

फिल्मको संगीत हिट भइसकेको छ । यो वास्तविक जीवनका र्‍यापर नाइजी र डिभाइनबाट प्रेरित छ । फिल्मको पार्श्व संगीत र भिजुअलहरू उम्दा छन् । 

फिल्ममा देखाइएको र्‍याप ब्याटल गजबले लेखिएको छ । 

फिल्मको एउटै समस्या भनेको यो अलि लामो छ र साढे दुई घन्टासम्म जान्छ । तर चुस्त कथा र फिल्मका संवादहरूले दर्शकलाई बाँधेर राख्छन् । 

तपाईं रणवीर आलियाको प्रशंसक हुनुहुन्छ र उनीहरूको राम्रो अभिनयलाई छुटाउन चाहनुहुँदैन भने फिल्म अवश्य हेर्नुस् । र्‍याप संगीत मन पराउनुहुन्छ भने यो फिल्म तपाईंकै लागि हो ।

नवभारत टाइम्समा प्रकाशित रचित गुप्ताको समीक्षाको अनुवाद 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x