×

NMB BANK
NIC ASIA

जनकपुरधाम- भारतको गोवामा मस्ती गर्ने उद्देश्यले आफ्नै अपहरणको नाटक गरेर आमाबुबासँग फिरौतीको रकम माग्ने प्रहरीको फन्दामा परेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बेलौनीका राजकुमार शाह तथा रेखाकुमारी शाहकी १७ वर्षीय छोरा अजय कुमार शाहले नक्कली अपहरणको षड्यन्त्र गरेर आमाबुबासँग १५ लाख रुपैयाँ फिरौती मागेको घटनामा धनुषा प्रहरीले अजयसहित तीन जनालाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले शुक्रवार पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराएका छन् । ‘भारतको गोवा घुम्न जाने, मोजमस्ती गर्ने इच्छा भएको र त्यसका लागि आमाबाबुले पैसा नदिएपछि उनले आफैं अपहरित भएको षड्यन्त्र गरे,’ एसपी खनालले भने, ‘उनले काठमाडौं गएर आफ्ना साथीमार्फत आमालाई फोन गर्न लगाएर फिरौती माग्न लगाए ।’ गत माघ १५ गते बिहानै करीब १० बजेतिर साथीको 'बर्थ डे' पार्टी मनाउन जान्छु भनेर अजय घरबाट निस्केका थिए । त्यस दिनदेखि उनी घर फर्केनन् । यसअघि पनि अरू कसैको घर जाँदा उनी दुई तीन दिनसम्म नफर्कने बानी भएकाले परिवारका सदस्यले खासै चिन्ता लिएका थिएनन् । तर एक्कासी अपरिचित नम्बरबाट आएको फोनमार्फत छोरा अपरहणमा परेको र १५ लाख रुपैयाँ फिरौती मागिएपछि आमा रेखाले प्रहरीमा माघ २६ गते जाहेरी दर्ता गराएकी थिइन् ।     


Advertisment
Nabil box
Kumari

त्यसपछि घटनाको छानबिन जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष प्रहरी परिचालन गरेर घटनाको छानबिन गर्दै गयो । प्रहरीले उता आमालाई फिरौती रकम माग्नेसँग फोनमै बार्गिनङ गर्न लगाइरहे । १५ लाखको फिरौती ५ लाख रुपैयाँ दिनेमा टुंगियो । त्यसपछि माघ २८ गते फिरौतीको रकम लिन आएका जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बस्ने २० वर्षीय समसाद नदाफलाई प्रहरीले रंगे हात पक्राउ गर्न सफल भयो ।

Vianet communication
Laxmi Bank

‘त्यसपछि नदाफसँगको बयानको आधारमा फिरौती मागिरहेका अर्का व्यक्ति रौतहट गढ़ीमाई नगरपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय अरबिंद यादवलाई पनि पक्राउ गर्न सफल भयौं,’ एसपी खनालले भने, ‘दुवै जनासँग बयान लिँदा अजय आफैंले नक्कली अपहरणको षड्यन्त्र रचेको घटना खुलासा भयो ।’ अहिले तीनै जनालाई पक्राउ गरेर सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढ़ाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विगतमा काठमाडौं बस्दै आएका र कुलतमा फस्दै आएका व्यक्ति हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x