×

NMB BANK
NIC ASIA

दुईतिहाइको शक्तिशाली सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै त्यस्तो आलोचना 'मुलुकको समृद्धि नचाहनेहरूको निराधार हल्ला' रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार झन्डै १ घण्टा लामो सम्बोधनमा सरकारले १ वर्षमा गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरिरहँदा प्रधानमन्त्री ओलीले आफ्ना आलोचक, प्रतिपक्षी र यहाँसम्म कि आफ्नो पार्टीभित्र रहेको 'चुक्ली लगाउने प्रवृत्ति'को भण्डाफोर समेत गर्न भ्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलोचनारहित सरकार संसारमा कहीँ भेटिन्नन् । अझ लोकतान्त्रिक देशमा सरकार विरुद्ध आलोचनाको अभियान नै छेड्ने चलन छ । राजनीतिक रूपमा बुद्धिजीवी र विश्लेषकहरूले गर्ने आलोचना तर्कसम्मत् हुन्छ, कुनै 'बायस्ड' पनि हुन सक्ला तर सरकारको बिजनेस आलोचनाको प्रतिआलोचना गर्नु होइन । यो पनि सामान्य नै हो ।


Advertisment
Nabil box
Kumari

तर प्रधानमन्त्री ओलीले पार्टीभित्रै यताका कुरा उता र उताका कुरा यता लगाएर आफ्नो पोजिसन माथि पार्न खोज्ने 'चुक्ली प्रवृत्ति'माथि प्रहार गरेका छन् । जेठ ३ मा दुई अलग पार्टी एक भएर ठूलो पार्टी बनेको नेकपामा ९ महिनामै बिग्रह आउने गरी कसले भूमिका खेलेको होला ?

Vianet communication
Laxmi Bank

बोक्सी र जँड्याहाको प्रसंग 

राष्ट्रिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रममा बोल्दै ओलीले भने, ‘बाको कानमा गएर भन्ने, बा! आमा बोक्सी छन् । आमाको कानमा गएर भन्ने, आमा! बा जँड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने, बा! पत्याउनुहुन्न के गर्ने, तर आमा भरे मुख सुँघ्न आउँछिन् । आमाको कानमा गएर भन्ने तपाईं पत्याउनुहुन्न गएर मुख सुँघ्नुस् न कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन, तर बाउलाई पक्का हुन्छ कि मुख सुँघ्न आई, बोक्सी त रहिछ । यस्ता प्रयासहरू थुप्रो भएका छन्, तर प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन्, यहाँ त्यो कुनै चल्नेवाला छैन ।' 

प्रधानमन्त्री ओलीको यही भनाइ र शब्दहरू बिहीवार देशवासीका नाममा गरेको सम्बोधनमा दोहोरियो । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आफ्ना भाषणहरूमा 'बोक्सी'को सन्दर्भ घुसाउनु उपयुक्त होला कि नाई, अर्को बहसको विषय बन्न सक्छ । असान्दर्भिक, कानूनतः बर्जित र अन्धविश्वासलाई प्रश्रय दिने खालका वक्तव्यहरू प्रधानमन्त्रीको मुखबाट निस्कनु त्यति राम्रो होइन । नेपाली भाषामा बलियो पकड भएका प्रधानमन्त्री ओलीले कुनै उखान, कथा र सन्दर्भलाई आफ्नो सम्बोधनमा जोड्नु राम्रै हो तर यसमा भाषण र वक्तव्य लेख्दिने प्रधानमन्त्रीका सहयोगीहरूले शब्दहरू छानेर लेख्दिनुपर्छ । तर प्रश्न उठ्छ, बालाई जँड्याहा भन्ने र आमालाई बोक्सी भन्ने 'सन्तान'को भूमिका नेकपाभित्र कसले खेलिरहेको छ ?

को हो त्यो सन्तान ?

नेकपाका नेता भीम रावलले यसबारेमा कुनै टिप्पणी गर्न नचाहेको बताए । 'प्रधानमन्त्रीज्यूले कुन सन्दर्भमा त्यसो भन्नुभएको हो, उहाँलाई नै सोध्नुहोस्,' रावलले लोकान्तरसँग भने, 'स्वयं म पनि यसबारेमा अध्ययन गरिरहेको छु र अहिले कहीँ कतै टिप्पणी गरेको छैन ।'

पार्टीभित्र यताउता कुरा लगाउने र आफूलाई सर्वश्रेष्ठ बनाउने प्रवृत्ति रहेको तर आफूले पनि यसको अध्ययन गरिरहेको नेता रावलको आशय छ । रावल तिनै नेता हुन्, जसले मंसिरमा २ सातासम्म चलेको स्थायी कमिटी बैठकमा निरन्तर सरकार र पार्टीको आलोचना गरिरहे । रावल मात्र नभएर अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्त लगायतका नेताहरूले पार्टी र सरकारको कार्यशैली बेठिक रहेको भन्दै निरन्तर प्रतिक्रिया दिए । 

नेकपाका अर्का स्थायी कमिटी सदस्य मणि थापा पार्टीभित्र  दुवैतिर चुक्ली लगाउने प्रवृत्ति रहेको स्विकार्छन् । पार्टी एकता नचाहने शक्तिहरू पूर्वमाओवादी र पूर्वएमाले दुवै खेमामा रहेको थापाको टिप्पणी छ । 'सम्भवतः प्रधानमन्त्रीज्यूले पार्टी एकता नचाहेका शक्तिहरूलाई इंगित गरेको हुनुपर्छ,' थापाले लोकान्तरसँग भने, 'केही घटनामा प्रधानमन्त्रीज्यूलाई त्यस्तो लागेको हुनसक्छ । दुवै पक्षलाई एकअर्कालाई नराम्रो देखाएर आफूलाई पावरमा ल्याउने प्रवृत्तिको विरुद्धमा ओलीजी बोल्नुभएको हो ।' 

विवादको पृष्ठभूमि 

अध्यक्षद्वयको कार्यशैलीप्रति सबैभन्दा बढी असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल देखिएका छन् । सात प्रदेश नेतृत्व चयनमा सल्लाह नगरेको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेकोमा नेता नेपाल र अन्य केही नेताहरू सकारात्मक छैनन् । अध्यक्षद्वय विदेश जाँदा पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल सन्तुष्ट छैनन् । 

पार्टीभित्र सांगठानिक एकीकरणबाट शुरू भएको विवाद छुट्टै भेला बोलाउने अवस्था समेत सिर्जना भएको छ । गत असोजमा नेता नेपालले आफ्ना पक्षका नेताहरूलाई बोलाएर छुट्टै भेला आयोजना गरेका थिए । पार्टी एकीकरण र सरकार निर्माणताका अध्यक्ष ओलीको पक्षमा दह्रो अडान लिएका नेता नेपाल पछिल्लो समयमा सरकार र पार्टीको कार्यशैलीको तीव्र विरोधमा उत्रिएका छन् । 

ढिलो शुरू भएको कारण देखाएर गत मंसिरमा सचिवालय बैठक बहिष्कार गरेका नेता नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम आधारभूत रूपमा पार्टी सञ्चालनको कार्यशैलीप्रति रुष्ट छन् ।

त्यस्तै पार्टी एकताका लागि बाँकी रहेका कार्यभार पूरा गर्नका लागि गठन गरिएको कार्यदल पनि विवादमुक्त हुन सकेन । पुसभित्रै पार्टीको विधान, प्रदेश र स्थानीय कमिटी, जनवर्गीय संगठनको एकीकरण लगायत ११ वटा विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यादेश दिइएको कार्यदललाई स्वयं संयोजक रामबहादुर थापा 'बादल'ले वास्ता नगरेको आरोप कार्यदलकै सदस्यहरूले लगाउने गरेका छन् । 

पछिल्लो समयमा प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका प्रचण्डले पनि बेलाबेलामा आफ्ना असन्तुष्टिका स्वरहरू चर्को गरेर निकाल्ने गरेका छन् । शनिवार प्रचण्डले यस्तै कडा अभिव्यक्ति दिए,  ‘बिस्तारै-बिस्तारै अब माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाईं हुनसक्छ,’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो यो अभिव्यक्ति गत ३ जेठमा नेकपा एमालेसँग पार्टी एकता गरेपछिको सबैभन्दा कडा अभिव्यक्ति हो । प्रचण्डको अभिव्यक्ति सरकार लक्षित थियो भन्नेमा शंका छैन । 

'बोक्सी र जँड्याहाको प्रसंग ल्याएर प्रधानमन्त्री ओलीजीले पुसमा दुईसाता चलेको स्थायी कमिटी बैठकमा सरकार र पार्टीविरुद्ध उठेका आवाजलाई काउन्टर गरेको पनि हुनसक्छ,' नेकपाका एक नेता भन्छन्, 'पार्टीभित्र यस्ता पात्र र प्रवृत्तिको कमी छैन ।' 

पार्टीभित्र देखिएका उल्लेखित विवादहरू पृष्ठभूमिका रूपमा रहेका बेला प्रधानमन्त्री ओलीले उप्काएको 'जँड्याहा र बोक्सी'को सन्दर्भले पार्टीभित्र थप विवाद निम्त्याउने विषयमा कुनै शंका छैन । विवादमाथि थप विवाद सिर्जना हुने परिस्थितिले पार्टीको कार्यक्षमतामा असर त पर्छ नै सरकार पनि कमजोर बन्दै जाने पक्का छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x