×

NMB BANK
NIC ASIA

अपराध शृंखला

साढे २३ किलो अवैध सुनकाण्डमा सुरज : डीआईजीको ‘घुस उठाउने’ घुमुवादेखि सुन तस्करसम्म

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कञ्चनपुरमा २३ किलो ६ सय ग्राम सुन बरामद भएपछि नेपाल प्रहरीका जवान सुरज तिरुवा चर्चामा छन् । तिरुवाको घर र ससुरालीबाट सुन बरामद भएको हो ।

Muktinath Bank

कञ्चनपुरमा मात्रै २ दिनको अवधिमा प्रहरी नै जोडिएका व्यक्तिको घरमा २३ किलो अवैध सुन बरामद भएपछि थुप्रै सवाल पैदा भएका छन् । सुन तस्करीमा क–कसको हात छ ? कहाँबाट र कसरी आयो यति ठूलो परिमाणको सुन ? आमचासोको सवाल बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीवार कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका–२ दशरथबस्तीका स्थानीय शंकर भनिने भरत विकको घरमा जमिनमुनि लुकाइएको अवस्थामा १८ किलो सुन बरामद गर्यो । १२ घण्टा बित्न नपाउँदै प्रहरीले पुनः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका स्थानीय तथा प्रहरी जवान सुरज तिरुवाको घरगोठमा गाडिएको अवस्थामा ५ किलो ६ सय ग्राम सुन बरामद गर्यो । बिहीवार सुन भेटिएको घर तिरुवाको सुसुराली घर हो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले हाल सुरज र उनका दाजु लक्ष्मण तिरुवालाई नियन्त्रणमा लिएको छ । सुरजका दाजु लक्ष्मण भारतीय व्यापारीको सवारी चालकको रुपमा काम गर्दै आएका थिए । सुनकाण्डको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।

Vianet communication
Laxmi Bank

डीआईजीको ‘घुस उठाउने’ घुमुवा !

हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तिरुवा त्यसअघि लामो समयसम्म क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) मा क्रियाशील थिए । अपराध अनुसन्धानको नाममा उनीलगायत प्रहरीको टोलीले विभिन्न तस्कर र आपराधिक घटनामा संलग्न व्यक्तिबाट घुस रकम असुलेर क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बुझाउँदै आएको स्रोतको दाबी छ । 

सुदूरपश्चिमका दक्षिणी सीमा क्षेत्रमा हुने तस्करीबाट घुस उठाउने सिलसिलामा तिरुवा सुन तस्करहरूको सम्पर्कमा समेत पुगेको हुन सक्ने प्रहरी स्रोतको अनुमान छ । सुन तस्करको  सम्पर्कमा पुगेपछि आर्थिक प्रलोभनमा परेर तिरुवा सुन तस्करहरूलाई नै सघाउन थालेका बताइएको छ ।

आरआईटीका घुमुवाहरू यसअघि चोरीका मोटरसाइकल बिक्री प्रकरणमा समेत मुछिएका थिए । तर प्रहरी नेतृत्वको साथ पाएपछि उन्मुक्ति पाएको स्रोतले जनाएको छ । प्रहरीभित्रै कमिशनको विषयमा कुरा नमिलेपछि सुन तस्करी प्रकरण घटना बाहिर आएको जनाइएको छ ।

तिरुवासहित घुमुवाको टीम चोरीका मोटरसाइकल र चरेश तस्कारीमा समेत संलग्नता रहेको आरोप लगाइएको छ । ‘तिरुवा एउटा सानो प्रतिनिधि पात्र मात्रै हुन्, उनी लगायतको टोलीले प्रहरीको उच्च अधिकारीको ठाडो निर्देशनमा तस्कर र व्यापारीबाट पैसा असुलीको धन्दामा हिँड्ने गर्दथें,’ कञ्चनपुरका वाइसीएल नेता अर्जुन साउँदले भने, ‘१ वर्षअघि नै घुस असुल्ने घुमुवालाई कारवाहीको माग गरिएको थियो । त्यतिबेला कसैले सुनेनन् । अहिले सुनसहित पक्राउ परे ।’

चोरीका मोटरसाइकलमा संलग्नता

आरआईटी समूहले २०७४ जेठ ४ गते कञ्चनपुरकै कलुवापुरको बन्साह जंगलबाट बरामद भएको से४प २०८५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय झलारीमा बुझाइएको थियो । तर ईलाका प्रहरीले बरामद मोटरसाइकल भन्सारमा नबुझाई पुनः आरआईटी समूहलाई नै बुझायो । सोही विषयलाई लिएर वाइसीएल कञ्चनपुरका सदस्य सुरेन्द्र सिंहले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेपछि प्रहरीले उल्टै सिंहमाथि सार्वजनिक मुद्दा चलायो । २०७४ जेठ १७ गते आरआईटी प्रहरीका सई लोकराज भट्ट र जवान सुरज तिरुवाको टोलीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरीका अवैध गतिविधिको विरोध गर्दै वाइसीएल कञ्चनपुरले जेठ १८ गते प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।

तत्कालीन वाइसीएल कञ्चनपुरका इन्चार्ज अर्जुन साउँदले लोकान्तरसँग भने, ‘पुलिसभित्र कुरा नमिलेपछि अहिलेको घटना बाहिर आएको हो । आरआईटी तथा बर्दीको आडमा प्रहरीले सांगठनिक रुपमा लूट मच्चाएको छ । सुरज तिरुवा मोहरा मात्रै हुन्, यिनको पछाडि डीआईजीसम्मको हात छ । सबैको सम्पत्ति नै छानबिन गर्नुपर्छ ।’

कञ्चनपुरमै चोरीको मोटरसाइकल नम्बर बनाउने काण्डमा समेत यिनीहरूकै हात रहेको उनले ठोकुवा गरे । आरआईटीमा रहँदा सम्पर्क र सम्बन्ध विस्तार गर्दै तिरुवाले सुन तस्करीसम्म संलग्न हुन पुगेका छन् । तिरुवा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीको घुमुवाका रुपमा कार्यरत थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x