×

NMB BANK
NIC ASIA

आन्तरिक द्वन्द्व

लेखा समितिको सभापति बन्न सांसदको कीर्ते हस्ताक्षर भएको खुलासा, नेकपाभित्र रडाको

फागुन ३, २०७५

NTC
Sarbottam
बायाँ भरत साह, दायाँ रामकुमार यादव
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेश सभाको सार्वजनिक लेखा समितिमा सभापतिको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिक रुपमा प्रस्ताव गरेका उम्मेदवार भरत साहले समर्थकको हस्ताक्षर कीर्ते गरेको खुलेको छ ।

Muktinath Bank

सार्वजनिक लेखा समितिका सदस्य तथा नेकपाकै प्रदेश सांसद रामकुमार यादवले आफू भरत साहको समर्थक नरहेको व्यहोरा सहितको लिखितपत्र शुक्रवार प्रदेशसभा सचिवालयमा दर्ता गराएपछि कीर्ते रहश्यको खुलासा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा लगायतको एमाले संसदीय दलका पदाधिकारी समेत प्रदेश सभामा साहको उम्मेदवारी दर्ता मनोनयन गर्न जाँदा नेकपाका सांसद लगनलाल चौधरी प्रस्तावक र रामकुमार यादव समर्थक भई मनोनयनपत्र दाखिला गराइएको थियो । 


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समितिमा नेकपाका तर्फबाट ४ जना भरत साह, शत्रुघन महतो, रामकुमार यादव र लगनलाल चौधरी सदस्य छन् । शुक्रवार सांसद द्वय शत्रुघन महतो र रामकुमार यादव प्रदेशसभा परिसरमै आएका थिएनन् ।
यादव अनुपस्थित भएपनि समर्थकको रुपमा उनको हस्ताक्षर सहितको मनोनयन दर्ता भएको भोलिपल्ट यादवले प्रदेशसभा सचिवालयमा शुक्रवार उजुरी दर्ता गराएका छन् । ‘सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार भरतप्रसाद साहको समर्थकमा मेरो सहमति र हस्ताक्षर नरहेको कुरा जानकारी गराउँछु,’ यादवले दर्ता गराएको लिखित पत्रमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

यादवको निवेदनबारे प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवले भने, ‘यदि त्यसको छानबिनको माग सचिवालय समक्ष आयो भने छानबिन पनि हुन सक्छ ।’ प्रदेशसभा सचिवालयमा एउटा छुट्टै अनुगमन समिति पनि रहेको र समितिले छानबिन गर्न पनि सक्ने उनले बताए । ‘माफी मागे माफी पनि दिन सकिने वा सांसद पद पनि निलम्बन हुन सक्छ,’ उनले भने ।

शुक्रवार नेकपाकै अर्को सांसद शत्रुघन महतोको पनि लेखा समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए । तर उनको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद नरेश यादव र समर्थकमा संघीय समाजवादी फोरम नेपालका सांसद पारस साहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । उम्मेदवार महतो भने आफैं मनोनयन दाखिला गराउन गएका थिएनन् । प्रस्तावक समेत रहेका नेपाली कांग्रेसका सांसद नरेश यादवले उनले मनोनयन दर्ता गराएका थिए ।

महतोको उम्मेदवारीबारे थाहा पाएपछि नेकपाका अर्को उम्मेदवार भरत साहले महतोको उम्मेदवारी दर्ता गरिएको मनोनयनपत्र च्यातिदिएका थिए । त्यसपछि विवाद समाधानका लागि सभामुख सरोजकुमार यादवको कार्यकक्षमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल लगायतका सांसद पुग्दा विवाद भएको थियो ।

नेपाली कांग्रेस र फोरमले नेकपामा चलखेल गरेका कारण समस्या भएको मण्डलले ठानेका थिए । शुक्रवार १० बजे दुवै उम्मेदवारबीच निर्वाचन गर्ने कार्यक्रम तय थियो । तर नेकपाका संसदीय दलका नेता मण्डलले महतोका समर्थक पारस साहलाई भेटेर नेकपा संसदीय दलको आधिकारिक निर्णयको माइन्यूट देखाए । ‘मण्डल ज्यू म कहाँ आउनुभयो । गत माघ २६ गते संसदीय दलको बैठकबाट भरत साहलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिएको थियो, जसमा शत्रुघन महतोजीको पनि हस्ताक्षर थियो,’ फोरमका सांसद साहले लोकान्तरसँग भने, ‘पछि मैले आफ्नो पार्टीको प्रमुख सचेतकसँग समेत सल्लाह गर्दा अरु पार्टीले राजनीतिक निर्णय गरिसकेपछि हामीले किन हस्तक्षेप गर्ने भन्ने कुरा भएपछि मैले आफ्नो समर्थन फिर्ता लिएँ । त्यसपछि दुवै जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।’

नेकपामा माथि एकता भएपनि तल एकता हुन नसक्दा विवाद देखिएको छ । संसदीय दलका नेता मण्डल, प्रमुख सचेतक विश्वकर्मा पूर्वएमालेका हुन् र त्यसमा पनि केपी शर्मा ओली पक्षधर । संसदीय समितिको प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपाको तर्फबाट पूर्वमाओवादीका रामचन्द्र मण्डलको एकल उम्मेदवारी परेका कारण उनी बिहीवार नै निर्विरोध निर्वाचित भएका थिए ।

महतो माधव नेपाल पक्षधर पूर्वएमाले नेता हुन् । उनले संसदीय दलको नेतामै दाबी गर्दै आएपनि प्रदेश सभामा कुनै जिम्मेवारी नपाउँदा पार्टीको लाइन विपरीत गएर उम्मेदवारी दिएका थिए । अब नेकपाले आधिकारिक उम्मेदवार तोकेपछि लेखा समितिको निर्वाचन हुने प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवले बताए । 

बिहीवार नै अर्थ तथा योजना समितिमा राजपा नेपालका मनिषकुमार सुमन, विकास समितिमा फोरमका शेष अब्दुल कलाम आजाद, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा राजपा नेपालका जय्नुल राईन, कृषि तथा भुमि ब्यबस्था समितिमा नेपाली कांग्रेसका विरेन्द्रप्रसाद सिंह र प्रदेश मामिला समितिमा फोरमका अशोक यादव निर्विरोध निर्वाचित भएका थिए । 

निर्वाचित सभापतिको शुक्रवार सभामुख सरोज यादवले सपथ गराएका छन् । समितिको सभापति दलीय आधारमा भागबण्डा गरिएको थियो । २ वटा फोरम, २ वटा राजपा, २ वटा नेकपा र एउटा कांग्रेसले पाउने गरी भागबण्डा गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x