×

NMB BANK
NIC ASIA

पशुपति शर्माको गीतमा वाइडवडी जहाजदेखि सुनकाण्डसम्मका कुरा

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– डिग्री पढेका युवाको हातमा जागिर छैन । काम पाइहाले पनि हातमुख जोर्नै धौधौ छ । साहुले काम गरेको पनि तलब दिँदैनन् ।

Muktinath Bank

यता सरकारी शिक्षकका छोराछोरी बोर्डिङमा पढिरहेका छन् । सरकारी कोटामा जागिर खाएका डाक्टरहरु बिरामीलाई क्लिनिकतिर तानिरहेका छन् । सुब्बामा जागिर खाएकोले २ वर्षमै घर ठड्याएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै परिवेशमा रहेर लोकदोहोरी गायक पशुपति शर्माले व्यङ्ग्यात्मक गीत ‘लुटन् सके लुट, नेपालमै हो छुट’बोलको गीत सार्वजनिक गरेका छन् । देशको समसामयिक परिस्थितीलाई टपक्कै टिपेर गीतमा उतार्न माहिर पशुपतिले बिहीवार मात्रै आफ्नै शब्द, संगीत तथा स्वरमा यो गीत ल्याएका हुन् ।


Advertisment
Nabil box
Kumari

गीतमा पशुपतिले वाइडवडी जहाजमा भएको भ्रष्टाचारको कुरादेखि सुनकाण्डसम्मका कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

Vianet communication
Laxmi Bank

पशुपतिले गीतमार्फत् यसरी व्यङ्ग्य गरेका छन्:

वाइडवडी जहाज किने अरे लुटनुसम्म लुटे,

सुनकाण्ड खोई कहाँ पुग्यो ? जेलमै छन् कि छुटे ?

लुटन सके लुट कान्छा अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।

त्यस्तै पशुपतिले सडकमा ट्राफिक लाइट अस्तव्यस्त रहेकोदेखि टेण्डर लिएर बीचमै काम छाड्ने ठेकेदारलाई पनि गीतमार्फत् व्यङ्ग्य गरेका छन् । 

नेताहरुले ठूलाठूला कुरा गर्ने काम नगर्ने गर्दा देशको विकास हुन् नसकेको गीतमा उतारिएको छ । भिडियोमा पशुपति शर्मा, मञ्जु विक, प्रज्वल भण्डारी लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशनमा बनेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । 

नाेट : विवादमा तानिएपछि शर्माले याे गीत युटयुवबाट हटाएका छन्

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x