×

NMB BANK
NIC ASIA

प्रदेश २ मा नेकपाभित्र किचलो : लेखा समिति सभापतिका बागी उम्मेदवारको समिति नै हेरफेर !

फागुन ५, २०७५

NTC
Sarbottam
फोटोमा रामकुमार यादव र शत्रुधन महतो
Premier Steels
Marvel

जनकपुरधाम - प्रदेश नम्बर दुईको प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपाभित्रको आन्तरिक कलह झन् बढ्दै गएको छ । 

Sagarmatha Cement
Muktinath Bank

संसदीय समितिअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा आधिकारिक निर्णय विपरीत उम्मेदवारी मनोनयन दर्ता गराएका प्रदेश सांसद शत्रुघन महतोको समिति नै परिवर्तन गर्न पार्टीले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महतोलाई प्रदेश मामिला समितिमा र सार्वजनिक लेखा समितिमै रहेका अर्का सांसद रामकुमार यादवलाई विकास समितिमा पठाउने निणय गरेको छ । उनीहरूका ठाउँमा सांसदद्वय जगतारैन देवी साह र कुन्दन कुशवाहालाई सार्वजनिक लेखा समितिमा ल्याएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेश सभा फागुन ४ गते सचिवालयमा दर्ता गराएको पत्रमा ‘संसदीय समितिको नाम परिवर्तन सम्बन्धमा ती चार जनाको समिति परिवर्तन गरि दिन अनुरोध छ,’ उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘पार्टीको लाइन विपरीत सांसद महतोले उम्मेदवारी दर्ता गरेकाले पार्टीले सजिलोका लागि समिति परिवर्तन गरेको हो,’ प्रमुख सचेतक विश्वकर्माले लोकान्तरसँग भने, ‘पार्टीले चाहेको बेला जुनसुकै समयमा पनि जुनसुकै सदस्यको पनि समिति परिवर्तन गर्न पाउँछ ।’

तर आफूहरूलाई जानकारी नै नदिएर समिति सदस्य हेरफेर गरेकोमा स्वीकार गर्न नसकिने शत्रुघन महतोले बताएका छन् । ‘लेखा समितिको उम्मेदवारी दर्ता सम्पन्न भएर चुनावी प्रक्रियासमेत अगाडि बढिसकेको बेला समिति हेरफेर गर्न मिल्दैन,’ सांसद महतोले लोकान्तरसँग भने, ‘संसद्को नियम कानूनले के भन्छ ? त्यस बारे त अब सभामुख सरोजकुमार यादवले नै निर्णय गर्नुहुन्छ ।’ 

महतोले भने, 'संसद्को नियमावली अनुसार हुने हुनाले पार्टीले हेरफेर गरे पनि हामी त्यति सहजै स्वीकार्दैनौं ।'

त्यस्तै अर्को सांसद रामकुमार यादवले पनि पार्टीले एकलौटी ढंगले गरेको उक्त निर्णय स्वीकार्य नहुने बताएका छन् । ‘सम्बन्धित मान्छेलाई कुनै जानकारी नै नदिई, सहमति नै नगरी एकलौटी ढंगले व्यक्तिले गरेको निर्णय मान्दैनौं,’ सांसद यादवले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उक्त कुराको विरोध गर्नेछौं ।’

यता प्रदेशसभा सचिवालयले के गर्छ त ? भन्ने सवालमा प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवले भने, ‘सभामुख अहिले काठमाडौं जानु भएको छ । उहाँ फर्किए पछि नै त्यस विषयमा निर्णय गरिनेछ ।’ चुनावी प्रक्रिया शुरू भइसकेको अवस्थामा अब के गर्ने भन्ने विषयमा नियमावलीमा पनि प्रष्ट केही नभएको यादवले बताए ।

अहिले सदन फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ । 

लेखा समितिमा नेकपाले आधिकारिक रुपमा भरत साहलाई सभापतिको आधिकारिक उम्मेदवार बनाएको थियो । तर, महतोले पनि पार्टी लाइन विपरीत उम्मेदवारी दर्ता गराएपछि नेकपा भित्रको अन्तरकलह छताछुल्ल भएको हो । त्यही क्रममा भरत साहले आफ्नै पार्टीका सांसद रामकुमार यादवको कीर्ते हस्ताक्षर गरेर समर्थक बनाएर उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । 

यादवले त्यसबारे औपचारिक रुपमै पनि संसद सचिवालयमा पत्र दर्ता गराएर जानकारी गराइसकेका छन् ।

नेपाली कांग्रेसले फागुन ४ गतेको प्रदेश सभाको बैठकमा उक्त कीर्ते हस्ताक्षरको विषयमा छानविन गर्न माग गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x