×

NMB BANK
NIC ASIA

कञ्चनपुरमा भेटिएको साढे २३ किलो सुन सुनौली नाका हुँदै नेपाल भित्रिएको खुलासा

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – कञ्चनपुरमा गाडिएको अवस्थामा फेला परेको साढे २३ किलो सुन रुपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै नेपाल प्रवेश गरेको खुलासा भएको छ । गएको मंसिर ६ गते बिहान ६ बजेर ३३ मिनेट जाँदा डीएल १० सीएफ ६९२१ नम्बर कार भैरहवा भन्सार कार्यालय, रूपन्देहीमा इन्ट्री गरेर नेपाल प्रवेश गरेको पत्ता लागेको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रज्ञापन पत्र नम्बर ४७३९० मा दर्ता भएर एचएचई हियर प्रालिको कार ४ दिनका लागि अनुमति लिई १ हजार ८ सय ८ रूपैयाँ भन्सार तिरेर नेपालकै दोस्रो ठूलो नाका बेलहिया हुँदै नेपाल प्रवेश गरेको पत्ता लागेको हो । मंसिर ६ गते बिहान तेस्रो नम्बरमा उक्त नम्बरको कार नेपाल प्रवेश गरेको भन्सारले दर्ता गरेको रेकर्डमा भेटिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सुन बरामद गरेको टोलीमा रहेका महानगरीय अपराध महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवले सुन ल्याएको गाडी सोही नम्बरको भएको पुष्टि गरे । सुनौलीबाट नेपाल प्रवेश गरेको गाडी नेपालगञ्जमा पुर्‍याएर छाडिएको अनुसन्धानका क्रममा पाइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

सुन बोकेको गाडी भैरहवा हुँदै आएको पुष्टि भए पनि उक्त गाडीबारे भन्सारका कर्मचारीदेखि हाकिमसम्म बेखबर छन् । भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीका प्रमुख कमल कुमार भट्टराईले भन्सार गर्नुपर्ने गाडीहरू बाहेक आफूहरूलाई अन्य जानकारी नहुने बताए । 

उनले भने, ‘हामीहरूले यहाँ मालबहाक सवारी साधनको इन्ट्री गरेर त्यसको पैठारी दिन्छौं तर, जिप, कार, भ्यान र मोटरसाइकलका अस्थायी पैठारी ल्याउनेको त्यहाँ इन्ट्री गर्ने कर्मचारीहरूले नै हेर्छन् ।’ 

भन्सार कार्यालयका प्रमुख कात्तिक १५ गते कार्यालयमा हाजिर भएका छन् । त्यसअगाडि भूपाल शाक्य भन्सार कार्यालय प्रमुख थिए । 

भन्सारका प्रवक्ता तथा सूचना अधिकारी कालीराम पौडेलले भने, ‘भन्सारका कर्मचारीले गाडी हेर्छन् । भन्सार नलाग्ने वा यात्रु मात्र भएको गाडी भए हरेर ठीक छ भनेपछि इन्ट्री गर्ने मात्र भन्सारको काम हो ।’

‘हामीले भन्सार नलाग्ने यात्रु मात्र आएको गाडी सामान्य हेर्ने मात्र हो । अन्यथा कहीँ कतैबाट यस्तो सामान आउँदैछ भन्ने सूचना पाएपछि मात्र कडाई गर्छौं । नत्र दैनिक १ हजार भन्दा बढी गाडी नेपाल प्रवेश गर्छन् । ती सबै गाडीको पार्ट–पार्ट हेर्न सम्भव पनि छैन । जनशक्ति पनि भन्सारमा छैन,’ पौडेलले भने ।

गाडी चेकजाँच र इन्ट्री गर्न त्यहाँ कार्यरत ८ जना कर्मचारी पालैपालो बस्छन् । गाडी नेपाल प्रवेश गर्ने दिन र समयमा कुन कर्मचारी थिए भन्ने जान्न खोज्दा भन्सारका कर्मचारीले अवरोध गरे ।

भन्सार कार्यालय बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म पूर्णरूपमा बन्द हुन्छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले आफूलाई घटनाको कुनै जानकारी नभएको बताए ।

‘हो र ? ओहो! मलाई त अहिलेसम्म जानकारी छैन । म बुझ्छु है,’ उनले लोकान्तरसँग भने ।

उनले थपे, ‘हजुरले भनेपछि बल्ल मैले थापा पाएँ, म बुझ्छु, घटनाको बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन ।’

रूपन्देहीकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले पनि आफूहरूलाई यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताइन् ।

उक्त सुन कञ्चनपुरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

पढ्नुहोस्, यो पनि :
निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x