फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आफ्नो बाल्यकालको स्मरणबाट लेख अगाडि बढाउँदै छु । हाम्रो घर दोलखाको तामाकोशी गाउँपालिका– ३ जफेमा पर्छ । घर नजिकै मानेडाँडा जहाँ तामाङहरूको चिहान छ । यस्तै घरमुनि हाम्रै बारीसँग जोडिएको बाँसको झाङमा धेरै पहिले एक जनाले झुण्डिएर देह त्यागेको र स–साना बालबालिकाको शव पनि त्यहीँ गाडिन्थ्यो रे !
मानेडाँडा र बाँसको झाङमा भूतप्रेत हिँड्छन्, मध्य दिनमा पनि त्यता एक्लै हिँड्दा पिसाच लाग्छ । राति बाजागाजासहित भूतहरू बत्ती बालेर हिँड्छन्, मानिस ठहरै मर्छन् जस्ता अन्धविश्वास र किम्बदन्ती मैले सुन्दै आएको थिएँ । बच्चादेखि डर देखाइएको ठाउँमा अहिले पुग्दा पनि आङ सिरिङ्ग हुन्छ । यसैगरी हाम्रो खेतको धन्सारमा नजिकै मुर्दा लैजाने बाटो जहाँ बर-पिपल पिपलको रुपमा शव बिसाएर पिण्ड दिने गरिन्छ । त्यो सुन्दा धन्सारमा एक्लै बस्न तथा राति सुत्न डर लाग्थ्यो ।
तर तामाकोसीको तिरैतिर थुप्रै मसानघाट र जंगल तथा चिहान डाँडाहरू मध्यराति पार गर्दा पनि कहिल्यै डर लागेन । कुनै ठाउँमा आँङ जिरिङ्ग हुनुले बाल्यकालमा परेको नकारात्मक छापले ठूलो अर्थ राख्छ ।
मनोविज्ञ तथा मनोविमर्शकर्ता जमुना श्रेष्ठ (टिपिओ)का अनुसार काठमाडौंको नेवार समुदाय अझैसम्म पनि सेतो लुगा लगाएको खुट्टा पछाडि फर्केका किचकण्डे हुन्छ भन्ने विश्वास छ । सोही कारण नेवार समुदायका सदस्यमा यसको डर अत्याधिक देखिन्छ । बाहिरबाट पढ्न आएका तथा नोकरी गर्न बसेकाहरूलाई यस बारेमा थाहा नपाएकाहरुमा यसको डर देखिँदैन । किनकी उनीहरूले त्यसको बारेमा थाहा पाएनन् । उनको अनुसार जसले जुन ठाउँको बारेमा डरलाग्दा र भूतप्रेतको कथा सुनेको छ सो ठाउँका मानिसलाई मात्र डर लाग्दछ । त्यसैले डर भन्ने कुरा सानो उमेरमा नै ठूलाहरूले भरिदिने कुरा हो । अझ डरलाग्दा कुरा त बाल्यवस्थामा भ्रमयुक्त कुरा भरिदिँदा उनीहरूको जीवनभरनै नकारात्मक प्रभाव पारी मानसिक र सामाजिक गतिविधिमा नै असर पर्ने उनी बताउँछिन् ।
बाल्यकालमा आँखा अगाडि परेका डरलाग्दा दुर्घटना हत्या, आत्महत्या, मृत्यु, आगलागी, पहिरो, झगडाजस्ता घटनामा अझ आफन्त गुमाएको अवस्थाले जीवनभर नै पिरोलिरहेको हुन्छ । सानो उमेरमै यस्ता कुराको आघात परेका मनोसामाजिक समस्या हुनुको साथै समग्र विकास प्रक्रियामा बाधा परिरहेको हुन्छ । यसलाई सबैले आत्मसात गरिसकेका छौं । तर हामीले बालबालिकामा गतल जानकारी तथा सन्देश, भ्रमपूर्ण डरलाग्दा कथा, डरलाग्दा किम्बदन्ती र भूतप्रेतका कथा सुनाउँदा पनि उनीहरुको जीवनको समग्र विकासमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
यस यथार्थलाई हामीले ध्यान नदिँदा बालबालिकामा नकारात्मक प्रभाव परिरहेको हुन्छ । यसमा हामी समयमा नै सचेत भएर बालबालिकाको बीचमा सुनाउने कथा, किम्बदन्ती तथा कुनै ज्ञानमूलक एवम् सन्देशमुलक जानकारीहरू तथ्यपरक हुनु पर्दछ । यति मात्र होइन ठूला मानिसले आफूले मनन् गर्दै आफूलाई उपयुक्त लाग्ने र चाहिने मात्र कुरा लिन गर्दछन् तर बालबालिकाले डर लाग्दा र भ्रमात्मक कुरा सजिलै लिन्छन्, जसले नकारात्मक प्रभाव अवश्य पार्छ । त्यसकारण बालबालिकासँग सुनाउने कथा, जानकारी तथा किम्बदन्तीहरू उनीहरुको उमेर र अवस्था अनुसार हुनु पर्दछ भने ठुलाहरूको बीचमा कुरा गर्दा पनि त्यहा बालबालिकाको उपस्थितिलाई ख्याल गर्नु उपयुक्त हुन्छ ।
यति हुँदाहुँदै पौराणिक किम्बदन्ती, देबता र दानवका कथा, भूत प्रेतका कथा सुन्दा तथा चलचित्र, कार्टुन हेर्दा बालबालिकामा केही सकारात्मक सन्देश पनि प्रवाह पनि गराएको छ । जस्तो भूत प्रेतको कथा सुन्दा बालबालिकामा भूतप्रेत तथा डरसँग प्रतिवाद गर्ने क्षमताको विकास हुने गरेको पनि छ । जोखिमपूर्ण तथा डरलाग्दा कहानीले जोखिमपूर्ण अवस्था र ठाउँमा जोगिने आँट र विस्वासमा बृद्धि भएको पनि पाइन्छ । यसै गरी अध्यारोबाट नडराउने र त्यसबाट जोगित सिपको विकास भएको पनि पाइन्छ ।
जंगल र जंगली जनवारका बारेमा सुनेका कथा तथा किम्बदन्तीबाट जंगलमा जाँदा कसरी सुरक्षित हुने फर्कनको लागि बाटोमा चिन्ह राख्नेदेखि जंगली जनावरबाट जोगिने विभिन्न उपयहरू र प्रयोग गर्ने सीप र ज्ञान प्राप्त गरिरहेका पनि हुन्छन् । देवता र दानव, हिरो र भिलेन जस्ता कथाले राम्रो र नराम्रो पक्षको ज्ञानको प्राप्त गर्दछन् । आफूलाई सधैं दानवभन्दा देवता र भिलेनभन्दा हिरो बन्ने कल्पना गर्नु त्यसैको अनुसरण गर्न खोज्नु आदि यसका केही सकारात्मक पक्ष पनि हुन् ।
यस्तै अभिभावकले आफ्ना बालबालिकालाई अरुले दिएको नखानु, एक्लै हिँड्दा हराइन्छ, हिँड्दा बाटोमा छेउबाट हिँड, नचिनेको मानिससँग नजाउ उनीहरुले लैजान्छन्, बेच्छन् आदि जस्ता सकारात्मक डरले सचेत र जिम्मेवार बनाउँछ । यस्ता केही कुराले जुनसुकै पक्षसँग पनि प्रतिवाद गर्ने आँट पनि बढाएको पाइन्छ । तरपनि यस्ता कुराले धेरै बालबालिकामा सँधैं डर र आत्मविश्वासमा कमी ल्याइरहेको हुन्छ ।
पछिल्लो अवस्थामा पुरानो पुस्ताबाट सुन्ने कथा तथा किम्बदन्तीको ठाउँ, चलचित्र, सिरियल, कार्टुनहरूले लिएका छन् । अझ डरलाग्दा फिल्मी, भूत, शार्क, डाइनोसर, जादु, बमबारीका फिल्महरूले बजार लिएको छ । यस्ता सामग्रीहरुले बालबालिकाको मानसिकतामा नराम्रो प्रभाव पारिरहेका छन् । डरलाग्दा दृष्य देख्दा धेरै बालबालिकाहरूमा मानसिक तनावसम्म हुने गर्दछ । आत्तिने, डराउने सुत्न नसक्ने आदि हुने गरेको छ ।
बालबालिकालाई जंगली जनवारको बारेमा बताउँदा हिंस्रक अवस्थाका बारेमा मात्र बताइन्छ । त्यसैले उनीहरू जंगल देख्नासाथ आत्तिन्छन् । राति अँध्यारोसँग उनीहरू सँधैं डराउँछन् । अझ डरलाग्दो पक्ष अँध्यरोसँग भूतप्रेत काल्पनिक कुराले उनीहरूको मनमस्तिष्कमा नराम्रो छाप पार्नाले उनीहरु बेलुका कोठामा एक छिन पनि एक्लै बस्न सक्दैनन् । त्यसैले यस्तो विषयको ज्ञान दिँदा वैज्ञानिक र वस्तुपरक भएर बाल्यकालबाटै जानकारी दिनु अपरिहार्य छ ।
अझैपनि बालबालिकाले खाना खाएनन्, भनेको मानेनन्, रोए भने पुलिस बोलाइदिन्छु भन्ने र पुलिसको बारेमा हाउँबुझी बनाउने प्रचलन विद्यमान रहेको पाइन्छ । तपाईं हामी कल्पना गरौं– बालबालिकालाई कहीँकतै दूर्व्यवहार भयो, बाटोमा हराए वा अफ्ट्यारोमा प¥यो भने उनीहरु पुलिसकोमा जानुपर्ने हो । १०० मा फोन गर्नु पर्ने हो तर बालबालिकाको मनमा पुसिल हाउँबुझी बनेको छ भने उनीहरू कहाँ जाने यो एउटा उदाहरण मात्र हो । जोगीले लगेर बेच्छ, धेरै चकचक गरे फालिदिन्छु भनेको नटेरे म सँधैंको लागि छोडेर जान्छु । आदि यसले बालमनोविज्ञानमा पार्ने प्रभावको बारेमा अभिभावकहरू सचेत हुन अपरिहार्य छ ।
'द स्टेप किङ' जस्ता चलचित्र हेर्नाले बालबालिका सँधैं जोकरसँग डराउने भएका छन् । 'जअस्' चलचित्र हेरेका बालबालिका सार्कले मानिस खाएर पानीमा रगताम्य देखेका कारण पानीमा जान र पौडी खेल्न सधैं डराउने भएका छन् । यी प्रतिनिधि चलचित्र मात्र हुन् । अन्य यस्तै डरलाग्दा एवम् हिंस्रक दृष्य, कथा र घटनाले मानसिक असर परेका बालबालिकामा युवा तथा वयस्क हुँदासम्म पनि डराउने, मनमा आघात, चिन्त हुने र फोबियासम्म हुन पुग्दछ । राति तर्सने, सुत्न नसक्ने, ओछ्यानमा पिसाब फेर्ने, एक्लै अँध्यारोमा डराउने, कोठामा एक्लै सुत्न नसक्ने साथै काप्ने, रिंगटा लाग्ने, रुने कराउने, मुटुको धड्कन बढ्ने÷घट्ने, पसिना आउने, ज्वरो आउनेदेखि पेट गडबडी हुनेलगायत समस्यासम्मको अवस्था आउने गर्दछ । त्यसैले बाबालिकालाई कुन उमेरमा कुन कुरा हेर्न दिने कस्तो जानकारी ध्यान दिनु आवश्यक छ ।
मानसिक स्वास्थ्य राष्ट्रिय संस्थानको अध्ययनअनुसार डरलाग्दा चलचित्र, कथा तथा किम्बदन्ती देखाउँदा वा सुनाउँदा बालबालिकामा मनोविज्ञान तथा समग्र विकासमा नकारात्मक असर पर्दछ । यस्तै नकारात्मक सन्देशले बालबालिकाको जीवनमा कस्तो असर पार्दछ भन्ने सन्देश 'पाहुना' चलचित्र (नेपाली मूलको सिक्किम)मा बनेकोले थप प्रष्ट पारेको छ । अफ्ट्यारो अवस्थामा बालबालिकाको मानसपटलमा गलत सन्देश दिँदा उनीहरूको जीवनमा कस्तो कष्ठ भोग्न बाध्य भए भनेर यसमा चित्रण गरिएको छ ।
सन् १९९९ को एक अध्ययनले डरलाग्दा चलचित्रहरूले बालबालिका तथा किशोरावस्थालाई हानी पुर्याइरहेको हुन्छ । अनुसन्धानले ५२ प्रतिशत बालबालिकालाई नकारात्मक असर परेको देखाएको छ । सन् २००३ को एक अध्ययनले हिंसात्मक र डरलग्दा दृष्य सञ्चार माध्यम तथा चलचित्रबाट हेरेका बालबालिकामा हिंस्रक तथा दूर्व्यवहारको भावना अधिक विकास भएको देखाएको छ । उनीहरू उक्त दृष्यको सिको गर्ने गरेको पाइएको छ ।
अध्ययन अनुसार रुने तथा चिच्याउने २७५, काम्ने तथा बरबराउने २४५, रिंगटा लाग्ने, पेट दुख्ने २०५, एक्लै बस्न नसक्ने साथी चाहिने १८५, मुटुको धड्कन वृद्धि हुने १८५, शरीर बाउँडिने तथा पक्षघात भएजस्तो अनुभव हुने १७५, र नियन्त्रण गुमाउने, डर बढ्ने ११५, देखियो । साथसाथै पसिना आउने तथा ज्वरो आउने, मरिन्छ भनेर डराउने, बेहोस हुने लुगा लगाएको वा नलगाएको थाहा नहुने, आफैंमा हराउने १०५ । यस्ता असरहरु बालबालिकालाई के कुराले असर गरेको भन्ने बारेमा थाहा पनि हुँदैन । त्यसैले बालबालिकाको जीवनमा परेका यस्ता असरले लामो समयसम्म प्रभाव पार्छ भने समग्र विकासको बाधक पनि हो । त्यसैले बालबालिकाको बीचमा गर्ने कुरा सुनाउने कथा, किम्बदन्ती र घटना विवरणलगायत गतल जानकारी तथा सन्देशबाट बालबालिकालाई सँधैं जोगाउनु पर्छ । यदि दिनै परेमा उनीहरूको उमेर अवस्था र परिवेशलाई अभिभावकले ख्याल गर्नुपर्ने हुन्छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...