×

NMB BANK
NIC ASIA

टाटा मोटर्सको विराटनगरस्थित नयाँ शोरुमको उद्घाटन

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्रीवितरणका लागि विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रालिले बुधवारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको, विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम यस शहरकै ठूला शोरुमहरूमध्ये एक हो, जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुनेछ ।


Advertisment
Nabil box
Kumari

शोरुमको उद्घाटन समारोहबीच बोल्दै, टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने, ‘टाटा मोटर्सका लागि महत्त्पूर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र गोयल अटोको नेतृत्वमा यस शोरुमको संचालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।’

Vianet communication
Laxmi Bank

उद्घाटन समारोहबीच बोल्दै सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य एसजेबी राणाले गोयल अटोसँगको यो साझेदारीले ग्राहकमाझ टाटा मोटर्सको पहुँच सहज बनाएकोमा र सेवा र सुविधा अझै सुदृढ हुँदै जाने भएकोमा आफू हर्षित भएको बताए ।

आधुनिक शोरुमसँगै टाटाका विभिन्न आकर्षक मोडेलका कारहरू (नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्रीवितरण गर्न पाउँदा ग्राहकहरु अझै लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
शोरुमको उद्घाटन गर्दै गोयल अटोका व्यवस्थापकीय प्रमुख, स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए ।

त्यसैगरी गोयल अटोका प्रोपराइटर हनुमान अग्रवालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

टाटा शोरुम हप्ताको सातै दिन बिहान साढे ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने छ । शोरुमसँगै देशभर टाटा मोटर्सका २२ वटा अन्य बिक्री केन्द्र र २५ वटा सर्विस सेन्टर रहेका छन् ।

टाटा मोटर्सबारे

टाटा मोटर्स (वार्षिक) ४५ अर्ब डलरको कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा गु्रपको एउटा हाँगा हो । १०९ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । 

बेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ ।  अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।  कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । ब्राण्डको मुल मन्त्र नै ‘कनेक्टिङ एस्पिरेसन’ रहेको यस कम्पनीले आफ्ना कार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधी को  विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् ।

कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ । 

सिप्रदीबारे

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो ।  ३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ ।

सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पुर्‍याउने एउटै उद्देश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु वढेको छ ।

सिप्रदी ट्रेडिङ प्रालि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक बिक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरू रहेका छन् । 

देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित २४ बिक्री कार्यालय, २५ सेवा केन्द्रहरू रहेका छन् भने प्यासेन्जर गाडीमा समर्पित २३ वटा बिक्री केन्द्र, २५ वटा सर्विस सेन्टर र ३०० स्पियर पार्टस आउटलेट रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x