×

NMB BANK
NIC ASIA

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ । 

तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

नेपाल सरकारको रु २८ लाख , फिनल्याड सरकारको रु १५ लाख ७५ हजार , मङ्गला गाउँपालिकाको रु सात लाख ३३ हजार , उपभोक्ताको रु ७३ हजार लगानी रहेको पञ्चासे ओखरबोट आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार बराबरको श्रमदान गरेका छन् । 

नेपाल सरकारको रु १८ लाख ७२ हजार , फिनल्याण्ड सरकारको रु १० लाख ४७ हजार , मङ्गला गाउँपालिकाको रु चार लाख ७५ हजार ६८ अनुदान रहेको धोबीखोला योजना निर्माणका लागि उपभोक्ताले रु १३ हजार ४७ लाख श्रम तथा रु ४७ हजार नगद योगदान गरेका छन् । 

निजी धारामार्फत घरघरमै खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई सुविधा, पानीको जोहो गर्न लाग्ने समयको बचत र सरसफाइमा सहज भएको तल्लो डडुवाकी श्रीकला अर्मजाले बताउनुभयो । यसअघि सार्वजनिक धारा, कुवा र पँधेराको पानी उपभोग गर्दै आएका थिए । आयोजनाको दिगो सञ्चालनका लागि सबै उपभोक्ताको घरमा मिटर जडान गरी मासिक शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x