×

NMB BANK
NIC ASIA

ओली सरकारले समृद्धि होइन, भ्रष्टाचार र बेथितिको जग बसायो : वरिष्ठ नेता पौडेल

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार समृद्धिको नभई भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप लगाएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पूरा भएपछि देशवासीका नाममा सम्बोधन गर्दै  विकास र समृद्धिको जग बसाएको उल्लेख गरेका थिए । तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने स्पष्ट पारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले भने, 'ओलीजीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुकमा अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टाचार र बेथितिको बाटोमा अघि बढेको छ ।’


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता पौडेलले कांग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पूर्ण नेता कार्यकर्ताहरू निष्ठावान् बन्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले महासमितिबाट पास भएको विधानले निमुखा कांग्रेस कार्याकर्ता तथा अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन दिए । पौडेलले विगतमा आफू बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपरेका कारण जिल्लामा समय दिन नसकेको स्वीकार गर्दै अब मुलुकको राजनैतिक मुद्दा टुंगो लागेका कारण फुर्सद भएकाले जिल्लामा समय दिने प्रतिबद्धता जनाए ।

Vianet communication
Laxmi Bank

पौडेलले भने, 'हिजोका दिनमा बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपर्‍थ्यो । संविधान बनाउन सदनमा बढि व्यस्त भएर आउन सकिनँ  । अब तनहुँलाई समय दिन्छु ।’

पौडेलले लोकतान्त्रिक संविधान निर्माणका लागि आफुहरुले ठूलो लडाईं लड्न परेको उल्लेख गर्दै वीपी कोइराला, सुर्वणशमशेर गणेशमान जी, किसुनजीहरूको २००७ सालदेखिको संविधानसभामार्फत संविधान बनाउने सपना आफूहरूले पूरा गरेको बताए । पौडेलले उनले थपे, 'संविधान बनाउने क्रममा राष्ट्रलाई छिन्नभिन्न बनाउने प्रयास भएको थियो । त्यो कांग्रेसले रोक्यो । संविधान बनेपछि आम चुनाव कांग्रेसले गरायो । संविधानसंग असहमति राख्ने शक्तिलाई संविधानको दायरामा ल्यायौं तर चुनावमा कांग्रेस हार्‍यो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x