मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणलाई अन्तिम रुप दिन गठित कार्यदलका सदस्यले म्याद थप्नुपर्ने माग राखेका छन् । सोमवार लोकान्तरसँग कुरा गर्दै कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले म्याद थप्नुपर्ने बताए ।
‘संयोजकले प्रतिवेदनको रूपमा ल्याएको दस्तावेज सचिवालयमा पेश गर्ने वा नगर्ने भन्ने जिम्मेवारी हामीले संयोजक र अर्का सदस्य वेदुराम भुसाललाई दिएका थियौं, उहाँहरूले प्रस्तुत गर्नुभयो होला,’ सदस्य पाण्डेले भने, ‘हाम्रो माग चाहिँ कार्यदलको समयसीमा थप्नुपर्छ भन्ने हो ।’
गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’को संयोजकत्वमा गठित कार्यदललाई पुस मसान्तभित्रै प्रतिवेदन तयार गर्नुपर्ने जिम्मेवारी दिइएको भएपनि माघको अन्तिम सातासम्म कार्यदल अनिर्णित रह्यो । प्रदेश, स्थानीय तह, प्रवासमा रहेका जनसम्पर्क मंच र जनवर्गीय संगठनहरूको एकताको खाका समयमै आउन नसकेपछि नेता तथा कार्यकर्तामा निराशा छाएको थियो ।
माघ २१ गते बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मा पाएको कार्यदललाई एकताको गृहकार्यबारे जे जस्तो अवस्था छ, त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दियो ।
सचिवालयले दिएको निर्देशनपश्चात् कार्यदलको बैठक बोलाएर संयोजक बादलले आकस्मिक रूपमा एकतर्फी प्रतिवेदन पेश गरे । बादलबाट आएको एकतर्फी दस्तावेजलाई प्रतिवेदन मान्न नसकिने अधिकांश सदस्यहरूको राय थियो । लोकान्तरसँगको अन्तर्वार्तामा सदस्य वेदुराम भुसालले भनेका थिए, ‘संयोजकबाट आएको दस्तावेज प्रतिवेदनको रूपमा लिन सकिँदैन, त्यो उहाँको एकतर्फी धारणा हो ।’
बैठक नै नबोलाएको र छलफल गरेर निर्णयमा पुग्नुपर्ने विषयमा प्रवेश नै गर्न नदिइएको आरोप कार्यदल संयोजक बादललाई लाग्दै आएको छ । ‘जम्माजम्मी ११ विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने थियो, पार्टीको विधानमा छलफल गरेर निष्कर्षमा पुगियो र प्रदेश कमिटीको विषय छलफलमै थियो,’ भुसालले भने, ‘हामीलाई काम गर्न पनि नदिने र कार्यदल असफल भयो पनि भन्ने विरोधाभाष बन्द गर्नुपर्छ ।’
सोमवार बसेको सचिवालय बैठकले सदस्यसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गर्यो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको नेकपा सचिवालय बैठकले बिहीवार कार्यदलका सदस्यलाई समेत आमन्त्रण गरेर प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा स्थायी समिति बैठकले १३ पुसमा संगठनात्मक एकीकरणका लागि प्रस्ताव तयार पार्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कार्यदलमा नेकपाका सचिवालय सदस्यमा रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...