पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले वालविवाह बालिकाको भविष्यको सबैभन्दा ठूलो शत्रु भएको बताएकी छिन् । ‘बालविवाह बालिकाको भविष्यको सबैभन्दा ठूलो, भयंकर दुश्मन हो । यसले शिक्षा स्वास्थ्यलगायत हरेक क्षेत्रमा प्रगति हुनै दिदैन,' उनले भनिन, ‘बालकालाई सिर्जनात्मक हुन नदिने यो शत्रु प्रचलनलाई हटाउन जरुरी छ ।’
नगरपालिकाले आयोजना गरेको बालसंरक्षण सम्बन्धि दुईदिने कार्यशालालाई सम्बोधन गर्दै उपप्रमुख ढकालले नगरसभाबाटै छोरीका लागि गर्वको नगर हुने र बालविवाह मुक्त नगर बनाउने प्रतिबद्धता पास भइसकेको स्मरण गराउँदै सबै मिलेर यो एजेण्डालाई कार्यान्वयन गर्नुपर्ने बताईन् ।
‘अहिले हामीले बनाएको बाल नीतिलाई आगामी बजेटमा सम्बोधन गरौं । योजना तर्जुमा गर्दा नीतिको आधारमा चयन गरौं,’ उनले भनिन, ‘अनि संविधानमै वालविवाह अपराध भएको उल्लेख छ । यसलाई व्यवहारको रुपमा नभएर कानूनी रुपमा नै कडाईका साथ लागु गरौं । अनिमात्र हामीले दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्छौं । यसका लागि नगरपालिकामा बसोबास गर्ने हरेकले साथ दिई यो प्रचलन हटाऔं ।’
उनले नगरपालिकाले बनाउने बालमैत्री नीति सबैकालागि स्वीकार्य हुने बताईन् । ‘हामी सबैको अपनत्व हुने खाले नीति बनाउँछौं,’ उनले भनिन्, ‘अहिले कस्ता बालबालिका नगरभरि छन् भनेर तथ्यांक संकलन गर्न प्रत्येक वडामा दुइ जना कर्मचारी खटाएका छौं । त्यसपछि बालबालिकाको तथ्यांक आइसकेपछि के कारणले बालबालिका समस्यामा परेका छन्, त्यसको उपचार खोजौंला ।’
दुइ दिने कार्यशालाले वीरेन्द्रनगरमा सबैभन्दा विकराल समस्या बालविवाह रहेको निष्कर्ष निकालेको छ । बालविवाह पछि लागु औषध दुर्व्यसन, यौन दुर्व्यवहार, सडक बालबालिका, अनाथ बेसाहारा बालबालिका, हिंसा दुर्व्यवहार पनि समस्याको रूपमा रहेको निष्कर्ष निकालिएको छ ।
यस्तै नगरमा सम्मानजनक सहभागिता हुन नसकेको, बाल श्रम शोषण भइरहेको, अपांगता भएका बालबालिकाहरु, लिंग पहिचान गरि भ्रुण हत्या, कुपोषण, वेवास्ता र पहिचान समस्या जस्ता निष्कर्ष रहेको गोष्ठीको रहेको वडा नं. १४ का वडा अध्यक्ष टोपबहादुर दर्लामीले बताए ।
नगर बालसंरक्षण समिति मस्यौदामा नगर बाल संरक्षण समिति बनाउने उल्लेख छ । समितिमा प्रमुख, उपप्रमुख, सम्वन्धित वडाअध्यक्ष वा कार्यपालिका सदस्य, नगर बाल क्लवबाट दुई जना सदस्य, नगर प्रहरीबाट एक जना, उद्योग वाणिज्य संघबाट एक जना, बालगृहबाट एक जना, शिक्षकबाट एक जना, नगर शिक्षाबाट एक जना, नगर स्वास्थ्यबाट एकजना सदस्य रहने प्रस्ताव छ ।
यस्तै संघ संस्था, अपांगता भएका, सामाजिक विकास समिति, सञ्चारकर्मीबाट एक जना सदस्य राख्ने प्रावधान मस्यौदामा उल्लेख छ । महिला तथा बालबालिका समाज कल्याण उपशाखा सदस्य सचिव हुने व्यवस्था गरिएको छ । मस्यौदामा टोल समुदाय स्तरमा वाल संरक्षण समिति बनाउने उल्लेख छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...