×

NMB BANK
NIC ASIA

कर्णाली अपडेट : ७५ प्रतिशत बजेट कार्यान्वयन गर्ने मन्त्री केसीको दाबी

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले अब बाँकी रहेको आर्थिक वर्षको समाप्तीमा पचहत्तर प्रतिशत बजेट खर्च गर्ने बताएकी छिन् । सोमबार वीरेन्द्रनगरमा मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री केसीले अहिलेसम्म आफुहरु संरचना निर्माणमा केन्द्रित भएको बताउँदै अब मन्त्रालय तीव्र गतिमा दौडने उनको भनाई छ ।

Muktinath Bank

‘विगतमा बजेट खर्च गर्न पर्याप्त कानूनहरु, कार्यविधिहरु थिएनन,’ मन्त्री केसीले भनिन, ‘तर अब हामी सबैको ध्यान बजेट कार्यान्वयनमा गएको छ । म सय प्रतिशत त भन्दिन तर कम्तिमा पचहत्तर प्रतिशत विकासे बजेट खर्च गर्न सक्छौं ।’ ऐनले मन्त्रालयले बजेट कार्यान्वयनसँगै नीति र कानून निर्माण पनि मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिईन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी नीति र कानून निर्माणमा पनि ध्यान दिनेछौं,’ मन्त्री केसीले भनिन, ‘यसका साथै आगामी वर्षका लागि कर्णाली सुहाँउदो बजेट कसरी निर्माण गर्ने, कर्णाली योजना आयोगसँगको परामर्शमा त्यता तिर पनि ध्यान दिनेछौं ।’ उनले गत वर्ष हतारमा बजेट बनाउनुपरेकाले बजेट छरिएको जस्तो देखिएको बताईन् ।


Advertisment
Nabil box
Kumari

‘गतवर्षको बजेटको पचहत्तर प्रतिशत बजेट हामीले विधि र प्रक्रिया पु¥याएर निर्माण गरेका थियौं,’ उनले प्रष्ट पार्दै भनिन्, ‘२५ प्रतिशत बजेट हामीले भनसुनका आधारमा, कतिपय आफ्नै दृटिकोणका आधारमा बनाएका थियौं, तपाईहरु यो पाली ढुक्क हुनुस हामी विधि र प्रक्रियाबाटै यो वर्ष बजेट निर्माण गर्नेछौं ।’

Vianet communication
Laxmi Bank

किसान प्रोत्साहन गर्न पुरस्कारको वर्षा मन्त्रालयले कृषि क्षेत्रमा आकर्षण बढाउन भन्दै हरेक स्थानीय तहमा दुईजना कृषकलाई पुरस्कार दिने, त्यहाँबाट जिल्लामा आएका मध्येबाट दुई जना छनौट गरेर प्रादेशिक रुपमा २० जना छनोट हुनेछन् ।

मन्त्री केसीका अनुसार तिनै बीस जनाबाट कृषक नायक र नायीका छनौट गरेर मुख्यमन्त्री कृषि पुरस्कारबाट सम्मानित गर्ने योजना रहेको छ । यसका साथै मन्त्रालयले राम्रो काम गर्ने कर्मचारी, आफु मातहतका कार्यालयलाई पनि पुरस्कार दिनेछ । पुरस्कारको नगदबारे केहि छलफल नभएपनि कम्तिमा दश हजार देखी बढीमा दुइ लाखसम्म दिन सकिने जानकारी दिइन ।

किसान सरकार हातेमालो कार्यक्रम मन्त्रालयले चालु आर्थिक वर्षमा साना किसानका लागि भनेर किसान सरकार हातेमालो कार्यक्रमका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । ‘यो वर्ष हामीले पाँच करोड मात्र बजेट यो शीर्षकमा विनियोजन गरेका छौं,’ मन्त्री केसीले भनिन, ‘अब हामी यो कार्यक्रमका लागि कार्यविधि बनाइसकेका छौं अब कार्यान्वयनमा जान्छ ।’

मन्त्री केसीले अहिलेसम्म पचास प्रतिशत बजेट कार्यान्वयनको अख्तियारी पठाइसकेको बताईन । ‘६३ करोड बजेट अहिले पनि मन्त्रालयमा छ,’ उनले भनिन, ‘२ अर्ब ५५ करोड बजेट मध्ये आधा बजेटको अख्तियारी गइसकेको छ । अबको केहि महिनामा काम गरेको प्रगति विवरण हामी यहाँहरुलाई दिन्छौं ।’

उनले यसका साथै व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि बनाइसकेको जानकारी दिईन । किसानका गुनासा सुन्न हेल्लो मन्त्री कार्यक्रम मन्त्री विमला केसीले आज देखि हेल्लो मन्त्री कार्यक्रमको उदघाटन गरेकी छिन् ।

किसानका कुरा सुन्न र उनीहरुको गुनासा सुन्न एक छुट्टै कार्यालय नै खोलेर उक्त कार्य सञ्चालनमा ल्याएकी हुन । ‘किसानका गुनासा सुन्नको लागि हामीले टोल फ्रि नम्बर १६६०८३५२००१२ सञ्चालनमा ल्याएका छौं ।’ उनले भनिन, ‘कार्यालय समयभरि किसानले गुनासा टिपाउन सक्नेछन भने विज्ञहरु, मन्त्रालयका सचिव र मन्त्रीले साँझ तीन देखी चार बजेसम्म गुनासा सुन्नेछन् ।’

यसका साथै मन्त्री केसीले सुझाव पेटिका समेत मन्त्रालयमा राखेकी छिन् । माटो परिक्षण सेवा सुरु मन्त्री केसीले प्रदेश भरि माटो परिक्षण सेवा सुरु गरिएको बताईन । ‘आज देखी हामीले माटो परिक्षण गर्न सुरु गरेका छौं,’ उनले भनिन, ‘माटो परीक्षण गर्ने गाडी आइसकेकाले आवश्यकता अनुसार घुम्ती सेवा पनि प्रदान गर्न सकिनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x