'अल जजीरा'ले लेख्यो : 'धम्कीपछि पशुपति शर्माले गीत हटाए'

फागुन ६, २०७५

काठमाडौँ -कतारबाट संचालित विश्वप्रसिद्ध संचारमाध्यम 'अलजजीरा'ले पशुपति शर्माले धम्कीपछि भ्रष्टाचारसम्बन्धि गीत युट्युवबाट हटाएको समाचार लेखेको छ ।

सोमबार साँझ ५ बजेतिर प्रकाशित आफ्नै र समाचार एजेन्सीलाई स्रोत उल्लेख गर्दै लेखिएको उक्त समाचारमा गायक शर्मालाई नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनबाट धम्की आएको उल्लेख गरिएको छ । समाचारमा युवा संघ नेपालले लेखेको फेसबुक स्ट्याटस राखेर शर्मालाई धम्की दिइएको पुष्टि गर्न खोजिएको छ ।


ADVERTISEMENT

'पशुपति शर्माको उक्त गीत देशैभर फैलिएको भ्रष्टाचारको विरुद्धमा उत्रिएका जनतामाथि आक्रामक तरिकाले छायो,' समाचारमा नेपाली स्थानीय संचारमाध्यमलाई उद्धृतगर्दै भनिएको छ, 'सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनले धम्की दिएपछि उक्त गीत हटाइएको हो ।'

फागुन ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस