×

NMB BANK
NIC ASIA

मौद्रिक नीतिलाई चुनौती

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकको कन्जुस्याइँ

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल राष्ट्र बैंकले गत असारमा मौद्रिक नीति जारी गर्दै वाणिज्य बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएपनि वाणिज्य बैंकले निर्देशनलाई उपेक्षा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको सार्वजनिक गरिएको समीक्षा अनुसार वाणिज्य बैंकले तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमा अनुसार कर्जा प्रवाह गरेका छैनन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकले वाणिज्य बैंकलाई कूल कर्जाको २५ प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेपछि पुस मसान्तसम्म १८ दशमलव ५४ प्रतिशत मात्रै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको छ । प्राथमिकता प्राप्त क्षेत्रमा ऊर्जा, कृषि र पर्यटन व्यवसाय पर्छन् ।

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकले आफ्नो कूल कर्जाको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । पुस मसान्तसम्म कृषि क्षेत्रमा ९ दशमलव ९३ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।

न्यूनतम १५ प्रतिशत उर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था भएपनि पुस मसान्तसम्म साढे ८ प्रतिशत मात्रै लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले ४ दशमलव २१ प्रशित कर्जा ऊर्जा क्षेत्रमा र ४ दशमलव ४० प्रतिशत पर्यटनको क्षेत्रमा लगानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्मको समयसीमा रहेकाले वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएअनुसार कर्जा प्रवाह गर्ने विश्वास रहेको प्रतिक्रिया दिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले तोकिएको समयसीमाभित्र पुर्याउनुपर्ने र नपुर्याएमा राष्ट्र बैंकले कारवाही गर्ने बताए ।

‘तोकिएको समयसीमाभित्र तोकिए अनुसार कर्जा पुर्याउनैपर्छ,’ उनले लोकान्तरसँग भने, ‘असार मसान्तसम्म पुर्याउनुपर्ने समयसीमा छ । त्यतिबेलासम्म नपुर्याए वाणिज्य बैंकहरूले हर्जना तिर्नुपर्ने हुन्छ ।’

सुहलियत कर्जामा १८ अर्ब प्रवाह

चालू आर्थिक वर्षदेखि सञ्चालनमा रहेको सहुलियत कर्जामा १८ अर्ब रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकारबाट ५ प्रतिशत व्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपन्छी कर्जामा १८ अर्ब ६१ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

कर्जा अनुसार ८८ करोड ७७ लाख रुपैयाँ व्याज अनुदान प्रदान गरिएको छ । राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी कर्जा १० हजार ४ सय ८४ जनाले लिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x