×

NMB BANK
NIC ASIA

हिन्दूराष्ट्र सहितका माग लिएर बालुवाटार पुगेका कमल थापासँग ओलीको 'वान टू वान' वार्ता

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन लगायतका माग समेटिएको २२ बुँदे ज्ञापनपत्र बुझाउन गएका राप्रपा अध्यक्ष कमल थापासँग प्रधानमन्त्री केपी शर्मा ओलीले 'वान टू वान' वार्ता गरेका छन् । 

Muktinath Bank

ओली र थापाबीच झण्डै ४५ मिनेट गोप्य कुराकानी भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा उनीहरूबीच कुराकानी भएको थियो । ओली पहिलोपटक प्रधानमन्त्री रहेको समयमा कमल थापा परराष्ट्र मन्त्री थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान राप्रपा प्रतिनिधि मण्डलले आफूहरूको २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो । जनजीविकासँग गाँसिएका मागमा ओलीले समर्थन जनाएका थिए । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठका अनुसार ओलीले राप्रपा जस्तो राष्ट्रवादी पार्टी देशका लागि आवश्यक रहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

‘हामीहरूले फागुन १५ गतेदेखि गर्न लागेको मेची–महाकाली अभियानबारे जानकारी गरायौं, प्रधानमन्त्रीले कर्तव्य पूरा गर्नुस्, भन्नुभयो,’ श्रेष्ठले लोकान्तरसँग भने । 

ओलीले राप्रपा संसद्मा राष्ट्रिय पार्टीको रूपमा उपस्थित होस् भन्ने शदासयता रहेको समेत उल्लेख गरे । राप्रपाले २२ बुँदे माग आज केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सिडियोलाई बुझाएको छ ।

राप्रपाले फागुन १५ देखि मेची–महाकाली अभियानको शुरूवात गर्दैछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x