×

NMB BANK
NIC ASIA

विश्वव्यापीकरणको प्रभाव : ग्रन्च पाइन्ट किन्यौं, गुन्यू-चोली कहिले बेच्ने ?

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

-लक्ष्मी पौडेल ‘अनुरागी’

Sagarmatha Cement
Muktinath Bank

नेपालबाट दैनिक हजारौं युवा विदेशिन्छन् । यसरी विदेशिने प्राय: वैदेशिक रोजगारीकै लागि हुन्छन् । विश्वव्यापीकरणको कारणबाट एक देशका नागरिक कानूनी प्रक्रिया पूरा गरी अर्को देशमा रोजगारका लागि जान पाउँछन् ।  यसकै कारण नेपालका बेरोजगार जनशक्तिहरू बाह्य देशमा रोजगारी गर्न पाएका छन् । उनीहरूले विदेशमा सीपसँगै अध्ययन पनि हासिल गर्छन् । अझ योभन्दा ठूलो विषय ‘रेमिट्यान्स’ हो । यही रेमिट्यान्सले सिङ्गो देशको अर्थतन्त्र चलेको छ । विश्वव्यापीकरणबाट नेपालले प्रविधि पनि भित्र्याउन सफल भएको छ । यसलाई नेपालले फाइदाको रुपमा लिनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज बहुराष्ट्रिय कम्पनीहरूले संसारको जुनसुकै कुनामा गएर पनि व्यवसाय गर्न पाउँछन् । यसको एकमात्र कारण हो- विश्वव्यापीकरण । अन्तर्राष्ट्रिय पुँजी तथा कच्चा पदार्थको लेनदेन तथा वैदेशिक व्यापार सहज बनेको छ । जसको कारणले गर्दा विकास र समृद्धिको लागि उत्पादनलाई केही सहज बनेको छ । सुचना प्रविधिको कुरा गर्दा आज हामी जुन स्थितिमा छौं, त्यो विश्वव्यापीकरणबिना सम्भव थिएन । सूचना र प्रविधिमा आज हामी अगाडि बढिरहेका छौं । सूचना-प्रविधिमा हामी अगाडि भएपनि सबै शिक्षित छन् भन्ने होइन । तर जति शिक्षित छन्, सबै सूचना प्रविधिमा दख्खल छन् । नेपाल अहिले जुन अवस्थामा छ, यसमा विश्वव्यापीकरणको ठूलो हात छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा विभिन्न वैदेशिक ऋण र सहयोग रकम प्राप्त भएको छ । वैदेशिक व्यापारका लागि बाटो खुला भएको छ । जसको कारणले नेपालले आफ्ना उत्पादन अन्य मुलुकहरूमा पठाउन सक्छ । नेपालमा प्रशस्त मात्रामा भएको जलबाट उत्पादित बिजुली भारतलगायका अन्य देशमा बेच्न र राजस्व संकलन गर्न सक्छ । सम्भावनाको रुपमा रहेका विभिन्न खनिज पदार्थ र धातुहरूको उत्खनन गरेर वैदेशिक व्यापारलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सक्छ । जसबाट नेपालका जनशक्ती बाहिरिने ठाउँमा नेपालकै जनशक्ति प्रतिस्थापान गरी थप जनशक्ति आवश्यकता परेको अवस्थामा बाह्य जनशक्ति पनि भित्र्याउन सके अधिकारको खम्बाको रुपमा विश्वव्यापीकरण रहेको छ ।
आज विभिन्न योजनामा अनुदान माग्ने नेपाललाई, अनुदान दिने अधिकार विश्वव्यापीकरणले प्रदान गरेको छ । पर्यटक बाहिरिने मात्र होइन, लाखौं करोडौं पर्यटकलाई नेपाल भित्र्याएर हामी अर्बौं रुपैयाँ कमाउन सक्छौं ।  
नेपालको अर्थतन्त्रलाई माथि उठाउन कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ पहिला । त्यसपछि नेपाली भूमिमा उत्पादित कृषि उत्पादनलाई वैदेशिक बजारसम्म पर्यालउनुपर्छ । विश्वव्पापीकरणकै माध्यमबाट वैदेशिक व्यापार बढाउन नेपालले अब ढिलो गर्नु हुँदैन ।

Vianet communication
Laxmi Bank

त्यस्तै नेपाललाई भूकम्प र बाढी पहिरो पीडितका लागि विदेशी राष्ट्रहरूबाट ऋण तथा अनुदान प्राप्त भएको थियो । यसरी सहयोग आदानप्रदान हुनुलाई पनि विश्वव्यापीकरणको एउटा पाटो मान्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र मितव्ययिताको कारणले आज सिंगो विश्व नै ‘एक घर’ हुन पुगेको छ । सारा देशहरू नै परिवार बन्न पुगेका छन् । तर बिडम्बना किलोको दुई रुपैयाँमा पनि बन्दा बिक्री नभएपछि तरकारीबारीमा डोजर लगाएको खबर बाहिर आयो । नाफा त परको कुरा, लगानी पनि नउठ्दा कृषक तनावमा छन् । कृषिप्रधान देशमा आफूले लगाएको खेतीबाट मल र विषादीको मूल्य पनि नपाउनु भनेको लाजमर्दो कुरा हो ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ ? नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन ?

छिमेकी मुलुक भारतबाट नै नेपालमा करोडौं मूल्य बराबरको तरकारी र खाद्यान्त आयात हुन्छ । विश्वव्यापारीकरणले आयात गर्ने त भनेको छैन नि । त्यसैले यसलाई पनि दोहोरो बनाउनुपर्छ । तसर्थ नेपालमा विश्वव्यापीकरणले सबैभन्दा बढी प्रभाव कृषिमा पारेको छ । जबकी कृषिप्रधान देशमा दैनिक लाखौंरकरोडौंको तरकारी, फलफुल र खाद्यान्न आयात हुनुले कस्तो संकेत गर्छ रु विश्वव्यापीकरण नेपालको लागि ठिक छैन भन्नुभन्दा पनि स्वदेशी उत्पादनमा जोड दिई अपुग परिस्थितिमा मात्र आयात गर्ने स्थिति सिर्जना गर्नुपर्छ ।

कृषिप्रधान देशले खै के, कहाँ र कति निर्यात गर्‍यो ? यसको जवाफ कसले दिने ? नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडिबुटीहरू किन खेर गइरहेका छन् ? विश्वव्यापीकरण भनेर मात्र हुन्छ ? किन समन्वय र साझेदारी हुन सकेन ? नभएको चिज आयात गर्नुपर्छ तर भएकै चिज किन आयात हुन्छ ?

विश्वव्यापीकरणले यही र यस्तै भन्छ त ? नेपालमै पाइने जडिबुटीबाट बनेको औषधि नेपालले खरिद गर्नुपर्छ तर नेपालको जडिबुटी किन बेचिँदैन अन्तर्राष्ट्रिय बजारमा ? यी र यस्ता प्रश्नहरूको जवाफ सही र सकारात्मक पाएमा र समाधानमा लागेमा पक्कै पनि नेपालमा समृद्धि अवश्य आउनेछ ।

नेपालबाट पठाइने हजारौं युवाले गरेको श्रम र मेहनतबाट उत्पादित उत्पादन प्रयोग गरेर हामी आफूलाई भाग्यमानी ठान्छौं । तर हामी यो सोच्दैनौं कि बेरोजगार लाखौं युवाले स्वदेशमा पनि श्रम गरेर उत्पादन गर्न सक्थे । स्वदेशमा दोहोरो फाइदा कसरी लिने भन्नेबारे कसले सोच्ने ? बाहिरबाट ल्याएका टलक्क टल्काइएका वस्तुलाई गुणस्तरयुक्त भन्दै नेपालमा उत्पादित वस्तुको प्रयोग नगरेकै कारण नेपालको व्यवसाय खस्किन पुगेको हो । यसको जिम्मा कसले लिन सक्छ ? हेटौंडा कपडा उद्योग किन बन्द हुन पुग्यो ? धेरै सङ्ख्यामा चिनी र अन्य कारखाना र साना तथा घरेलु उद्योग किन लाइन लागेझैं बन्द हुन पुगे ? विगत दश वर्षयता नेपाली बजारमा विदेशी शक्तिको हस्तक्षेप किन यसरी ह्वात्तै बढ्न पुग्यो ? माथिका सबै प्रश्नहरू विश्वव्यापारीकरणले उब्जाएका हुन् ।  

आयातमुखी नभई निर्यातमुखी अर्थात् दोहोरो अर्थतन्त्र नेपालको लागि अपरिहार्य छ । तर नेपालको परनिर्भरताको बानी हट्न केही समय अझै हट्न सकेको छैन । परनिर्भरताकै कारणले गर्दा आज नेपालको वैदेशिक ॠणको सीमारेखा पार गरिसकेको छ ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ ? नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन ? हो, यस अर्थमा आयातमुखी नेपाल बनेको छ । प्रशस्त खनिज पदार्थका खानीहरू छन् । तेल खानीहरू छन् तर पनि किन आयात हुन्छ ? यहाँको जनशक्तिकै सदुपयोग गरेर आयात गर्ने चिज निर्यात गर्न नसकिएको अवस्था छ ।

हिजो गुन्यू चोली लगाउने महिला दिदीबहिनीहरू आज ग्रन्च पाइन्ट लाउन थालेका छन् । तिघ्रा देखाएका छन्, यसले नेपाली बजारलाई कमजोर पारेको छ । हामीले हाम्रो संस्कारलाई विदेशी बजारमा पुर्‍याउन किन सकेका छैनौं ? अब हामीले पनि विश्वव्यापारीकरणको माध्यमबाट नेपालको दौरा सुरुवाल र गुन्यू-चोलीलाई विदेशी बजारमा बेच्नुपर्छ । मुलुकलाई समृद्ध बनाउनुपर्छ ।

तर एकोहोरो प्रणाली भनेझैं खाडीमा बेरोजगार युवा निर्यात गर्नुबाहेक उल्लेखनीय ढङ्गले अरू केही निर्यात गर्न सकेको स्थिति छैन । देश रेमिट्यान्समुखी र वैदेशिक ॠणमुखी बनेको परिस्थिति सिर्जना भएको छ । नेपाल आयातमुखीमै सीमित बनेको छ । त्यसैले बदलिँदो विश्वको सूचना र प्रविधिको प्रयोग गरेर नेपाललाई निर्यातमा अब्बल बनाउन जरुरी छ ।

(लेखक तन्नेरी चासो सुर्खेतमा आबद्व छन् ।)

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x