कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
कर्णालीमा मदिरा नियन्त्रण गर्नुपर्नेमा मन्त्रीको जोड घटना घटाउने बारे सोच्न जरुरीः सभामुख शाही
सुर्खेत- कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा हुने सबै प्रकारका घटना कम गर्नुपर्ने बताएका छन् । मंगलबार इन्सेकको पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख शाहीले राज्यले नागरिकको मौलिक अधिकार कुण्ठित हुने खालका नीतिहरु बदल्नुपर्नेमा जोड दिए । उनले पुस्तक अर्थपूर्ण रहेको बताए ।
'मानवअधिकारमा आत्मानुभुति हुन आवश्यक छ,' सभामुख शाहीले भने, 'पुस्तकले जनताप्रति उत्तरदायी बनाउन, पीडित पक्षको घाउमा मल्हम लगाउन सहयोग गरेको छ ।' सभामुख शाहीले ४० जना क्षमता भएको कारागारमा २७० जना बसिरहनुले पनि मानव अधिकार उल्लंघन भएको बताए ।
कारागारमा बनेको शौचालयलाई हिसाब गर्दा प्रति शौचालय ३३ जना पर्नु पनि मानव अधिकार हनन भएको बताउँदै यसतर्फ नीजि तथा सरकारी संयन्त्रले सोच्न जरुरी भएको सभामुख शाहीको भनाई थियो ।
मदिरा नियन्त्रण गरौं
मन्त्री केसी कार्यक्रमलाई सम्वोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले हिंसा कम गर्ने हो भने सबैले मदिरा नियन्त्रण गर्नुपर्नेमा जोड दिईन् । 'मदिरा नियन्त्रण गर्दा केहि व्यापारीलाई त घाटा होला,' उनले भनिन्, 'समग्र प्रदेशलाई नै फाइदा हुने हो भने त्यसतर्फ अघि बढने हो की ?'
उनले मदिरा नियन्त्रण गरेको खण्डमा ८० प्रतिशत घटनामा कमी आउने बताइन् । मन्त्री केसीले कर्णालीलाई दुःख भूल्ने प्रदेश बनाउनुपर्नेमा जोड दिईन् । अनौपचारिक सेवा केन्द्र इन्सेकका अनुसार कर्णाली प्रदेशमा अघिल्लो बर्ष २०१८ मा मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनामा ५ सय २ जना पिडित भएको देखाएको छ ।
मानवअधिकार उल्लङघनका घटनाबाट ५ जना महिला र ४४ जना पुरुष गरी ४९ जना पिडित भएका छन् भने ज्यादतीका घटनामा परी ३ सय ४८ जना महिला र १ सय ५ जना पुरुष गरी ४ सय ५३ जना व्यक्ति पीडित भएका छन् ।
सन् २०१७ मा भने मानवअधिकार र ज्यादतीका घटनाबाट ५ सय १६ जना पीडित भएका थिए । जसमध्ये मानवअधिकार उल्लङघनका घटनाबाट १२ महिला र ७२ जना पुरुष गरी ८४ जना पीडित भएका थिए भने ज्यादतीका घटनाबाट ३ सय महिला र १ सय ३२ पुरुष पीडित भएका इन्सेकको तथ्यांकमा देखाईएको छ ।
कर्णाली प्रदेशमा राज्यबाट भन्दा बढी अन्य पक्षबाट मानवअधिकार उल्लङघन र ज्यादतीका घटना बढी घटेको इन्सेकले जनाएको छ । तथ्यांक अनुसार राज्यपक्षबाट ५ जना महिला र ४४ जना पुरुष गरी जम्मा ४९ जना नागरिक पीडित भएका छन् भने अन्य पक्षबाट ३४८ जना महिला र १०५ जना पुरुष गरी जम्मा ४ सय ५३ जना नागरीक पीडित भएको तथ्यांकमा देखाईएको छ ।
राज्य पक्षबाट महिलाभन्दा बढी पुरुष पीडित भएको देखिएको छ भने अन्य पक्षबाट पुरुषको भन्दा दुईगुणा बढी महिला पीडित भएको तथ्यांकले जनाएको छ । सबैभन्दा बढी महिला अधिकार विरुद्धका घटनाबाट महिलाहरू पीडित भएको देखिएको छ । जसमा २ सय ५७ जना महिला पीडित भएका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...