×

NMB BANK
NIC ASIA

सञ्चारमन्त्रीको स्पष्टीकरण– मर्यादित बनाउन खोजिएको हो, फेसबूक चलाउन व्यक्ति दर्ता हुनु पर्दैन

फागुन ८, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउनका लागि सूचना तथा प्रविधि विधेयक ल्याइएको बताएका छन् । फेसबूक चलाउन व्यक्ति व्यक्तिले दर्ता गर्नुपर्ने कुरा गलत भएको उनले बताए । 

Muktinath Bank

प्रतिनिधि सभाको बुधवारको बैठकमा सूचना तथा प्रविधि विधेयक २०७५ पेश गर्ने क्रममा मन्तव्य राख्दै मन्त्री बाँस्कोटाले नेपाललाई डिजिटल नेपालतर्फ लैजान कानूनी अन्यौल रहनु हुँदैन भनेर विधेयक ल्याएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरी छिमेकी देशले आफ्नै सामाजिक सञ्जाल निर्माण गरेको भएपनि नेपालले आफ्नै विकास गर्ने अवस्था भइनसकेकाले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने प्रावधान ल्याइएको मन्त्री बाँस्कोटाले बताए । 


Advertisment
Nabil box
Kumari

‘फेसबूक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई दर्ता गर्ने प्रचलन अन्यत्र पनि छ, नेपालमा यसलाई गलत ढंगले प्रचार गरेको पाइयो,’ मन्त्री बाँस्कोटाले भने, ‘सामाजिक सञ्जाललाई मानव समाजको हितमा प्रयोग गर्दा नवीनतम् चिज र गलत ढंगले प्रयोग गर्दा घातक हतियार हो । साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि यो विधेयक ल्याइएको हो ।’

Vianet communication
Laxmi Bank

मन्त्री बाँस्कोटाले फेसबूक व्यक्तिव्यक्तिले दर्ता गर्नुपर्ने भनेर गरिएको प्रचार गलत भएको बताए । अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट लगायतका देशमा सामाजिक सञ्जाल दर्ता गर्ने विषयलाई गम्भीरताका साथ लिइएको उनले बताए । 

मन्त्री बाँस्कोटाले सूचना प्रविधिलाई देशको विषेशता र मौलिकतामा प्रयोग गर्ने गरी विधेयक ल्याइएको बताए । 

त्यसअघि विधेयकमाथि विरोधको सूचना पेश गर्दै नेमकिपाका प्रेम सुवालले सूचना प्रविधिमा राज्यले नै जिम्मेवारी लिनुपर्ने वैदेशिक लगानी भित्र्याउन नहुने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x