×

NMB BANK
NIC ASIA

डा. केसीले दिए १७ औं अनशनको चेतावनी

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- डा. गोविन्द केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सस्तो र गुणस्तरीय हुनुपर्ने माग राख्दै १७ औं अनशनको चेतावनी दिएका छन् ।

Muktinath Bank

बुधवार डा. केसीले एक विज्ञप्ति जारी गर्दै १५ औं अनशन तोड्दा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । उनले सरकारले सहमति विपरीत अघि बढेमा आफू जुनसुकै बेला अनशन बस्न सक्ने चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रबुद्ध नागरिकहरूको आग्रहमा हामीले १६ औं अनशनका कार्यक्रम केही समयलाई स्थगित गरेका थियौं । चिकित्सा शिक्षा विधेयकमा हामीसँग १५ औं सत्याग्रहको बेला भएको सम्झौताअनुसार नै अगाडि बढ्न चाहन्छौं । साथै १५ औं अनशन सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्वयन गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्थया, सहमति विपरीत अघि बढेमा जुनसुकै समयमा आमरण अनशनसहितको सत्याग्रह शुरू चेतावनी दिन चाहन्छौं ।‘


Advertisment
Nabil box
Kumari

डा. केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि आफ्नो आपत्ति रहेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

‘नागरिकले देशमा व्याप्त दण्डहीनता, कुशासनविरुद्ध लगायतका विभिन्न विषयमा सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवारी बनाउँदै आइरहेका छन् । हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुन बाट वञ्चित गर्नुका साथै वाक स्वतन्त्रताबाट समेत वञ्चित हुने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरंकुश बन्न खोजिँदै छ ।’ उनले नागरिकको अधिकार कुण्ठित गर्ने विधेयक कदापी स्वीकार्य नहुने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x