×

NMB BANK
NIC ASIA

हुम्लीको पीडा : जहाज उड्छ सामान बोकेर, यात्रु कुरेको कुर्‍यै

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – लामो कसरतपछि कर्णाली प्रदेश सरकारले सीता एयरलाई कर्णालीका विकट जिल्लामा जहाज उडाउन राजी गरायो । प्रदेश सरकारको आग्रहमा नै विमानस्थलबाट सीता एयरले जहाज उडाउन पनि शुरू गर्‍यो ।

Muktinath Bank

जहाज उड्ने भएपछि खुशी भएका कर्णालीका विकट क्षेत्रका जनताका लागि बिडम्बना त्यतिबेला बन्यो, जतिबेला जहाजले यात्रु होइन, सामान मात्रै ओसार्न थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको १ मात्र यातायात साधन हवाई यातायात हो । तर सुर्खेत–हुम्ला, हुम्ला–सुर्खेत नियमित हवाई उडान नहुँदा हुम्ली जनता सास्ती भोग्न बाध्य छन् । एयरलायन्सहरू तारा, सीता, समिट एयरले नियमित रुपमा नेपालगञ्जबाट हवाई उडान गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

सुर्खेत आउने जहाजले यात्रुलाई नचढाएर कार्गो सामान मात्रै ढुवानी गर्दा यात्रु अलपत्र परेका छन् । सुर्खेतबाट दिनको कम्तिमा २ फ्लाइट सीता र तारा एयरलाइन्सले उडान भरेपनि एयरलाइन्सले आलटाल गदै यात्रुलाई दुःख दिने काम गरेको यात्रुको गुनासो छ ।

Vianet communication
Laxmi Bank

हुम्ला पुग्ने नागरिक सुर्खेत विमानस्थलमा जहाजको टिकट कुर्दै दिन जाने गरेको सिमकोट गाउँपालिका–७ का स्थानीय झिल्कबहादुर शाहीले दुखेसो गरे । ‘टिकटको लागि हारगुहार गर्दा समेत कसैले सुन्दैन । दिनभर टिकट पाउने आशैआशमा एयरपोर्टमा कुर्दा खाना समेत खान पाइँदैन,’ उनले भने । 

जहाजको टिकटको लागि हप्तौदिन विमानस्थल धाएपनि हुम्ला जान नपाएको सेवाग्राहीको गुनासो छ । पत्नी बिरामी भएपछि उपचार गर्न सुर्खेत आएर घर फर्किन टिकटको प्रतिक्षा गरेको १४ दिनसम्म आफूले जहाज टिकट नपाएको खार्पुनाथ गाउँपालिका–५ का स्थानीय दलजित सुनारले बताए । प्रदेशका मन्त्री र नेताहरूले सुर्खेतदेखि हुम्लासम्म यात्रु बोक्ने उडानका लागि कुनै पनि चासो नदिएको हुम्लीवासी गुनासो छ ।

‘चुनाव आउँदा आमाबुबा दिदीबहिनी हामीले तपाईहरूको माग पूरा गर्छाै भन्दै आश्वासन दिने नेताहरूले अहिले कुनै चासो दिएका छैनन्,’ सर्केगार्ड गाउँपालिका–७ का स्थानीय हंश ऐडीले भने ।

कर्णाली प्रदेश सरकारले सुर्खेतबाट कर्णालीको हुम्ला, मुगु, डोल्पा, जुम्ला जिल्लामा हप्तामा १–१ फ्लाइट गर्न भन्दै सीता एयरलाइन्ससँग सम्झौता गरेको थियो । अहिले सीता एयरलाइन्सले आलटाल गर्दै आएको देखिन्छ । सुर्खेतदेखि हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सका जहाजले यात्रु बोक्न मान्दैनन् । तर कार्गो सामान मात्रै बोक्ने गरेका छन् ।

सुर्खेतबाट दैनिक १–२ फ्लाइट उडान भरेपनि सामान मात्रै बोक्ने गरेपछि यात्रुलाई समस्या भएको छ । टिकटको लागि हारगुहार गर्दै आएपनि यात्रुहरूले हुम्ला जान नपाएको यात्रुको गुनासो छ ।

प्रदेश सरकार बेखबर

हुम्ला, डोल्पा, मुगु, जुम्ला लगायतका जिल्लामा सुर्खेतदेखि नियमित रुपमा उडान गराउने कर्णाली प्रदेश सरकार बेखबर रहेको छ । विमानस्थल नियमित उडान नभएपछि स्थानीय हारगुहार गर्दा समेत प्रदेश सरकार मौन बसेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका अनुसार  हवाईसम्बन्धी प्रदेश सरकारलाई अधिकार नभएको बताए । 

सुर्खेत विमानस्थलमा सीता एयरलाइन्सलाई ‘नाइट स्टप’ राख्नको लागि प्रदेश सरकारले गुहार माग्नुपर्ने स्थिति रहेको मन्त्री बुढाले बताए । मन्त्री बुढाले भने, ‘एयरलाइन्सहरू यात्रु पाउँदैन भन्दै आलटाल गर्दै आएका छन् ।’

अब छिट्टै एयरलाइन्स कम्पनी र नेपाल नागरिक उड्ड्यन कार्यालय सुर्खेतको प्रमुखसँग छलफल गरिने मन्त्री बुढाले बताए । सुर्खेतदेखि तारा, सीता, समिट एयरले उडान भर्दै आएपनि काग्र्राे सामान र नेपाल खाद्य संस्थानको चामल बोक्दै आएका छन् । 

भौगोलिक रुपमा विकट हुम्लाका नागरिकले भने प्रदेश राजधानी जोड्ने एक मात्र हवाई यातायात नियमित गर्न माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x