×

NMB BANK
NIC ASIA

. . . अनि कसरी हट्छ काठमाडौंको सडकबाट धूलो ? [भिडियो रिपोर्ट]

ब्रूमरको प्रयोग बालुवामा पानी !

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौं उपत्यकामा धूलोको समस्या नयाँ होइन । वर्षौंदेखि राजधानीबासी धूलो र धूवाँबाट पीडित छन् । नेता तथा मन्त्रीहरूले धूलोधूवाँ नियन्त्रणको भाषण पटक–पटक दोहोर्‍याउने गरेका छन्, तर समस्या ज्यूँका त्यूँ छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा धूलोको समस्या कम हुँदै गएको जिकिर संसद्‍मा गरेका थिए । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले धूलोधूवाँको समस्या हल गर्न भन्दै मन्त्रालयमा धूलो नियन्त्रण इकाइ नै गठन गरेको दाबी समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजधानीका सडकहरू धूलोरहित हुने भाषण गरे । काठमाडौं महानगरको धूलोरहित काठमाडौं उपत्यका अभियानको उद्घाटन उद्घाटनका क्रममा गत मंसिर २२ गते उनले भनेका थिए, ‘अब राजधानी छिर्ने सवारी साधनलाई सफा गरेर मात्र छिर्न दिन्छौं, सडकमा धूलोको समस्या रहने छैन ।’

Vianet communication
Laxmi Bank

भाषण धेरै नै भइसक्यो, तर समस्या घट्नुको साटो बढ्दो छ ।

कहाँबाट आउँछ धूलो ?

पछिल्लो केही वर्षयता राजधानीमा धूलोको समस्या बढ्नुको मुख्य कारण हो, सडक विस्तार । त्यसका अलावा खानेपानीको पाइप तथा दूरसञ्चारका फाइबर लाइनहरू गाड्न सडक खन्ने र समयमा त्यसलाई मर्मत नगरी यत्तिकै छाड्ने गरेका कारण पनि धूलोको समस्या आकाशियो ।

समस्याको कारण यसमा मात्र सीमित छैन । त्यसो त पछिल्लो समय विस्तार गरेर चिल्लो बनाइएको कलंकी–कोटेश्वर खण्डमा पनि धूलोले सकस निम्त्याइरहेको छ । चिनियाँ सहयोगमा चिल्लो बनाइएको सडकमा पनि धूलो कहाँबाट आयो त ? यसको जवाफ यस खण्डमा पर्ने विभिन्न चोकहरूमा केहीबेर उभियो भने आफैं पाइन्छ ।

मंगलवार दिउँसो साढे १ बजेतिर सानेपा र बल्खु चोकमा पुग्दा धूलोले अगाडिका सवारी साधनहरू समेत देख्न मुस्किल पर्ने अवस्था थियो । अघिल्ला दिनहरूको झरी बिस्तारै थामिएपछि मुख्य सडक त सुकेको थियो, तर त्यस बाहिरका कच्ची सडकहरू हिलाम्मे थिए ।

यत्तिकैमा कांग्रेस पार्टी कार्यालयतिरबाट एउटा ट्रक रिंगरोडमा उक्लियो । चक्काभरि हिलैहिलो बोकेर ल्याएको ट्रकले रिंगरोडमा करीब १ सय मिटर परसम्म हिलोको लेदो छाडेर अघि बढ्यो ।

घाम चर्किएका बेला त्यो हिलो धूलोमा परिणत हुन के बेर लाग्थ्यो र, एकैछिनमा अरू धूलोसँग मिसिएर वायु मण्डलमा उड्न थाल्यो ।

यो त एउटा उदाहरण मात्र हो, यस्तो समस्या ठाउँठाउँमा छ । मुख्य सडक पिच गरिए पनि शाखा सडक र गल्लीहरू हिलाम्मे हुँदा त्यो हिलो सडकसम्म आएर धूलोको रूप लिइरहेको छ ।

अझ पानी पर्दा भल बगेर सडकभरि हुन्छ । ढलको राम्रो व्यवस्था हुँदा भलमा बगेको हिलो पानी रोकिनेबित्तिकै धूलो बनेर वायु मण्डलमा उड्न थाल्छ । यस्तै समस्याका कारण राजधानीमा धूलोको समस्या घट्नुको साटो बढिरहेको छ ।

ब्रूमर बालुवामा पानी !

त्यसो त धूलो नियन्त्रण गर्न भन्दै काठमाडौं तथा ललितपुर महानगरपालिकाले ब्रूमर समेत प्रयोग गर्दै आएका छन् । धूलो आउने स्रोतमा नियन्त्रण नगर्ने तर सडकको धूलो मात्र टिप्ने काम बालुवामा पानी खन्याए सहर भइरहेको छ । बिहान ब्रूमर लगाएको सडकमा बेलुका धूलो उत्तिकै भइसकेको हुन्छ ।

काम देखाउनका लागि सडकमा ब्रूमर लगाउने महानगरहरूले शाखा सडकको मर्मत् र ढलको राम्रो व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । यही पारा हो भने ब्रूमरका नाममा खर्च बढिरहने छ र धूलोको समस्या घट्ने छाँटकाँट देखिँदैन ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x